पूर्व भारतीय क्रिकेटर तथा चर्चित कमेन्टेटर आकाश चोपडाले पुनः नेपाली स्पिनर सन्दिप लामिछानेलाई दिल्लीको अन्तिम-११ मा स्थान दिनु पर्ने बताएका छन्।
आईपीएल २०२० अन्तर्गत दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद बीच फाइनल प्रवेशको लागि दोश्रो क्वालिफायरमा आइतबार प्रतिस्पर्धा हुँदैछ। हैदरावादले इलिमीनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको थियो भने दिल्ली पहिलो क्वालीफायरमा मुम्बई इन्डीएन्ससंग पराजित भएको थियो। शेख जायद स्टेडियम, अबुधाबीमा आज जित्ने टिमले फाइनलमा मुम्बईसंगको भेट पक्का गर्नेछ।
युएईमा जारी आईपीएलमा कमेन्टेटरको भूमिकामा रहेका चोपडाले आफ्नो युट्युब कार्यक्रम “सुपर ओभर विथ आकाश चोपडामा” हैदरावाद बिरुद्ध दिल्लीको अन्तिम-११ मा सन्दिप लामिछानेलाई समाबेश गरेका छन्। यस अघि मुम्बई बिरुद्ध पनि चोपडाले सन्दिपलाई खेलाउनु पर्नेमा जोड दिएका थिए। दिल्लीको पाँचौ बलरको रुपमा सन्दिप उत्तम बिकल्प रहेको चोपडाले बतएका हुन्-
“पाँचौ बलर कुन तरिकाले खेलाउने, के यहाँ विदेशी स्पिनर र विदेशी पेसरलाई खेलाउने या कुनै ब्याट्सम्यानलाई हटाएर हेटमायरलाई खेलाउने , त्यो प्रश्नको उनीहरुले ( दिल्ली ) जवाफ दिनुपर्छ।” चोपडाले बताए।

दिल्लीको उत्कृस्ट अन्तिम-११ चयन गर्ने क्रममा चोपडाले हैदरावादको ब्याटिंग हेर्दा ठूलो योगफल बनाउन नसक्ने आंकलन गर्दै ब्याटिंगमा दिल्लीलाई गहिराइको आवस्यकता नरहेको बताए। उनले हेटमायरलाई खेलाउनु भन्दा सन्दिपलाई खेलाउन उत्तम हुने तर्क दिए –
“तपाईको भारतीय खेलाडीहरु छन्, भारतीय खेलाडीहरुलाई खेलाउनुस् किनकि स्पिनरले उनीहरु ( हैदरावाद ) आक्रमण गर्नेवाला छन्। त्यसैले पृथ्वी शलाई म खेलाउछु, शिखर, रहाने, ऐयर, पन्त सबैलाई खेलाउछु र आशा गर्छु कि उनीहरुले रन बनाउन। फेरी अक्षर पटेल र स्टोइनिसको रुपमा २ अलराउण्डर हुनेछन् त्यो पर्याप्त छ। हेटमायरलाई खेलाउने भएता पनि खान साहब ( राशिद ) ले उनलाई फसाउनेछन् त्यसैले मलाई लाग्दैन उनलाई खेलाउने आवस्यकता छ।”
चोपडाले सन्दिपलाई समाबेश गर्नको लागि दिल्लीले ३ जना स्पिनर लिएर खेल्नुपर्नेमा जोड दिए-
“एउटा परिवर्तन म भन्छु, ३ स्पिनरको साथ तपाई खेल्नुस्। यो पिचमा बल घुमीरहेको छ। थाहा छैन किन तर, घुमिरहेको छ। त्यसैले, आश्विन, अक्षर र सन्दिप लामिछाने।”
सन्दिपको पक्षमा बोल्दै चोपडाले थप बताए – “मलाई थाहा छ उनको लागि पहिलो खेल हुनेछ, तर खेलाउ।”
चोपडाले तेश्रो फास्ट बलरको रुपमा स्टोइनिसले राम्रो गरिरहेकोले चिन्ता गर्नु नपर्ने बताए-
“३ फास्ट बलरको तपाईसंग बिकल्प छ। स्टोइनिस बलिंग गर्न सक्छन्, उनि राम्रो बलिंग गरिरहेका छन्, कम अवस्य गराउनु भएको छ बलिंग। नोर्किया, रबाडा र सन्दिप लामिछाने, त्यो मेरो दिल्लीको उत्कृस्ट अन्तिम-११ हुनेछ”
चोपडाले ड्यानियल स्याम्सलाई बाहिर राख्दै सन्दिपलाई अन्तिम-११ मा खेलाउने उत्तम बिकल्प हुने बताएका हुन्। चोपडाले टिममा फर्ममा नरहेता पनि पृथ्वी शलाई भने निरन्तरता दिएका छन्।
आकाश चोपडाले चुनेको दिल्लीको अन्तिम ११ : पृथ्वी श, शिखर धवन, अजिंके रहाने, श्रेयस ऐयर ( कप्तान ) , रिशभ पन्त ( विकेटकिपर ), मार्कस स्टोइनिस, अक्षर पटेल, सन्दिप लामिछाने, रभीचन्द्रन आश्विन, कगीसो रबाडा, एनरिक नोर्किया
यस अघि मुम्बई बिरुद्धको खेल अघि पनि चोपडाले सन्दिपलाई खेलाउनु पर्ने बताएका थिए – “सन्दिप लामिछानेलाई खेलाउनुस्। ड्यानियल स्याम्स महँगो सावित भएका छन्। २ पटक खेले दुवै पटक महँगो रहे। प्रतिष्ठाको साथ आएका छन् तर अहिलेसम्म प्रदर्शन त्यस्तो भएको छैन। त्यसैले म जोड दिन्छु कि तपाई सन्दिपलाई खेलाउनुस्” उनले बतएका थिए।
अस्ट्रेलियन पेसर ड्यानियल स्याम्सले खेलेको अन्तिम ३ खेलमा ११४ रन खर्चेर विकेटविहिन रहेका छन्। विकेटले पनि स्पिनरलाई मद्दत गरिरहेको र अबुधाबीको विकेट सुस्त हुँदा सन्दिपलाई खेलाउने सम्भावना बढी देखिएको छ। तर अहिलेसम्म मौका नदिएका सन्दिपलाई एकै चोटी महत्वपूर्ण खेलमा मौका देला या नदेला हेर्न बाँकी रहेको छ।
सन्दिपको ट्वीटले के भन्छ
हैदरावादसंगको खेल अघि सन्दिपले ट्वीटरमा ‘अन्तिम विश्वास’ भन्दै ट्वीट गरेका छन्। उनको ट्वीटले हैदरावाद बिरुद्ध खेल्ने सम्भावनालाई इंगित गर्छ। अथवा दिल्लीको फाइनल पुग्ने अन्तिम मौकालाई पनि उनले इंगित गरेको हुनसक्छ। आज सन्दिपले अर्को ट्वीट गर्दै “जीवनमा आफुले नियन्त्रण गर्न नसकिने कुरामा धेरै सोच्न हुँदैन” भन्दै ट्वीट गरेका छन्। यो ट्वीटले भने सन्दिप अझै खेल्ने नखेल्ने निश्चित नभएको जस्तो संदेश दिन्छ। तर सन्दिप खेल्ने या नखेल्ने थाहा पाउनको लागि भने दिल्ली र हैदरावाद बीचको खेलको टस कुर्ने पर्ने हुन्छ।
“The Final Faith”. 👊🏻
— Sandeep Lamichhane (@Sandeep25) November 7, 2020
२०१८ मा आईपीएल खेल्ने पहिलो नेपाली बनेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने तेश्रो सिजन दिल्ली क्यापिटल्सको प्रतिनिधित्व गरिरहेका छन्। टिममा रभीचन्द्रन आश्विन, अक्षर पटेल जस्ता भारतीय स्पिनर हुँदा सन्दिपको आवस्यकता टिमले महसुस गरिरहेको छैन।
आईपीएलको यस अघि २ सिजन खेल्ने क्रममा नेपाली गुग्ली ब्वाईले पहिलो सिजन ३ वटा तथा दोश्रो सिजन ६ वटा खेल खेल्ने मौका पाएका थिए। त्यस क्रममा क्रमशः उनले पहिलो सिजन ५ र दोश्रो सिजन ८ गरि कुल १३ विकेट लिएका थिए।
दिल्लीले सन्दिपलाई २०१८ मा २० लाख भारतीय रुपैयाँ खर्चेर टिममा लिएको थियो। दिल्लीसंग सन्दिपको अनुबन्ध यही सिजन सकिदैछ जसपछि उनि आगामी सिजनको लागि हुने अक्सनबाट अर्को टिममा जान खुला हुनेछन्। तर कोभिड-१९ का कारण यो सिजन अक्सन हुने नहुने निश्चित नहुँदा सन्दिप दिल्लीमै बस्न सक्ने सम्भावना पनि रहेको छ।
https://wicketnepal.com/htimes-predict-11-vs-mi-1st-q-ipl20/
https://wicketnepal.com/srh-vs-dc-2nd-qf-ipl20-prev/
https://wicketnepal.com/azam-vs-zim-1st-t20i-rep/
https://wicketnepal.com/can-bargikaran-sachyayo-wn20/
https://wicketnepal.com/gambhir-on-kohli-failure-ipl-wn20/