अन्तिम ११ मा परेनन् सन्दिप : अफगानिस्तान प्रिमियर लिग

Sandeep Lamichhane
  • विकेटनेपाल, असोज २७ 

अफगानिस्तान प्रिमियर लिग अन्तर्गत आज सुरु भएको  नगरहर लिओपार्डस र कन्दहर नाइट्स बीचको खेलमा सन्दिप लामिछाने अन्तिम-११ मा मौका पाउन असफल भएका छन्।

मलेसियामा सम्पन्न आईसीसी टि-२० बिश्वकप एसिया पूर्वी छनौट प्रतियोगितामा सहभागिता जनाएर सन्दिप मलेसियाबाटै शुक्रबार राति २ बजे लिग खेल्न युएई प्रस्थान गरेका थिए। छनौट प्रतियोगितामा २४ विकेट लिएका सन्दिप प्रतियोगिताकै उत्कृस्ट खेलाडी र उत्कृस्ट बलर समेत चयन भएका थिए।

खेलमा टस हारेर फिल्डिंग गरेको नगरहर लिओपार्डसका कप्तान बेन कटिंगले नेपाली लेग स्पिनरलाई अन्तिम ११ मा समाबेस गरेनन्।

अन्तिम ११ मा चर्चित स्पिनर मुजिब उर् रहमान, चाइनाम्यान बलर जहिर खान र लेग स्पिनर रहमत साहले स्थान बनाएका छन्। लेग स्पिनर रहमतले अन्तिम खेलमा काबुलसंग ३ विकेट लिएका थिए जसको स्थान नेपाली गुगली ब्वाईले लिन सकेनन्।

टिममा अर्को लेग स्पिनर रहमत साहले राम्रो प्रदर्शन गरिरहेको तथा चाइनाम्यान जाहिर खान पनि उपस्थित हुँदा सन्दिप अन्तिम ११ मा पर्न नसकेका हुन्। यस अघि क्यारेबियन प्रिमियर लिग , ग्लोबल टि-२० क्यानडा तथा इन्डियन प्रिमियर लिग आइपीएलको अन्तिमको खेलहरुमा सन्दिप निसंकोच पहिलो रोजाइमा पर्दै आएका थिए।

आईपीएलमा दिल्लीबाट खेलेका सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। सबै लिगमा सन्दिपको इकोनोमी राम्रो रहेको छ भने टिमको महत्वपूर्ण खेलाडीको रुपमा आफुलाई प्रमाणित गरेका छन्।

शुक्रबार राति सम्पन्न लिगको पाँचौ खेलमा सन्दिपको टिम नगरहरले रासिद खान कप्तानीको टिम काबुल ज्वनानलाई पराजित गरेको थियो। लिगको ३ खेल बाँकी रहंदा नगरहर अंकतालिकाको चौथो स्थानमा २ जित र ३ हारको साथमा रहेको छ।

सन्दिपलाई नगरहर लिओपार्डसले गत महिना सम्पन्न अक्सनमा १५ हजार डलरमा टिममा आबद्ध गरेको थियो। लगभग आधा खेलहरु खेल्न नपाएपछि सम्झौता अनुसार पुरै पैसा भने उनले पाउनेछैनन्। यस अघि पनि सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्सको लागि क्यारेबियन प्रिमियर लिग खेल्दै गर्दा सन्दिप बीचमै एसिया कप छनौट खेल्न मलेसिया पुगेका थिए।

अफगानिस्तान प्रिमियर लिगमा अब आजको खेल सहित मात्र ३ वटा खेल नगरहरले खेल्नेछ। ५ टिम मध्ये ४ वटा टिम सेमीफाइनल पुग्ने हुँदा आगामी खेलमा जित हात पार्दै नगरहर कम्ब्याक गर्न चाहन्छ ।

लिगमा नगरहर लिओपार्डस सहित ५ टिम रहेका छन्। अन्य टिमहरुमा रासिद खान कप्तान रहेको काबुल ज्वनान, मोहम्मद शहजाद कप्तान रहेको पक्तिया प्यान्थरस, अस्घर अफगान कप्तान रहेको कन्दहर नाइट्स र मोहम्मद नबि कप्तान रहेको बल्ख लेजेन्ड्स रहेका छन्।

अक्टोबर ५ देखि सुरु भएको लिगको फाइनल २१ अक्टोबरमा खेलिनेछ।

नेपाली लेग स्पिनर यस अघि इन्डियन प्रिमियर लिग ( आईपीएल ), ग्लोबल टि-२० क्यानडा र क्यारेबियन प्रिमियर लिग टि-२० खेलीसकेका छन्। इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए। नगरहरले सन्दिपलाई १५ हजर डलरमा टिममा आबद्ध गरेको थियो।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]