दिल्लीले सन्दिपलाई मौका नदिदा नेपाली फ्यानहरुले बनाए यस्ता ट्रोल

२०१८ मा आईपीएल खेल्ने पहिलो नेपाली बनेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने तेश्रो सिजन दिल्ली क्यापिटल्सको प्रतिनिधित्व गरिरहेका छन्। तर अघिल्लो २ सिजन जस्तै यो सिजन पनि दिल्लीले अन्तिम-११ मा नेपाली स्पिनरलाई अधिकांश खेलमा मौका दिने छाँटकाँट देखिदैन। ४ जना विदेशी खेलाडीले मात्र अन्तिम-११ मा मौका पाउदा नेपाली स्पिनर टिमको पहिलो रोजाईमा तेश्रो खेलसम्म पनि पर्न सकेनन्। प्रत्येक खेलमा नेपाली फ्यानहरु सन्दिप खेलेको हेर्न चाहन्छन् तर दिल्लीले नेपाली स्पिनरलाई सामाजिक संजालको पोस्टमै सिमित राखीरहेको छ। टिममा अमित मिश्रा, अक्षर पटेल, रभीचन्द्रन आश्विन जस्ता स्पिनरहरु रहंदा नेपाली स्पिनरले छिट्टै मौका पाउने संकेत देखिएको छैन।

तेश्रो खेलमा पनि सन्दिपलाई अन्तिम-११ मा समाबेश नगरिएपछि नेपाली फ्यानहरुले सोसल मिडियामा बिभिन्न कमेन्ट गरेका छन् भने ट्रोलहरु पनि बनेका छन्। दिल्लीले हैदरावाद बिरुद्ध टिमको अन्तिम-११ सार्वजनिक गर्दा नेपाली फ्यानहरुले बनाएका ट्रोलहरु यस्ता छन् –

नेपाली फ्यानहरुले ट्वीटरमा पनि सन्दिप समाबेश नभएकोमा बिभिन्न प्रतिक्रियाहरु दिएका छन् –  

किन दिदैन दिल्लीले सन्दिपलाई मौका ?

“मात्र ६ बलको कुरा थियो, उनि ( इशान किशन ) ब्याटिंग गर्न जानुपर्थ्यो” – गावस्कर

पोलार्ड, इशान, एबि, फिंच, पडीक्कल छोडेर भारतीय प्रशिक्षक शास्त्रीले किन गरे युवा बलरको तारिफ

IPL : अंकतालिका, ताजा अरेन्ज र पर्पल क्याप लिस्ट ( मुम्बई र बैंगलोरको खेल पछि )

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy