अफगानिस्तान प्रिमियर लिगमा सन्दिप पहिलो खेल खेल्दै

अफगानिस्तान प्रीमियर लीग ( एपिएल ) टि-२० अन्तर्गत सन्दिप लामिछानेको टिम नगरहर लिओपार्डसले आज सातौँ खेल खेल्दैछ।नगरहर लिओपार्डसले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ।

हिजोको खेलमा कन्दहर नाइट्ससंग अन्तिम ११ मा मौका नपाएका सन्दिप लामिछानेले दोश्रो खेलमा भने मौका पाएका छन्।

टस जितेपछि बोल्दै कप्तान बेन कटिंगले सन्दिप बिश्व स्तरीय लेगस्पिनर रहेको बताउदै उनि नाथन रिमिंगटनको सट्टा अन्तिम ११ मा खेल्ने बताएका थिए। साथै शारजाह मैदानको पिचले समेत सन्दिपलाई साथ दिने उनले बताए।

प्यान्थर्सको कप्तानी मोहम्मद शहजादले गरिरहेका छन्। सन्दिपको टिम लिओपार्डसले प्रतियोगिताको ६ खेल खेल्दा २ जित र ४ बेहोर्दै अंक तालिकामा पाँचौ स्थानमा रहेको छ भने पक्तिया प्यान्थर्सले ५ खेलमा ३ जित र २ हार बेहोर्दै तेश्रो स्थानमा रहेको छ।

खेलको प्रत्यक्ष प्रशारण भारत लगायत दक्षिण एसियाली देशहरु मा डी-स्पोर्ट च्यानलले गरिरहेको छ। यस्तै युट्युबमा cricingif ले पनि खेलको प्रत्यक्ष प्रशारण गरिरहेको छ।

हिजो सम्पन्न कन्दहर नाइट्स बिरुद्धको खेलमा अन्तिम ११ मा चर्चित स्पिनर मुजिब उर् रहमान, चाइनाम्यान बलर जहिर खान र लेग स्पिनर रहमत साहले स्थान बनाएका थिए। सन्दिप बिनाको खेलमा हार बेहोरे पनि टिमले राम्रो बलिङ्ग प्रदर्शन गरेको थियो। कन्दहरले २० ओभरमा १३७/८ मात्र बनाउन सकेको थियो र पनि दोश्रो इनिंगमा नगरहरले ११० रनमै अल-आउट हुँदा खेल हार्न पुगेको थियो।

सन्दिपको टिम नगरहर बेन कटिंगको कप्तानीमा खेलीरहेको छ जसमा मुजिब उर् रहमान, मिचेल म्याकलेनघन, आन्द्रे रसेल, आन्द्रे फ्लेचर जस्ता खेलाडीहरु रहेका छन्।

सन्दिपलाई नगरहर लिओपार्डसले गत महिना सम्पन्न अक्सनमा १५ हजार डलरमा टिममा आबद्ध गरेको थियो।

लिगमा नगरहर लिओपार्डस सहित ५ टिम रहेका छन्। अन्य टिमहरुमा रासिद खान कप्तान रहेको काबुल ज्वनान, मोहम्मद शहजाद कप्तान रहेको पक्तिया प्यान्थरस, अस्घर अफगान कप्तान रहेको कन्दहर नाइट्स र मोहम्मद नबि कप्तान रहेको बल्ख लेजेन्ड्स रहेका छन्।

अक्टोबर ५ देखि सुरु भएको लिगको फाइनल २१ अक्टोबरमा खेलिनेछ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]