रसेल र गिलको इनिंग मदतले कोलकाताद्वारा दिल्लीलाई १७९ रनको लक्ष्य, सन्दिप परेनन् अन्तिम-११ मा

२०७५ चैत्र २९, शुक्रबार २२:०५

इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत २६ औं खेलमा कोलकाता नाइट राईडर्स र दिल्ली डेयर डेभिल्स प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर दिल्लीले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १७८ रन बनाउदै दिल्लीलाई १७९ रनको लक्ष्य प्रस्तुत गरको छ।

खेलमा दिल्लीले नेपाली स्पिनर सन्दिप लामिछानेलाई मौका दिएको छैन र उनको सट्टा अन्तिम-११ मा तिब्र गति बलर केमो पौललाई खेलाएको छ।

दिल्लीको अन्तिम ११ – प्रिथ्भी श , शिखर धवन, श्रेयस ऐयर, रिशभ पन्त, कोलिन इन्ग्राम, क्रिस मोरिस , अक्षर पटेल, केमो पौल, राहुल तेवतिया, कागीसो रबाडा, इशान्त शर्मा

पहिले ब्याटिंग गर्ने क्रममा कोलकाताले ओपनर जोए डेनलिलाई पहिलो बलमा गुमाउन पुग्यो। इशान्त शर्माले उनलाई बोल्ड गरे।

दोश्रो विकेटको लागि अर्का ओपनर शुब्मन गिल र रोबिन उथप्पाले ६३ रनको साझेदारी गरे। उथप्पा २८ रन बनाएर आउट भए पछि गिलले एक किनार सम्हाल्दै कोलकाताको योगफल १०० पार गराए।

६५ रन बनाएर शुब्मन गिल १५ औं ओभरमा केमो पौलको बलमा क्याच आउट भए। ३९ बलमा उनले ७ चौका र २ छक्का प्रहार गरे।

शुब्मन गिल

गिलको विकेटसम्म १४.२ ओभरमा ११५/४ को स्थितिमा रहेको कलकतालाई त्यसपछि आन्द्रे रसेलले अन्तिममा आक्रामक ब्याटिंग गर्दै योगफल १५० पार गराए। २१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे पछि रसेल १९ औं ओभरमा ४५ रन बनाएर आउट भए।

रसेलको विकेटपछि अन्तिममा पियुष चावलाले अविजित १५ रन ( ६ बलमा २ चौका ) बनाए।

कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७८ रनको योगफल तयार गर्यो।

क्रिस मोरिस

दिल्लीको बलिङ्गमा क्रिस मोरिस ( ४-०-३८-२ ) , कागीसो रबाडा ( ४-०-४२-२ ) र केमो पौल ( ४-०-४६-२ ) ले २/२ विकेट तथा इशान्त शर्माले १ विकेट ( ४-१-२१-१ ) लिए।

प्रतियोगितामा ६ खेल खेलेको दिल्लीले ३ खेलमा जित र ३ खेलमा हार बेहोरेको छ र अंकतालिकामा छैठौं स्थानमा रहेको छ। कोलकाताले भने ६ खेलमा ४ जित र २ हार बेहोर्दै अंकतालिकामा दोश्रो स्थानमा रहेको छ। आजको खेलमा जित हात पारे दिल्ली अंकतालिकाको शिर्ष ४ स्थानमा प्रवेश गर्नेछ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy