आईसीसीको प्लेयर अफ द मन्थ मनोनयनमा सन्दिप, यसरी गर्न सकिन्छ भोट

२०७८ आश्विन २०, बुधबार १४:४२

Sandeep Lamichhane

स्टार नेपाली लीग स्पिनर सन्दिप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) को सेप्टेम्बर महिनाको प्लेयर अफ द मन्थ अवार्ड मनोनयनमा परेका छन्।

सेप्टेम्बरमा नेपालको ओमान भ्रमण अन्तर्गत पपुवा न्यु गिनीसंग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज तथा त्यसपछि ओमान र अमेरिकासंग विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा सन्दिपले उच्च प्रदर्शन गरेका थिए। उक्त भ्रमणमा सन्दिपले बलिंग गरेको ५ खेलमा १८ विकेट लिएका थिए। त्यसक्रममा सन्दिपले पपुवा न्यु गिनीसंग एकै क्खेलमा मात्र ११ रन खर्चेर ६ विकेट लिंदै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकै उत्कृस्ट स्पेल दर्ता गरेका थिए। सोहि प्रदर्शन पछि आईसीसीले उनलाई मनोनयनमा समाबेश गरेको हो।

आईसीसीले सार्वजनिक गरेको प्लेयर अफ द मन्थको सुचीमा नेपालबाट सन्दिप सहित अमेरिकी ब्याट्सम्यान जस्करन मलहोत्रा तथा बंगलादेशका स्पिनर नसुम एहमद गरि तिन जना खेलाडीरहेका छन्। नसुमले न्युजिल्यान्ड बिरुद्ध घरेलु टि-२० सिरिजमा शानदार प्रदर्शन गरेर कुल ८ विकेट लिने क्रममा चौंथो खेलमा १० रन खर्चेर ४ विकेट लिएका थिए। यस्तै अमेरिकी ब्याट्सम्यान जस्करनले अमेरिकाको ओमान भ्रमण अन्तर्गत पपुवा न्यु गिनी बिरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा चौंथो खेलाडी बनेका थिए।

सन्दिप लामिछाने आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय बलिंग वरियतामा शिर्ष एक सयमा स्थान बनाउने पहिलो नेपाली खेलाडी हुन्। उनि हाल  एकदिवसीय अन्तर्राष्ट्रिय वरियताको ७९ औं स्थानमा रहेका छन्। यस्तै सन्दिप टि-२० अन्तर्राष्ट्रिय वरियतामा ८२ औं स्थानमा छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा १६ खेलमा ४१ तथा टि-२० अन्तर्राष्ट्रियमा २६ खेलमा ५७ विकेट लिएका सन्दिप दुवै फर्म्याटमा नेपालको सर्वाधिक विकेटकर्ता हुन्।

प्लेयर अफ द मन्थ अन्तर्गत आफ्नो प्रिय खेलाडीलाई जिताउन फ्यानहरुले यो लिंकमा गएर भोट गर्न सक्नेछन्।


यस अघि यो वर्ष अप्रिलमा अर्का नेपाली खेलाडी कुशल भुर्तेल पहिलो पटक प्लेयर अफ द मन्थ मनोनयनमा परेका थिए। त्यस क्रममा पाकिस्तानका बाबर आजम र फखर जमान पनि संगै मनोनयनमा थिए। तर भुर्तेल प्लेयर अफ द मन्थ भने बन्न सकेनन्। बाबर आजम उक्त अप्रिलको प्लेयर अफ द मन्थ घोषित भएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy