ठुलो किर्तिमान नजिक सन्दिप, फेरी बने प्लेयर अफ द म्याच

२०७५ आश्विन २४, बुधबार १०:०६

Sandeep Lamichhane
  • विकेटनेपाल, असोज २४  

आईसीसी टि-२० बिश्व कप छनौट एसिया ( पूर्वी ) छनौट प्रतियोगिता अन्तर्गत पाँचौ खेलमा नेपालले चिनलाई पराजित गर्ने क्रममा सन्दिप लामिछाने प्लेयर अफ द म्याच चुनिएका छन्।

खेलमा नेपालले टस जितेर चिनलाई ब्याटिंगको निम्तो दिएको थियो। चिनले २६ रन मात्रै बनाउन सकेपछि २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा विकेट नगुमाई पुरा गर्यो। नेपाल यसअघि नै टि-२० बिश्व कपको एसिया छनौट खेल्न छनौट भइसकेको छ।

सन्दिप तेश्रो पटक प्लेयर अफ द म्याच 

प्रतियोगितामा सन्दिप तेश्रो पटक प्लेयर अफ द म्याच घोषित भएका हुन्। यस अघि उनि म्यानमार र मलेसियासंग पनि प्लेयर अफ द म्याच घोषित भएका थिए। सन्दिपले म्यानमारसंग ४ विकेट र मलेसियासंग ५ विकेट लिएका थिए।

चिनसंग सन्दिपले ४ ओभरमा १ मेडन ओभर गर्दै मात्र ४ रन खर्चेर ३ विकेट लिए। बसन्त रेग्मी र ललित राजबंशीले पनि ३/३ विकेट लिए पनि किफायती बलिङ्ग र माथिल्लो क्रमका ब्याट्सम्यानलाई आउट गरेका लामिछाने उत्कृस्ट खेलाडी चुनिएका हुन्।

Sandeep Lamichhane
Player of the match Sandeep Lamichhane ( File Photo )

५ खेलमा सन्दिपको २० विकेट 

प्रतियोगिताको ५ खेलमा नेपाली लेग स्पिनरले २० विकेट लिंदै धेरै विकेट लिने सुचीमा पहिलो स्थानमा छन्। दोश्रो स्थानमा नेपालकै ललित राजबंशी १० विकेट सहित रहेका छन्। २० विकेट लिन सन्दिपले कुल १७ ओभर बलिङ्ग गर्दै ४ मेडन ओभर फालेका छन्। २.४१ प्रतिओभर इकोनोमी, २.०५ को एभरेज र ५.१ को स्ट्राइक रेटमा सन्दिपले बलिङ्ग गरेका छन्।

 बिरुद्ध   विकेट र स्पेल 
म्यानमार ४ विकेट ( २-०-३-४ )
मलेसिया ५ विकेट ( ४-०-२०-५ )
थाईल्याण्ड ५ विकेट ( ३-१-८-५ )
भुटान ३ विकेट ( ४-२-६-३ )
चिन ३ विकेट ( ४-१-४-३ )

रेकर्ड तोड्लान सन्दिपले ? 

एकै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको लागि सर्वाधिक विकेट लिने रेकर्ड सन्दिप लामिछानेको नाममा रहेको छ। उनले गत बर्ष जुलाईमा सिंगापुरमा सम्पन्न यु-१९ बिश्वकप छनौट प्रतियोगितामा ६ खेलमा कुल २४ विकेट लिंदै किर्तिमान कायम गरेका थिए। 

सिनियर टिमको लागि भने एकै प्रतियोगितामा धेरै विकेट लिने रेकर्ड बसन्त रेग्मी र बिनोद दासको नाममा रहेको छ। रेग्मीले सन् २०१२ को डिभिजन-४ प्रतियोगितामा तथा बिनोद दासले सन् २००५को एसीसी फास्ट ट्रयाक कन्ट्रीज ( तिन दिवसीय ) प्रतियोगितामा २१ विकेट लिएका थिए। यु-१९ स्तरमा राहुल बिश्वकर्माले सन् २०११ को यु-१९ बिश्वकप छनौट प्रतियोगितामा समान २१ विकेटनै लिएका थिए।

यदी प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरसंग सन्दिपले खेल्ने मौका पाए भने उनि नेपाल राष्ट्रिय क्रिकेट टिमको लागि एकै प्रतियोगितामा धेरै विकेट लिने खेलाडी बन्न सक्छन्। रेकर्ड तोड्नको लागि उनले २ विकेट लिनु पर्नेछ वा बराबरी गर्न १ विकेट आवस्यक छ।

सन्दिपले तोड्लान त रेकर्ड ?

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy