सन्दीपको मुद्दाको पेसी पुन: स्थगित

बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको काठमाडौँ जिल्ला अदालतको पेशी पुनः स्थगित भएको छ। जाहेरीकर्ताले नै सोमबारका लागि तय भएको पेशी स्थगित गरेका हुन्।

सन्दीपको मुद्दा न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासमा परेको थियो। उनको मुद्दा छैटौँ नम्बरमा रहे पनि जाहेरीकर्ताका वकिलले स्थगित गरेका हुन्।

स्रोतका अनुसार पाटन उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा रिट परेपछि सर्वोच्चको आदेश पर्खनका लागि मुद्दा स्थगित गरिएको हो।

सन्दीपको मुद्दाको अन्तिम फैसला हुन बाँकी छ। सन्दीपले पुनरावेदन गरेपछि पाटन उच्च अदालते उनलाई विभिन्न सर्तसहित २० लाख धरौटीमा छाडेको थियो।

सन्दीप धरौटीमा छुटेसँगै क्यानले पनि उनीमाथिको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टिमको क्लोज क्याम्पमा राखेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy