अन्तिम-११ मा सन्दिपको प्रतिक्षा लम्बियो, मुम्बईद्वारा दिल्लीलाई १६९ रनको लक्ष्य

इन्डियन प्रिमियर लिग अन्तर्गत ३४ औं खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धा गरिरहेका छन्।

दिल्लीको घरेलु मैदान फिरोज शाह कोटला मैदानमा जारि खेलमा टस जितेर पहिले ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १६८ रनको योगफल तयार गरेको छ।

दिल्लीले आजको खेलमा पनि नेपाली स्पिनर सन्दिप लामिछानेलाई अन्तिम-११ मा मौका दिएको छैन। अन्तिम-११ मा लेग स्पिनरको रुपमा अमित मिश्राले स्थान बनाएका छन्। नेपाली स्पिनरले लिगमा अन्तिम खेल ७ अप्रिलमा बैंगलोर बिरुद्ध खेलेका थिए जुन खेलमा १ विकेट लिने क्रममा ४६ रन खर्चेर महँगो सावित भएका थिए। आईपीएलको यो सिजन ४ खेल खेल्दा उनले ५ विकेट लिएका छन्।

पान्ड्या ब्रदरको इनिंगमा मुम्बईले बनायो १६८

पहिले ब्याटिंग गर्ने क्रममा मुम्बईको सुरुवात राम्रो रह्यो। रोहित शर्माले ३० रन ( २२ बलमा ३ चौका र १ छक्का ) तथा क्विन्टन डीककले ३५ रन ( २७ बलमा २ चौका र २ छक्का ) बनाए। पहिलो विकेटको लागि रोहित र डीकक ५७ रन बनाए।

छैठौं ओभरमा कप्तान रोहितलाई अमित मिश्राले बोल्ड गर्दै दिल्लीलाई पहिलो सफलता दिलाएपछि मुम्बईले लगातार विकेट गुमायो। बेन कटिंग २ रन बनाएर आठौँ ओभरमा तथा दशौँ ओभरमा डीकक पनि आउट भए। सुर्यकुमार यादबले २६ रन बनाए।

पाँचौ विकेटको लागि हार्दिक पान्ड्या र क्रुनल पान्ड्याले ५४ रनको साझेदारी गरे।

१५ बलमा ३ छक्का र २ चौका प्रहार गरेका हार्दिक ३२ रन बनाएर आउट भए भने क्रुनल ३७ रन बनाएर अविजित रहे। क्रुनलले २५ बलमा ५ चौका प्रहार गरे।

मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६८ रनको योगफल तयार गर्यो।

दिल्लीको लागि कागीसो रबाडले २ विकेट ( ४-०-३८-२ ) लिए। अमित मिश्रा ( ३-०-१८-१ ) र अक्षर पटेल ( ४-०-१७-१ ) ले १/१ विकेट लिए भने कसिलो बलिंग पनि गरे। क्रिस मोरीसले ३ ओभरमा ३९ तथा केमो पौलले ३ ओभरमा ३७ रन खर्चेर विकेट विहिन रहे पनि इशान्त शर्मा पनि विकेट विहिन हुँदा ३ ओभरमा १७ रन खर्चिए।

आईपीएल अंक तालिकामा मुम्बई ८ खेलमा ५ जित र ३ हारको साथ तेश्रो स्थानमा रहेको छ भने दिल्ली ८ समान खेलमा समान जित/हार सहित नेट-रन रेटमा मुम्बई भन्दा अघि रहदै दोश्रो स्थानमा रहेको छ। आजको खेल जित्ने टिम तालिकाको दोश्रो स्थानमा उक्लनेछ।

 





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]