बार्बेडोसको पहिलो जितमा ३ विकेट लिंदै सन्दिप बने ‘प्लेयर अफ द म्याच’

सन्दिप लामिछानेको उत्कृस्ट बलिंग मदतले करेबियन प्रिमियर लिग अन्तर्गत आफ्नो दोश्रो खेलमा बार्बेडोस ट्राइडेन्टसले सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्सलाई पराजित गरेको छ।

खेलमा टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा बार्बेडोसले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १८६ रनको योगफल तयार गरेको थियो। उसको लागि लेनिको बौचरले सर्वाधिक ६२ ( ४७ बलमा ४ चौका र ३ छक्का ) बनाए। यस्तै ओपनर जोन्सन चार्ल्सले ५२ तथा जेपी डुमिनिले ४३ रन बनाए। चार्ल्सले ४३ बलमा ४ चौका र ३ छक्का तथा डुमिनिले १८ बलमा ४ छक्का र २ चौका प्रहार गरे।


जवाफमा १८७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सेन्ट किट्सले २० ओभरमा ९ विकेट गुमाएर १६८ रन बनाउन सक्यो र खेल १८ रनले पराजित भयो। उसको लागि लौरी इभान्सले सर्वाधिक ६४ रन बनाए। यस्तै ११ औं नम्बरका ब्याट्सम्यान डोमिनिक ड्रेक्सले अविजित ३४ रन बनाए।

बार्बेडोसको लागि सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट ( ४-०-२२-३ ) लिए। यस्तै कप्तान जेसन होल्डर ( ४-०-३७-२ ) र हेडन वाल्स ( ४-०-३३-२ ) ले २/२ विकेट लिए। लिगको पहिलो खेलमा सन्दिपले गुएना अमेजोन वारियर्स बिरुद्ध १ ओभर मात्रै बलिंग गरेका थिए। 

सन्दिपको सीपीएल टि-२० करियरकै उत्कृस्ट बलिंग , दोश्रो पटक प्लेयर अफ द म्याच 

टिमको जितमा उत्कृस्ट योगदान दिएका नेपाली गुगली ब्वाईले ३ विकेट लिए। करेबियन प्रिमियर लिग टि-२० मा दोश्रो वर्ष खेलीरहेका सन्दिपले यो लिगमा ३ विकेट लिएको यो पहिलो अवसर हो।

Sandeep Lamichhane

३ विकेट लिने क्रममा नेपाली स्पिनरले पहिलो विकेटको रुपमा शाम्राह ब्रुक्सलाई खेलको १३ औं ओभरको पहिलो बलमै क्याच आउट गराए। अघिल्लो ओभरमा सन्दिपको बल खेल्न संघर्ष गरेका ब्रुक्सले सन्दिपलाई पहिलो बलमा ठुलो सट खेल्न खोज्दा लंग अनमा क्याच आउट भए।

यस्तै दोश्रो विकेट लौरी इभान्सको लिए जसले ६४ रन बनाएका थिए। इभान्स पनि क्याच आउट भए। उत्कृस्ट ब्याटिंग गरिरहेका लौरी इभान्स पनि सन्दिपको जालमा फसे। खतरनाक सावित भइरहेका इभान्सले सन्दिपलाई स्लग स्विप गरेका थिए जुन क्रममा टप एज लागेर स्क्वायर लेगमा क्याच आउट हुन पुगे।

तेश्रो विकेट लिने क्रममा सन्दिपले सेन्ट किट्स कप्तान तथा खतरनाक ब्याट्सम्यान कार्लोस ब्राथवेटलाई सन्दिपले एलबिडब्लु धरापमा पारे। सन्दिपले गरेको गुगलीलाई रोक्न खोज्दा ब्याटलाई चल्दै ब्राथवेटको प्याडमा लागेपछि अम्पायरले एलबिडब्लु आउट दिए। ब्राथवेट निराश देखिए पनि रिप्लेमा बलले स्टम्पको दिशा लिएको र बलले प्याडमा लाग्दा इम्प्याक्ट लाइनमा देखिएको थियो। १ रन मात्रै बनाएका ब्राथवेटको विकेट पछि बार्बेडोस खेलमा हावी भएको थियो।

Sandeep Lamichhane

इनिंगको पाँचौ ओभरमा पहिलो ओभर गरेका सन्दिपले पहिलो ओभरमा ७ रन खर्चेका थिए। दोश्रो ओभर गर्न ११ औं ओभरमा आएका सन्दिपले पुनः ७ रन खर्चे। त्यसपछि १३ औं ओभरमा बलिंग गर्दा ६ रन खर्चेर इभान्स र ब्रुक्सको विकेट पनि लिए। १५ औं ओभरमा झनै उत्कृस्ट सावित भएका सन्दिपले मात्र २ रन खर्चेर ब्राथवेटको विकेट लिए। ४ ओभरमा सन्दिपले मात्र २२ रन खर्चेर ३ विकेट लिए।

सन्दिप प्लेयर अफ द म्याच 

अन्तर्राष्ट्रिय टि-२० लिगहरु धेरै खेलीसके पनि सन्दिप दोश्रो पटक खेलको उत्कृस्ट खेलाडी चुनिएका छन्। यस अघि सन्दिप पाकिस्तान सुपर लिगको यसै सिजनमा लाहोर कलन्दरको लागि खेल्ने क्रममा क्वेटा ग्ल्याडीएटर्स बिरुद्ध पहिलो पटक प्लेयर अफ द म्याच चुनिएका थिए। उक्त खेलमा सन्दिपले मात्र १० रन खर्चेर ४ विकेट लिएका थिए।

अन्तर्राष्ट्रिय टि-२० लिगमा सन्दिपले गरेको यो दोश्रो उत्कृस्ट स्पेल हो। सन्दिपले १ पटक पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सको लागि खेल्दै कराँची किंग्स बिरुद्ध ४ विकेट ( ४-०-१०-४ ) लिएका छन्। त्यस बाहेक सन्दिपले एकै खेलमा ३ विकेट भन्दा बढी लिन सकेका थिएनन्।

सन्दिपलाई बार्बाडोसले ७० हजार डलरमा जेठ महिनामा सम्पन्न ड्राफ्टमार्फत टिममा लिएको थियो। सीपीएल टि-२० को अघिल्लो सिजन सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले खरिद गरेको थियो।

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]