मेर्लबर्न कप्तान म्याक्सवेलद्वारा सन्दिपको तारिफै-तारिफ, भने “चम्किलो तारा”

  • विकेटनेपाल, पुष-५ , बिहिबार 

चर्चित बिग ब्यास लिगमा नेपाली स्टार लेग स्पिनर सन्दिप लामिछाने शुक्रबार डेब्यु गर्दैछन्। मेर्लबर्न स्टार्सबाट खेल्न लागेका सन्दिपको टिमको कप्तानी स्टार अस्ट्रेलियन ब्याट्सम्यान ग्लेन म्याक्सवेलले गर्दै छन्। प्रतियोगितामा स्टार्सले पहिलो खेल शुक्रबार दिउँसो २ बजे ( नेपाली समय ) सिड्नी थन्डर्ससंग खेल्दैछ। थन्डर्सको कप्तानी शेन वाटसनले गर्दै छन् र टिममा जोस बटलर, जोय रुट, प्याट कमिन्स जस्ता खेलाडीहरु रहेका छन्।

खेल अघि सन्दिपको टिम कप्तान म्याक्सवेलले फक्स स्पोर्ट्ससंग कुरा गर्दै नेपाली लेग स्पिनरको खुलेर तारिफ गरेका हुन्।

“एउटा कलिलो युवा खेलाडीको रुपमा सन्दिप निकै चलाख बलर हुन्” म्याक्सवेलले थप बताए – “उनिसंग दिल्लीमा अभ्यास गर्दा उनको बललाई राम्रोसंग बुझ्न मलाई २ हफ्ता लागेको थियो। त्यस भन्दा अघि म उनको सबै बललाई ठुलो सट खेल्न खोज्थे र बल कि त सिधा माथि जान्थ्यो कि त म बोल्ड हुन्थे”

Sandeep Lamichhane
Sandeep Lamichhane ( Photo – Cricket.com.au )

सन्दिप र म्याक्सवेल गत सिजन इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्स टिममा संगै थिए। त्यसबेला सन्दिपसंग एउटै टिमसंग खेल्दाको प्रसंग ३० बर्षिय स्टार्स कप्तानले यसरी सम्झिए –

“सन्दिप चम्किलो तारा हुन्। मलाई सम्झना छ कि, आईपीएलमा उनले खेलेको अन्तिमको केहि खेलहरुमा प्रभावित पारेका थिए। उनमा गजबको आत्मबिश्वास थियो”

आईपीएलमा सन्दिपले अन्तिमको ३ खेल खेल्ने क्रममा ५ विकेट लिंदै प्रभावित बनाउने बलिङ्ग गरेका थिए। आईपीएलको प्रदर्शन पछि उनले क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग, अफगानिस्थान प्रिमियर लिग र टि-२० लिग जस्तो प्रतियोगितामा स्थान बनाईसकेका छन्।

म्याक्सवेलले स्टार अफगानिस्थान लेग स्पिनर राशिद खानसंग सन्दिपको तुलना समेत गरेका छन् जसले बिग ब्यास लिगको अघिल्लो सिजन उत्कृस्ट बलिङ्ग गरेका थिए-

“मलाई लाग्छ उनि सम्भवत अझै बलियो र परिपक्व भएका छैनन्, तर जुन तरिकाले उनि तिब्र गतिमा बलिङ्ग गर्दै झुक्क्याउने गर्छन् त्यो राशिद खानको जस्तो छ”

२ बर्ष अघि सन्दिपलाई अस्ट्रेलियन क्रिकेट टिमका पुर्व कप्तान माइकल क्लार्कले अस्ट्रेलियामा आफ्नै खर्चमा ग्रेड क्रिकेट खेल्न लागेका थिए। सन्दिप र क्लार्कले हंगकंगमा २०१६ मा भएको हंगकंग टि-२० ब्लिट्जमा काउलुन क्लबबाटसंगै खेलेका थिए जहाँ क्लार्क प्रभावित भएका थिए।

बिग ब्यासमा मेर्लबर्न स्टार्सले गत सिजन बाहेक अन्य सबै सिजन सेमीफाइनलसम्म स्थान बनाउन सकेको छ तर हालसम्म उपाधि भने हालसम जित्न सकेको छैन। टिमको नवनियुक्त कप्तान म्याक्सवेलले प्रतियोगितामा आफ्नो टिम राम्रो रहेको र प्रतियोगिता जित्ने दाबेदार रहेको समेत बताएका छन्।

“बिगतमा के भयो त्यसले हामीलाई असर गर्दैन। हाम्रो टिममा गहिराई छ”

बिग ब्यासमा सन्दिपले पहिलो खेल खेल्ने पक्का

सन्दिपको टिम मेर्लबर्न स्टारर्सले खेल सुरु हुनु अघिल्लो दिन सन्दिप लामिछानेलाई अन्तिम-११ मा पर्ने दाबेदार १३ खेलाडीको सुचीमा राखेको छ। बिहिबार बिहान स्टार्सले आफ्नो अधिकारिक वेबसाइटमा सन्दिप सहित सिड्नी थन्डर्ससंग खेल्ने सम्भावित १३ खेलाडीहरुको नाम सार्वजनिक गरेको छ जसमा सन्दिप पनि छन्।

सिड्नी थन्डर्ससंग खेल्ने सम्भावित १३ खेलाडीहरुको सुची : ग्लेन म्याक्सवेल ( कप्तान ) , माइकल बियर, स्कट बोलान्ड, ड्वेन ब्राभो, ज्याकसन कोलम्यान, ट्रेभिस डिन, बेन डंक, इभन गुल्बिस सन्दिप लामिछाने, निक लार्किन, लान्स मोरिस, मार्कस स्टोइन्स र एडम जाम्पा

बिगब्यास लिगमा एउटा टिमले अन्तिम-११ मा २ जना मात्र बिदेशी खेलाडी राख्न पाउछन्। मेर्लबर्नले सार्वजनिक गरेको १३ खेलाडीको सुचीमा सन्दिप र वेस्ट इन्डिज क्रिकेटर ड्वेन ब्राभो मात्रै २ बिदेशी खेलाडी रहेका छन् त्यसैले सन्दिप खेल्ने पक्का मानिएको हो।

सन्दिपको टिमले आफ्नो वेबसाइटमा सन्दिप लामिछानेलाई टिमको लागि डेब्यु गर्ने पांच खेलाडीको सुचीमा पनि राखेको छ। सुचीमा सन्दिप सहित ड्वेन ब्राभो, ट्रेभिस डिन, निक लार्किन र लान्स मोरिस रहेका छन्।

लिगको प्रत्यक्ष प्रसारण नेपालमा Sony SIX र Sony SIX HD तथा Sonyliv को मोबाईल एप्लिकेसन र वेबसाइटबाट पनि हुनेछ।

लिगमा एडलेड स्ट्राईकर, ब्रिसबेन हिट, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कर्चर्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर गरि ८ टिम रहेका छन्। राउण्ड रोबिन र नकआउट चरणमा हुने प्रतियोगिताको पछिल्लो संस्करण एडिलेड स्ट्राईकरले जितेको थियो भने पर्थ स्कोर्चर्सले सबैभन्दा बढी ३ पटक उपाधी जितेको छ।

सन्दिपको टिम मेलबर्नले प्रतियोगिता अन्तर्गत यसअघि भएका ६ वटा संस्करणमा निरन्तर उत्कृस्ट प्रदर्शन गर्दै आएको थियो। त्यो समयमा उसले ५ पटक सेमिफाइनलमा स्थान बनाएको थियो भने १ पटक उपबिजेता बन्न सफल भएको थियो। तर पछिल्लो (सातौँ) संस्करणमा भने खराब प्रदर्शन गर्दै अंक तालिकाको पुछारमा रहँदै प्रतियोगिता अन्त्य गरेको थियो।

यस्तो छ मेलबर्न स्टार्सको खेल तालिका

मेलबर्न स्टार्सले भने आफ्नो पहिलो खेलमा डिसेम्बर २१ मा सिड्नी थन्डरसँग उसकै घरेलु मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ। खेल नेपाली समय अनुसार दिउसो २ बजे सुरु हुनेछ। त्यसपछि २४ तारिकमा होबार्ट हरिकेन्ससंग तथा २७ तारिकमा सिड्नी सिक्सर्ससंग खेल्ने तालिका रहेको छ। डबल-राउण्ड-रोबिन र नक-आउट चरणमा हुने प्रतियोगितामा जम्मा ५९ वटा खेल हुनेछन्।

 





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]