सन्दिपलाई किन खेलाएन दिल्लीले ? नेपाली समर्थकहरुले यसरी पोखे निराशा

  • विकेटनेपाल, चैत १० 

इन्डियन प्रिमियर लिग आईपीएलमा दोश्रो पटक सहभागिता जनाउने क्रममा रहेका सन्दिप लामिछानेले गत सिजन जस्तै यो सिजन पनि सुरुवाती खेलमा मौका पाउन सकेनन्।

मुम्बई बिरुद्ध उसकै मैदानमा सिजनको पहिलो खेल खेल्न दिल्ली क्यापिटल्स उत्रदा आफ्नो अन्तिम-११ मा दिल्लीले सन्दिप र अमित मिश्रालाई स्थान नदिंदै अर्को लेग स्पिनर राहुल तेवतीया र देब्रे हाते स्पिनर अक्षर पटेललाई खेलायो।

खेलमा टस जितेर मुम्बईले फिल्डिंग रोजेपछि दिल्ली ब्याटिंग गर्न उत्रिएको हो।

आफ्नो अन्तिम-११ मा ४ जना विदेशी खेलाडी खेलाउनु पर्नेमा टिमले कोलिन इन्ग्राम, केमो पौल, कागीसो रबाडा र ट्रेन्ट बोल्टलाई स्थान दियो।

खेलपण्डितहरु तथा क्रिकवज जस्ता ठुला क्रिकेट वेबसाइटहरुले सन्दिपले अन्तिम-११ मा मौका पाउन सक्ने अनुमान गरे पनि खेल सुरु हुँदा सन्दिप समर्थकहरुलाई निराशा हात लाग्यो।

दिल्लीको अन्तिम ११- Shikhar Dhawan, Prithvi Shaw, Shreyas Iyer (c), Rishabh Pant (wk), Colin Ingram, Keemo Paul, Axar Patel, Rahul Tewatia, Kagiso Rabada, Trent Boult, Ishant Sharma

आईपीएलमा एउटा टिमले अन्तिम-११ मा ४ जना मात्रै विदेशी खेलाडी खेलाउन पाउने नियम छ। दिल्लीले मुम्बई बिरुद्ध पेस बलर रबाडा र बोल्टलाई स्थान दिएको हो। यस्तै अर्का तिब्र गति बलर तथा ब्याट्सम्यान केमो पौल र कोलि इन्ग्रामले स्थान पाउदा सन्दिपलाई अन्तिम-११ मा दिल्लीले सन्दिपलाई स्थान दिन सकेन।

दिल्लीले सिजनको दोश्रो खेल घरेलु मैदानमा २६ मार्चमा खेल्ने तालिका रहेको छ। फिरोजशाह कोटला मैदान स्पिनरलाई मदत गर्ने खालको हुनाले दोश्रो खेलमा भने सन्दिपले मौका पाउने सभावना प्रवल रहेको छ। तथापी अर्का अनुभवी स्पिनर अमित मिश्रा टिममा हुनुले सन्दिपले अन्तिम-११ मा मौका पाउनेमा संका गर्ने ठाउँ रहन्छ।

गत सिजन लिगको अन्त्य तिर अमित मिश्रा र सन्दिप दुवैलाई दिल्लीले एकै पटक अन्तिम-११ मा मौका दिएको थियो जुन क्रममा दुवैले राम्रो प्रदर्शन समेत गरेका थिए।

सामाजिक संजालमा सन्दिप समर्थकहरुको निराशा 

सन्दिपलाई दिल्लीले अन्तिम-११ मा मौका नदिदा ट्वीटर र फेसबुकमा नेपाली फ्यानहरुले निराशा व्यक्त गरेका छन्। गत सिजन पनि सन्दिप टिममा नपर्दा यसरीनै फ्यानहरुले निराशा व्यक्त गरेका थिए।

आईपीएलको गत सिजन दिल्लीले कमजोर प्रदर्शन गर्दा १४ खेलमा ५ जित र ९ हार बेहोरेको थियो भने अंकतालिकामा पुछारमा रहेको थियो।

उक्त सिजन पहिलो ११ खेलमा सन्दिपलाई मौका दिईएको थिएन। १२ औं खेलपछि सन्दिपले मौका पाउदा ३ खेलमा ५ विकेट लिंदै नेपाली लेग स्पिनरले प्रभावित बनाएका थिए। त्यस क्रममा सन्दिपले रोयल च्यालेन्जर्स बैंगलोर बिरुद्ध १ विकेट ( ४-०-२५-१ ) , मुम्बई इन्डियन्स बिरुद्ध ३ विकेट ( ४-०-३६-३ ) तथा चेन्नाई सुपर किंग्स बिरुद्ध १ विकेट ( ४-०-२१-१ ) लिएका थिए।

पछिल्लो बर्षको आइपिएल पछी संचालन भएका टि-२० लिगहरुमा दक्षिण अफ्रिकाको घरेलु टि-२० लिग र भाइटालिटि टि-२० ब्लास्ट ( इंग्ल्याण्ड ) बाहेक अन्य सबै प्रतियोगितामा सन्दिप सहभागी हुँदै आएका छन्।

Sandeep Lamichhane, Shreyas Iyer, Ishant Sharma
Sandeep Lamichhane, Shreyas Iyer, Ishant Sharma

क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग, अफगानिस्तान प्रिमियर लिग, बिग ब्यास, टि-१० लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगायतका चर्चित टि-२० र टि-१० लिगहरुमा सन्दिपको प्रदर्शन समेत सन्तोषजनक रहँदै आएको छ। ३६ टि-२० खेलको अनुभव बटुलीसकेका सन्दिपले ६.८० को उत्कृस्ट इकोनोमीमा ४५ विकेट हात पारिसकेका छन्।

आफु सहभागी बनेका हरेक टि-२० लिगहरुको सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा सन्दिप अटाउँदै आएका छन्। आइपिएल यता सन्दिपले क्यारेबियन प्रिमियर लिगमा ७ विकेट ( ५ खेल मात्र ), ग्लोबल टि-२० लिगमा ८ विकेट ( ५ खेल ), अफगानिस्तान प्रिमियर लिगमा २ विकेट ( १ खेल मात्र ), बिग ब्यास लिगमा ११ विकेट ( ८ खेल मात्र ), बंगलादेश सुपर लिगमा ४ विकेट ( ६ खेल ), पाकिस्तान सुपर लिगमा ११ विकेट ( ७ खेल मात्र ) र टि-१० लिगमा ६ विकेट ( ६ खेल ) हात पारेका छन्।

यी सबै अनुभवको बलमा यस सिजन दिल्लीले सन्दिपलाई धेरै खेलमा मौका दिने अपेक्षा गरिएको थियो। यद्यपी टोलीमा अमित मिश्रा, राहुल तेवतिया र अक्षर पटेल जस्ता अनुभवी भारतीय स्पिनर रहेकाले सन्दिपले अन्तिम ११ मा स्थान बनाउन सजिलो भने रहनेछैन।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]