सन्दीपको पुनरावेदन पेसी आज पनि स्थगित

काठमाडौँ । बलात्कारको मुद्दामा पुर्पक्षको लागि केन्द्रीय कारागार सुन्धारामा रहेका राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेको पुनरावेदन पेसी बिहीबार पनि स्थगित भएको छ।

उच्च अदालत पाटनमा न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र नरिश्विर भण्डारीको इजलासमा परेको पेसी निवेदकका वकिलका तर्फबाट स्थगित गरिएको हो। उनको आज ४ नम्बरमा पेसीको सूची रहेको थियो।

यसअघि दुई पटक पेसीका लागि तय भए पनि सन्दीपको सुनुवाइ हुन सकेको थिएन। यसअघि ७ पुसमा सन्दीपका कानुन व्यवसायीले ‘बार डे’ परेको भन्दै पेसी स्थगित गरेका थिए भने १४ पुसमा पेसी हेर्न नभ्याउनेमा परेको थियो।

जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएपछि त्यसविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका थिए। पुनरावेदनले जिल्लाको आदेश सदर भएमा उनी जेलमा नै बस्नु पर्नेछ भने अदालतले उनको पक्षमा फैसला गरेमा उनी रिहा भएर अन्तिम मुद्दाका लागि लड्नु पर्ने छ।

यसअघि जिल्ला अदालत काठमाडौँले पीडित किशोरीको उमेरको लागि अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र मगाउन आदेश दिएको थियो।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]