सन्दिप हिँडे बंगलादेश, यस्तो छ आगामी खेल तालिका

  • विकेटनेपाल, पुष १८ , बुधबार

बिग ब्यास लिग अन्तर्गत मेलबर्न स्टार्सको लागि ४ वटा खेल खेलेपछि सन्दिप लामिछाने बंगलादेश प्रिमियर लिग खेल्न प्रस्थान गरेका छन्।

मेलबर्न स्टार्सले चौथो खेलमा मेलबर्न रेनेगेड्सलाई ७ विकेटले पराजित गरेको थियो। खेलमा सन्दिपले १ विकेट लिने क्रममा कप्तान टम कुपरको विकेट लिए। लिगको ४ खेलमा ८ विकेट लिंदै सानदार प्रदर्शन गरेका सन्दिप रेनेगेड्ससंगको खेल सकिएको दिननै सन्दिप बंगलादेश प्रस्थान गरेका हुन्। सामाजिक संजालमा प्लेनमा बसेको फोटो राख्दै उनले आफु बंगलादेश हिडेको बताउदै बिगब्यासमा गरेको समर्थनको लागि धन्यवाद र बंगलादेशमा समर्थन गर्न आग्रह गरेका छन्।

बंगलादेश प्रिमियर लिग जनवरी ५ ( पुष २१ ) देखि सुरु हुँदैछ र सन्दिप स्यलहेट सिक्सर्सबाट खेल्दै छन् जसको कप्तानी अस्ट्रेलियान खेलाडी डेभिड वार्नरले गर्दैछन्।

स्यलहेटले जनवरी ६ तारिकमा तामिम इकबाल कप्तानीको टिम कोमिल्ला कोमिल्ला भिक्टोरिएन्ससंग खेल्दै लिगको सुरुवात गर्नेछ। यस्तै लिगको दोश्रो खेल जनवरी ९ तारिकमा चिट्टागोंग भिकिङ्गस तथा जनवरी १२ तारिकमा ढाका डाइनामाइट्ससंग खेल्नेछ। लिग फेब्रुअरी ८ तारिकसम्म चल्नेछ जसको लिग चरणको खेलहरु फेब्रुअरी २ तारिकसम्म चल्नेछ।

सन्दिपको टिम स्यलहेटबाट सोहेल तन्बिर, मोहम्मद इरफान, इमरान ताहिर, आन्द्रे फ्लेचर, लिटन दास, निकोलस पुरन, तस्किन एहमद, फाबियन एलेन , अल अमिन हुसेन जस्ता खेलाडीहरु खेल्दैछन्।

बंगलादेश प्रिमियर खेल तालिका ( स्यलहेट सिक्सर्स )जनवरी ६ – कोमिल्ला भिक्टोरिएन्स ,जनवरी ९  – चिट्टागोंग भिकिङ्गस , जनवरी १२ – ढाका डाइनामाइट्स , जनवरी १५ – कोमिल्ला भिक्टोरिएन्स , जनवरी १६ – रंगपुर राइडर्स, जनवरी १८ – ढाका डाइनामाइट्स , जनवरी १९ – रंगपुर राइडर्स , जनवरी २३ – खुल्ना टाईटन्स, जनवरी २५  – राजशाही किंग्स , जनवरी २६ – खुल्ना टाईटन्स , जनवरी ३० – राजशाही किंग्स , फेव्रुअरि १ – चिट्टागोंग भिकिङ्गस

 

बंगलादेश प्रिमियर लिगको बिचमा युएई सिरिज खेल्ने

बंगलादेश प्रिमियर लिग चल्दै गर्दा सन्दिप नेपालले युएईसंग खेल्ने एकदिवसीय र टि-२० अन्तर्राष्ट्रिय सिरिजमा समेत सहभागी हुन जानेछन्। नेपालले युएईसंग जनवरी २५ देखि फेब्रुअरी ३ तारिकसम्म दुबईमा ३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय र ३ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्ने कार्यक्रम रहेको छ। सोमबार युएईसंग खेल्नको लागि घोषित २० सदस्यीय प्रारम्भिक टिममा सन्दिप पनि छन्।

नेपालको लागि युएई विरुद्धको सिरिज खेल्न सन्दिप बंगलादेश प्रिमियर लिगमा जनवरी २३ तारिकमा हुने खुल्ना टाईटन्स बिरुद्धको खेल खेलेपछि युएई प्रस्थान गर्ने सम्भावना रहेको छ। युएईसंगको सिरिज फेब्रुअरी ३ तारिकसम्म खेलेपछि यदी सन्दिपको टिम बंगलादेश प्रिमियर लिगको प्ले-अफ चरण प्रवेश गरेको खण्डमा पुनः सन्दिप बंगलादेश प्रिमियर लिगकै बाँकी खेल खेल्नेछन्। बंगलादेश प्रिमियर लिग सकेपछि मात्रै सन्दिप बिग ब्यास लिग खेल्न पुनः फर्कनेछन्।


बिग ब्यास लिग फेब्रुअरी १७ तारिकसम्म चल्नेछ भने लिग चरणको खेलहरु भने फेब्रुअरी १० तारिकमा सकिनेछ। यदी सन्दिप ढिलोमा फेब्रुअरी ८ तारिकपछि अस्ट्रेलिया फर्कने हो भने मेलबर्न स्टार्सले फेब्रुअरी १० तारिकमा सिड्नी सिक्सर्स विरुद्ध अन्तिम लिग खेल खेल्ने सम्भावना रहन्छ। मेलबर्न स्टार्स अंकतालिकामा शिर्ष ४ भित्र पर्न सके सन्दिपले सेमिफाईनल र फाईनल पनि खेल्न पाउन सक्नेछन्।

बंगलादेशमा सन्दिपको टिमले यदी प्ले-अफ चरण प्रवेश गर्न असफल भएको खण्डमा भने सन्दिपले बिग ब्यासमा ३ वटा लिगको खेलहरु खेल्न पाउनेछन्। मेलबर्नले फेब्रुअरी ३ तारिकमा पर्थ स्कोर्चर्स, फेब्रुअरी ८ तारिकमा ब्रिसबेन हिट र फेब्रुअरी १० तारिकमा सिड्नी सिक्सर्ससंग खेल्ने तालिका रहेको छ। बिग ब्यासको सेमिफाईनल खेल फेब्रुअरी १४ र १५ तारिकमा र फाईनल खेल फेब्रुअरी १७ तारिकमा खेलिनेछ।

बिग ब्यास छोडेर बंगलादेश प्रिमियर लिग किन ?

बिग ब्यास लिग खेल्दा खेल्दै बंगालदेश प्रिमियर लिग खेल्नुको पछाडीको कारण उनले बंगलादेश प्रिमियर लिग टिम स्यलहेट सिक्सर्सको लागि गरेको पुर्व सम्झौता हो। बिग ब्यास खेल्नु अघिनै उनलाई स्यलहेट सिक्सर्सले अनुबन्ध गरिसकेको थियो।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]