आईपीएल खेल्न सन्दिप दिल्ली प्रस्थान

२०७४ चैत्र १३, मंगलवार १०:३७

sandeep lamichhane
  • विकेटनेपाल, १३ चैत 

इन्डियन प्रिमियर लिग आईपीएल खेल्न सन्दिप लामिछाने दिल्ली प्रस्थान गरेका छन्। माघमा भएको अक्सनमा नेपाली लेग स्पिनरलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो।

बिदाइ गर्दै सन्दिप बसेको होटल क्राउन प्लाजाका प्रमुख युबराज श्रेष्ठ

७ अप्रिलबाट सुरु हुने आईपीएलको लागि दिल्लीले आफ्नो अभ्यास सुरु गर्दैछ जसअघि सन्दिप दिल्ली पुगेर फिटनेस र मेडिकल टेस्ट गराउनेछन्। टेस्ट लगत्तै सन्दिप टिमको अभ्यासमा बिहिबारबाट जोडिनेछन्। केहि दिन अघि दिल्ली टिमका सीईओ हेमन्त दुवा नेपाल आएका थिए र औपचारिक कार्यक्रम बीच सन्दिपले आईपीएलमा लगाउने १ नम्बरको जर्सी सार्वजनिक गरेका थिए।

दिल्ली डेयर डेभिल्स टिममा सन्दिपको टिमको कप्तान गौतम गम्भीरले गर्नेछन् भने प्रशिक्षण रिकी पोंटिंगले गर्नेछन्। टिममा ट्रेन्ट बोल्ड, ग्लेन म्याक्सवेल, अमित मिश्रा, मोहम्मद शामी, रिसब पन्त, कासिगो रबाडा, प्रिथ्भी शा, ड्यान क्रिस्टिएन, क्रिस मोरिस जस्ता खेलाडीहरु रहेका छन्।

दिल्ली कप्तान गम्भीरको ठुलो बयान, होला सन्दिपलाई फाइदा ?

दिल्ली प्रस्थान गर्नु अघि सन्दिपले सोमबार पत्रकार सम्मेलन आयोजना गरेका थिए जसमा उनले आफु अभ्यास सत्रमा सहभागी हुन उत्साहित रहेको र नर्भस नभएको बताएका थिए। अन्तिम ११ भित्र पर्दै दिल्लीको लागि डेब्यु गर्नेमा समेत सन्दिप आशावादी देखिएका छन्।

https://youtu.be/CyqnKiap8Eg

कम मूल्यमा ( २० लाख भा.रु.) खरिद भएका सन्दिपले बिश्व क्रिकेट लिग डिभिजन-२ मा उत्कृस्ट बलिंग गर्दै प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका थिए भने दिल्लीको क्याम्पमा र अभ्यास खेलमा राम्रो प्रदर्शन गरे अन्तिम ११ मा मौका पाउन सक्ने बिश्वास नेपाली समर्थकहरुले गरेका छन्। दिल्लीमा अनुभवी लेग स्पिनरद्वय अमित मिश्रा र राहुल तेवतिया भएका कारण सन्दिपलाई प्लेइंग ११ मा स्थान बनाउन मुस्किल मानिन्छ।

दिल्लीको कप्तान चुनिए पछि गौतम गम्भीरले प्रदर्शनको आधारमा अन्तिम ११ चुनिने बयान दिएका थिए जसकारण यदी अभ्यास खेलहरुमा सन्दिपले राम्रो गरे उनले स्थान पाउनसक्ने समेत अनुमान गर्न सकिन्छ। दिल्लीले लिगको पहिलो खेलमा अप्रिल ८ मा किंग्स ११ पन्जाबको सामना गर्दै आईपीएलको सुरुवात गर्नेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy