सन्दिपले क्यानडामा समूह चरणको अन्तिम खेल खेल्दै, पहिले बलिंग गर्ने

  • विकेटनेपाल, असार २६ – मंगलबार

क्यानाडामा जारि ग्लोबल टि२० लिग अन्तर्गत सन्दिप लामिछानेको टिम मोन्टरियल टाइगर्सले प्रतियोगिताको अन्तिम खेल खेल्दै छ।   यसअघि नै पहिलो राउण्डमा ५ खेलबाट १ मात्र जित हात पारेको टिमले दोश्रो राउन्डमा वेस्ट इन्डिज ‘बि’सँग खेल्न लागेको हो।

लासिथ मालिंगाको कप्तानीमा रहेको टिमले पहिलो चरणमा खराब प्रदर्शन गरेपनि प्रतियोगिताको तालिका नै यसरि मिलाईएको थियो कि प्रत्येक टिमले दोश्रो चरणमा पुनः एक खेल खेल्नेछन्।

पहिलो चरणको अन्तिममा रहेको मोन्टरियल टाइगर्सले शिर्ष स्थानमा रहेको वेस्ट इन्डिज ‘बि’सँग खेल्न लागेको हो। यसतै अन्य खेलहरुमा दोश्रो स्थान र पाचौँ स्थान तथा चौथो स्थान र तेस्रो  स्थानका टिमहरु भिड्नेछन्।

भर्खरै प्राप्त जानकारी अनुसार मोन्टरियल टाइगर्सका कप्तान लासिथ मालिंगाले टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय गरेका छन्।

यस्तो थियो खेलतालिका:

पहिलो चरणपछीको अंकतालिका:

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy