सन्दीपको पुनरावेदन मुद्दामा बिहीबार पेशी

नबालिका जबरजस्ती बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा बिहीबार पेशी तोकिएको छ।

उच्च अदालत पाटनमा सन्दीपका कानुनव्यवसायीले गत मङ्सिर २९ गते दर्ता गरेका मुद्दामा बिहीबार (७ पुसमा) पेशी तोकिएको हो।

पीडित भनिएकी किशोरीको २ वटा जन्म दर्ताको कागज बोकेर कानुन व्यवसायी उच्च अदालत गएका हुन्। उच्च अदालतमा दिएको निवेदनमा किशोरीको उमेर १८ वर्ष माथि रहेको दाबी गरिएको छ।

साथै जबरजस्ती करणी वा सहमतिमै भए पनि केही नगरिएको जिकिर गरिएको छ। त्यही जन्म दर्ताको प्रमाणले सन्दीपलाई जेलमुक्त पार्न सक्ने सन्दीपका कानुन व्यवसायीको आशा छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy