सन्दिपले लिए डेभिड वार्नरको विकेट

Sandeep Lamichhane
  • विकेटनेपाल, भदौ ६ 

क्यारेबियन प्रिमियर लिग टि-२० अन्तर्गत सन्दिप लामिछानेले आफ्नो उत्कृस्ट लयलाई जारि राख्ने क्रममा चर्चित क्रिकेटर डेभिड वार्नरको विकेट लिएका छन्। बुधबार बिहान सम्पन्न खेलमा सन्दिपको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले काइरन पोलार्ड कप्तानीको सेन्ट लुसिया स्टार्सलाई ७ विकेटले पराजित गर्यो। यस क्रममा नेपाली लेग स्पिनरले २ ओभरमा मात्र १३ रन खर्चेर २ विकेट लिएका हुन्।

टस हारेर ब्याटिंग गरेको सेन्ट लुसिया स्टार्सलाई ६९ रनको योगफलमै समेट्ने क्रममा सन्दिपले ओपनर डेभिड वार्नर र कैस अहमदको विकेट लिए।

खेलको नवौं ओभरमा बलिङ्गमा आएका सन्दिपले तेश्रो बलमा वार्नरलाई कभरमा कटिंगको हातबाट क्याच आउट गरेका थिए। सन्दिपले फालेको गुगलीमा वार्नरले इनसाइड-आउट सट खेलेका थिए जुन डिप-कभरमा रहेका फिल्डर बेन कटिंगले दगुरेर कभरमा आएर समातेका थिए। वार्नर १४ रन बनाएर आउट भए।

पहिलो ओभरको अन्तिम बलमा कैस अहमदले सन्दिपलाई छक्का प्रहार गरे जसपछि पुनः खेलको १२ औं ओभरमा बलिंग गर्न आएका सन्दिपले छक्काको बदला कैसलाई ओभरको चौथो बलमा स्टम्पिङ्ग गराउदै लिए। कैसले टिमको लागि सर्वाधिक २४ रन बनाए।

सन्दिपले २ विकेट तथा शेल्डन कट्रेलले ३ विकेट लिएपछि सेन्ट लुसियाले ६९ रनमै सबै विकेट गुमाउन पुगेको थियो। ७० रनको लक्ष्य प्याट्रीएट्सले ७.४ ओभरमा ३ विकेट गुमाएर भेटायो।

यो जितसंगै ४ खेल पछि २ जित र २ हार बेहोरेको  प्याट्रीएट्स अंकतालिकाको चौथो स्थानमा रहेको छ। लिग अन्तर्गत आगामी खेल प्याट्रीएट्सले अगस्ट २६ मा बार्बाडोस ट्रिडेन्ट्ससँग खेल्नेछ। उक्त खेल पछि सन्दिप एसिया कप छनौट खेल्न सिधै मलेसिया उड्नेछन्। नेपालले एसिया कप छनौट अन्तर्गत पहिलो खेल २९ अगस्टमा ओमानसंग खेल्नेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]