टि-१० लिग : दोश्रो खेलमा पनि सन्दिपको राम्रो प्रदर्शन , टिम भने पराजित

Sandeep Lamichhane
  • विकेटनेपाल , मङ्सिर-६ 

युएईमा जारि टि-१० लिग अन्तर्गत केरला किंग्सको प्रतिनिधित्व सन्दिप लामिछाने दोश्रो खेलमा पनि राम्रो बलिङ्ग प्रदर्शन गरेका छन्। सन्दिपले राम्रो प्रदर्शन गरे पनि टिम केरला भने शेन वाटसन कप्तानीको सिन्धिजसंग विकेटले पराजित हुन पुग्यो।

टस हारेर पहिले ब्याटिंग गर्दै केरलाले १० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाएको थियो। १०४ रनको लक्ष्य सिन्धिजले मात्र १ विकेट गुमाएर ७.४ ओभरमै भेट्यो।

लक्ष्य पछ्याउने क्रममा सिन्धिजका कप्तान तथा ओपनर शेन वाटसनले अविजित ५० रन बनाए जुन क्रममा २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर एन्टन डेभसिचले ४९ रन बनाउन २० बलमा ४ चौका र ४ छक्का प्रहार गरे।

यस अघि पहिलो इनिंगमा प्रविन ताम्बे एक्लैले ह्याट्रिक सहित ५ विकेट लिएपछि केरलाले १०३ रन बनाउन सकेकको थियो। खराब सुरुवातका बाबजुत अन्तिममा वाएन पार्नेलले अविजित ५९ रन ( ७ चौका र ४ छक्का ) प्रहार गर्दै योगफल १०० पार गराएका थिए।

लिग अन्तर्गत पहिलो खेलमा केरलाले पख्तुन्सलाई ८ विकेटले पराजित गरेको थियो। लिगको तेश्रो खेल अब केरलाले नोभेम्बर २५ तारिक आइतबार ब्रेण्डन म्याकुलम कप्तानीको राजपुत्ससंग खेल्नेछ।

सन्दिपको राम्रो बलिङ्ग 

अघिल्लो खेलमा सनसनीपूर्ण बलिङ्ग गर्दै पख्तुन्सको ३ विकेट लिएका सन्दिपले आफ्नो लयलाई दोश्रो खेलमा पनि कायम गरे।

दोश्रो इनिंगको पहिलो ओभर बलिङ्ग गरेका सन्दिपले १० रन खर्चे पनि विकेट लिन सकेका थिएनन्। ओभरको तेश्रो बलमा डेभसिचले छक्का प्रहार गरे पनि अन्य बलहरुमा सन्दिपले वाटसन र डेभसिचलाई खुलेर खेल्न दिएनन्।

लगत्तै ओभर बलिङ्ग गर्न आएका सन्दिपले ओभरको तेश्रो बलमा आक्रमक ब्याटिंग गरेर ४९ रन बनाएका  डेभसिचलाई क्याच आउट गराए। दोश्रो ओभरमा उनले मात्र ४ रन खर्चिए र २ ओभरको स्पेलमा मात्र १४ रन खर्चेर १ विकेट लिए।

सन्दिपको पहिलो ओभर – १ रन , १ रन, छक्का , १ रन , डट बल, १ रन
सन्दिपको दोश्रो ओभर – १ रन, १ रन , विकेट ! , डट बल, १ रन, १ रन

पहिलो इनिंग 

यस अघि केरला किंग्सलेटस हारेर ब्याटिंग गर्दै  १०३ रनको योगफल तयार गरेको थियो।

इनिंगको पहिलो ओभरमा प्रविन ताम्बेले ह्याट्रिक सहित ४ विकेट लिंदा ६/४ को नाजुक स्थितिमा पुगेको केरलाले त्यसपछि पनि २ विकेट गुमाउदा ३.१ ओभरमा २१ रनमा ६ विकेट गुमाएको थियो।

त्यसपछि भने सातौँ विकेटको लागि सोहेल तन्बिर र पार्नेलले सातौँ विकेटको लागि ४९ रनको साझेदारी गर्दै टिमलाई मुस्किल परिस्थितिबाट पार लगाएका थिए। तन्बिर १४ बलमा २ छक्का र १ चौका प्रहार गर्दै २३ रन बनाएर आउट भए।

२० बलमानै अर्धशतक पुरा गरेका पार्नेल ५९ रनमा अविजित रहे जुन क्रममा २४ बलमा ७ चौका र ४ छक्का प्रहार गरे।

ताम्बेको अपत्यारिलो बलिङ्ग 

लेग स्पिनर प्रविन ताम्बेले आस्चर्यजनक बलिङ्ग गर्दै हयाट्रिक लिएपछि केरला किंग्सले खराब सुरुवात गरेको थियो।

उमेरले ४७ बर्ष पुगेका ताम्बेले ओपनिङ्ग बलिङ्ग गर्दै एकै ओभरमा ह्याट्रिक सहित ४ विकेट लिएका थिए। ४ विकेट लिने क्रममा उनले क्रिस गेल, ओएन मोर्गन, काइरन पोलार्ड र फाबीएन एलेनलाई खाता नखोली पेभेलियनको दिशा देखाए।

ओभरको पहिलो बलमा वाइड र चौका दिएका ताम्बेले लगत्तैको बलमा अर्को वाइड दिएका थिए भने त्यसपछिको बलमा उनले रन दिएनन्।

त्यसपछिको बलमा भने क्रिस गेल ताम्बेको फुल टस बललाई आक्रामक सट खेल्ने क्रममा लाग अनमा समातिन पुगे। त्यसपछि ओभरको चौथो बलमा कप्तान मोर्गन थिसारा परेराको बलमा क्याच आउट हुन पुगे।

मोर्गन पछि ब्याटिंग गर्न आएका पोलार्ड पहिलो बलमै बोल्ड भएर पेभेलियन फर्किए भने ह्याट्रिक बलमा सामना गरेको फाबीएन एलेन पनि बोल्ड भए पछि ताम्बेले ह्याट्रिक पुरा गरे।

ताम्बे त्यतिमै रोकिएनन् र दोश्रो ओभरको दोश्रो बलमा उपुल थारांगालाई बोल्ड गर्दै पाँचौ विकेट समेत लिए। टि-१० क्रिकेटमा ५ विकेट लिने ताम्बे पहिलो बलर समेत बन्न पुगे। ताम्बेले २ ओभरको स्पेलमा १५ रन दिएर ५ विकेट लिए।

प्रविन ताम्बेले यस अघि इन्डियन प्रिमियर लिग आइपीएलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद तथा गुजरात लायन्सको प्रतिनिधित्व गरिसकेका छन्। उनले पहिलो पटक ४१ बर्षको उमेरमा सन् २०१३ को आइपीएलमा राजस्थान रोयल्सको लागि खेल्ने मौका पाएका थिए।

( फिचर फोटो – दनेसनल )





थप समाचार

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]

सन्दीपलाई विश्वकपमा सहभागीताको बाटो खुल्यो

काठमाडौं । नेपाली टिमका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अर्को महिना अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने आइसीसी […]

नेपालले दियो १८० रनको लक्ष्य

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा १ सय ८० रनको लक्ष्य […]

नेपाल पहिले ब्याटिङ गर्दै, करण बेन्चमा

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । नेपालका कप्तान […]