डर्बी म्याच अघि सन्दिपले दिए पारसलाई मेलबर्न स्टार्सको जर्सी, खेल हेर्न आउन पारसको अनुरोध

  • विकेटनेपाल, पुष १६ , सोमबार 

हाल अस्ट्रेलिया भ्रमणमा रहेका राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले बिग ब्यास खेलीरहेका सन्दिप लामिछानेलाई सोमबार भेटेका छन्।

सामाजिक संजालमा सन्दिपसंगको फोटो राख्दै पारसले सन्दिपले मङ्गलबार खेल्ने डर्बी म्याचमा उनलाई समर्थन गर्न अनुरोध गरेका छन्। सन्दिपले पारसलाई मेलबर्न स्टार्सको जर्सी समेत दिएका छन्।

पारस खड्का र दिपेन्द्र ऐरि एक्स्पर्ट भिसा सर्भिसको निम्तोमा एस्पर्ट क्रिकेट फेस्टिभलमा सहभागी हुन अस्ट्रेलियामा रहेका छन्। दुवै खेलाडी यसै साता मेलबर्नमा सम्पन्न भारत र अस्ट्रेलिया बीचको टेस्ट म्याच हेर्न समेत पुगेका थिए।


मंगलबार बिग ब्यास लिग अन्तर्गत चौथो खेलमा एउटै सहरको टिम मेलबर्न रेनेगेड्ससंग मेलबर्न स्टार्सले खेल्दै छ जुन खेल हेर्न पारस खड्का पनि पुग्नेछन्।

मेलबर्न रेनेगेड्स र मेलबर्न स्टार्स बीचको खेल मंगलबार नेपाली समय अनुसार २ बजे दिउसो सुरु हुनेछ। लिगमा रेनेगेड्सले ३ खेलमा २ जित र १ हार बेहोर्दै अंकतालिकाको दोश्रो स्थानमा रहेको छ भने स्टार्सले ३ खेलमा २ हार र १ जित बेहोर्दै पाँचौ स्थानमा रहेको छ।

प्रतियोगितामा सन्दिपले ३ खेलमा ७ विकेट लिईसकेका छन्। पहिलो खेलमा सिड्नी थन्डर्ससंग २ विकेट लिंदै लिगमा शानदार सुरुवात गरेका उनले दोश्रो खेलमा होबर्ट हरिकेन्ससंग ३ विकेट तथा तेश्रो खेलमा सिड्नी सिक्सर्ससंग २ विकेट लिएका थिए।

बिग ब्यास छोडेर सन्दिप बंगलादेश जाँदै  

बिग ब्यास लिग अन्तर्गत मेलबर्न रेनेगेड्ससंग खेलीसकेपछि सन्दिप बंगलादेश प्रिमियर लिग खेल्न जनवरी २ तारिकमा बंगलादेश जानेछन्।

जनवरी ५ देखि सुरु हुने बंगालदेश प्रिमियर लिगमा सन्दिप स्यलहेट सिक्सर्सबाट खेल्दै छन् जसको कप्तानी डेभिड वार्नरले गर्दै छन्। टिमले जनवरी ६ तारिकमा तमिम इक्बाल कप्तानीको कोमिल्ला भिक्टोरिएन्ससंग पहिलो खेल खेल्नेछ।

बंगलादेश प्रिमियर लिग फेब्रुवरी ८ सम्म चल्नेछ जसपछि सन्दिप पुनः बिग ब्यास खेल्न फर्किनेछन्। टिमले प्लेअफ चरण प्रवेश नगरेको खण्डमा सन्दिप फेब्रुवरी १ तारिक पछि अस्ट्रेलिया फर्कन सक्नेछन्। लिगमा ७ वटा टिम सहभागी छन्।

बिग ब्यासमा सन्दिपको हालसम्मको प्रदर्शन 

पहिलो खेल – बिरुद्ध सिड्नी थन्डर्स

बिग ब्यासको पहिलो खेलमै सन्दिपले सानदार सुरुवात गर्ने क्रममा शेन वाटसन र क्यालम फर्गुसनको विकेट लिएका थिए। खेलको आठौँ ओभरमा बलिङ्ग गर्न पाएका सन्दिपले एकै ओभरमा २ विकेट लिएका थिए।

बिग ब्यास डेब्युको दोश्रो बलमै विकेट लिने क्रममा वाटसनलाई सन्दिपले गुग्लि गर्दै क्याच आउट गराएका थिए। सन्दिप त्यतिमा रोकिएनन् र अर्का अस्ट्रेलियन राष्ट्रिय क्रिकेटर क्यालम फर्गुसनलाई क्याच आउट गराए।

पहिलो ओभरमा उत्कृस्ट बलिङ्ग बलिङ्ग गरेता पनि त्यसपछिको ओभरमा भने सन्दिप विकेट विहिन रहेका थिए। दोश्रो ओभरमा ६ रन खर्चेका उनले तेश्रो ओभरमा १३ रन तथा चौथो ओभरमा १४ रन खर्चिए। ४ ओभर बलिङ्ग गर्ने क्रममा उनले ३६ रन खर्चदै २ विकेट लिए।

सन्दिपको पहिलो ओभर –  १ , विकेट, १ , ० , १ , विकेट  , दोश्रो ओभर – १ , ० , ० , १ , ४ , ० , तेश्रो ओभर – १ , १ , २ , २ , १, ६, चौथो ओभर – ६ , ० , ६ , ० , १ , १

दोश्रो खेल : बिरुद्ध होबर्ट हरिकेन्स

दोश्रो खेलमा टिम पुनः पराजित भए पनि सन्दिप लामिछानेले उत्कृस्ट बलिङ्ग प्रदर्शन गरे। सन्दिपले दोश्रो इनिंगमा बलिङ्ग गर्ने क्रममा एलेक्स डोलनलाई बोल्ड गर्दै सातौँ ओभरमा पहिलो विकेट दिलाएका थिए।

त्यसपछि आफ्नो स्पेलको तेश्रो ओभर बलिङ्ग गर्न १४ औं ओभरमा आएका सन्दिपले खतरनाक बनिरहेका ब्याट्सम्यान म्याथु वेडलाई ५२ रनमा क्याच आउट गराएका थिए। स्पेलको अन्तिम ओभर गर्न १६ औं ओभरमा आएका सन्दिपले त्यसपछि २८ रन बनाएका म्याकडरमटलाई एलबिडब्लु धरापमा पारे।

अघिल्लो खेलमा २ विकेट लिएका सन्दिपले यो पटक ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिंदै राम्रो प्रदर्शनलाई जारि राखे।

सन्दिपको पहिलो ओभर – १ , १ , विकेट ( डोलन ) , १ , १ , १ , दोश्रो ओभर – ० ० ० १ ४ २ , तेश्रो ओभर – ० विकेट ( म्याकडरमट ) , १  , १ , ६ , ०  चौथो ओभर – विकेट , १ , १ , १ , १ , ०

तेश्रो खेल – बिरुद्ध सिड्नी सिक्सर्स

प्रतियोगितामा उत्कृस्ट फर्म जारि राख्ने क्रममा तेश्रो खेलमा पनि २ विकेट लिए। खेलको नवौं ओभर लिएर आएका सन्दिपको गुग्ली बुझ्न नसक्दा ओभरको दोस्रो बलमा अन्रिकेज एलबिडब्लु धरापमा परे। खेलको १२ औं ओभरमा आफ्नो व्यक्तिगत तेस्रो ओभर गर्ने क्रममा सन्दिपले ओभरको अन्तिम बलमा टम कुरनलाई एलबिडब्लु धरापमा पार्दै आफ्नो दोस्रो विकेट हात पारे।

पहिलो ओभर : ० (अन्रिकेज), ० (अन्रिकेज), १ रन (अन्रिकेज), १ रन (ह्युजेज), २ रन लेग बाई (अन्रिकेज), २ रन (अन्रिकेज)
दोस्रो ओभर : ० (अन्रिकेज), विकेट (अन्रिकेज), २ रन (फिलिपे), १ रन (फिलिपे), ० (सिल्क), १ रन (सिल्क)
तेस्रो ओभर : १ रन (सिल्क), ० (कुरन), १ रन (कुरन), ० (सिल्क), १ रन (सिल्क), विकेट (कुरन)
चौथो ओभर : चौका (एबोट), ० (एबोट), १ रन (एबोट), २ रन लेग बाई (सिल्क), १ रन (सिल्क), १ रन (एबोट)

बिदेशी लिगहरुमा सन्दिपको प्रदर्शन 

सन्दिप लामिछाने यस अघि इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिगमा खेलीसकेका छन्। बिदेशी लिगमा सन्दिपको ४ उत्कृस्ट प्रदर्शन।

आईपीएलमा दिल्लीबाट खेल्दा सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। अफगानिस्तान प्रिमियर लिगमा नगरहर लिओपार्डको लागि खेलेको १ मात्र खेलमा सन्दिपले २ विकेट लिएका थिए। यस्तै युएईमा सम्पन्न टि-१० लिगमा सन्दिपले ६ खेलमा ६ लिएका थिए।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]