आईपीएल खेल्न बुधबार भारत जाँदै सन्दिप, दिल्लीले उपाधि जित्नेमा आशावादी

Sandeep Lamichhane
  • विकेटनेपाल – ५ चैत्र, मंगलवार

स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने बुधवार भारत प्रस्थान गर्ने भएका छन्। इन्डियन प्रिमियर लिग ( आइपिएल ) क्रिकेटको बाह्रौं संस्करणमा सहभागी हुन सन्दिप बुधबार बिहानै भारत जान लागेका हुन्।

आईपीएल मार्च २३ तारिक शनिवार देखि सुरु हुँदै छन् जसमा सन्दिपको टिम दिल्ली क्यापिटल्सले मार्च २४ तारिकमा मुम्बई इन्डीएन्स बिरुद्ध पहिलो खेल खेल्दैछ। प्रतियोगिताको उद्घाटन खेलमा गत सिजनको विजेता धोनी कप्तानीको चेन्नाई सुपर किंग्सले विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्नेछ।

भारत प्रस्थान गर्नु अघि सन्दिपले मंगलवार राजधानीमा पत्रकार सम्मेलन गर्दै दोस्रो पटक आइपिएल खेल्न आफु उत्साहित रहेको बताएका छन्-

“उत्साहित छु किनकि फेरी एउटा अवसर आएको छ जसलाई प्रमाणित गर्ने सुनौलो अवसर रहेको छ। थप जिम्मेवारी काँधमा छ किनकि मेरो नामको साथै मेरो देशको नाम पनि जोडिएको छ”

“पछिल्लो एक बर्षमा मलाई धेरै खेलाडीले देखिसकेका छन् र त्यसको बाबजुद समेत मैले आफुलाई प्रमाणित गर्न सकें भने आफ्नो राम्रो छाप छाड्न सफल हुनेछु।”

Sandeep Lamichhane
Sandeep Lamichhane

गत सिजन आईपीएलमा छनौट भएपछि नेपाली गुग्ली ब्वाईले लगातार विश्वभर ठुला क्रिकेट लिगमा सहभागिता जनाएका थिए। बिभिन्न लिगको अनुभवलाई यो आईपीएलमा उतार्ने बताए।

“१ वर्षमा व्यस्तता निकै रह्यो, नेपालमा आउनु निकै कम रह्यो। बाहिरको बासिन्दा हुँ जस्तो लाग्छ। एउटा व्यक्तिको रुपमा पनि आफुलाई सुधार्ने प्रयास गरिरहेको छु”

सन्दिपले दिल्ली टिम राम्रो बनेको र यो सिजन उपाधि जित्ने विश्वास समेत व्यक्त गरे-

“जुन तरिकाले टिम बनेको छ र खेलाडीहरुले अभ्यासमा मेहनत गरिरहेका छन् र कागजमा पनि हाम्रो टिम राम्रो देखिएको छ त्यसैले आशावादी छु यो पटक उपाधि जित्ने आशावादी छौँ”

Sandeep Lamichhane
Sandeep Lamichhane
Sandeep Lamichhane
Sandeep Lamichhane

प्रतियोगिताको एघारौँ संस्करण अगाडी सम्पन्न अक्सन मार्फत सन्दिपलाई दिल्ली क्यापिटल्स ( त्यस बेलाको दिल्ली डेयरडेभिल्स) ले भारतीय २० लाख रुपैयाँमा अनुबन्धन गरेको थियो। पहिलो सिजनमा अन्तिम ३ खेल मात्र खेल्ने मौका पाएका सन्दिपले सानदार प्रदर्शन गर्दै कुल ५ विकेट हात पारेका थिए। त्यसक्रममा उनले डेब्यु खेलमा रोयल च्यालेन्जर्स बेंगलोर बिरुद्ध १ विकेट ( पार्थिव पटेल ), चेन्नई सुपर किंग्स बिरुद्ध १ विकेट ( सुरेश रैना ) र लिगको अन्तिम खेलमा मुम्बई इन्डियन्स बिरुद्ध ३ विकेट ( सूर्यकुमार यादव, क्रुनाल पान्ड्या र कायरन पोलार्ड )चट्काएका थिए।

पहिलो सिजनमा गरेको आशालाग्दो प्रदर्शन पछि दिल्लीले यस सिजन समेत सन्दिपलाई आफ्नो टोलीमा रिटेन गर्ने निर्णय लिएको थियो। यद्यपी सन्दिपको पहिलो सिजनको पारिश्रमिक भने ३ बर्षको समयका लागि समान रहने भएकाले दिल्लीले पुन: सन्दिपलाई २० लाख भारतीय रुपैयाँनै दिनेछ।

दिल्ली क्यापिटल्स टिममा सन्दिप संगै शिखर धवन, रिशाभ पन्त, अक्सर पटेल, अमित मिश्रा, इशान्त शर्मा, हनुमा बिहारी, श्रेयस ऐयर, पृथ्वी शा, कोलिन मुनरो, कोलिन इन्ग्राम, ट्रेन्ट बोल्ट, कागीसो रबाडा जस्ता खेलाडीहरु रहेका छन्।

गत सिजन दिल्लीले १४ खेल खेल्दा मात्र ५ खेलमा जित र ९ खेलमा हार बेहोर्दै अंकतालिकाको पुछारमा रहेको थियो।

लगातार टि-२० लिगहरुमा उत्कृस्ट प्रदर्शन :-

अघिल्लो सिजन सन्दिप आइपिएल खेल्न जानु अघि उनीसंग विश्वका अन्य टि-२० लिगहरुको अनुभव थिएन। सोहि कारणले गर्दा समेत उनले  दिल्लीबाट खेल खेल्ने मौका पाउन लामो समय कुर्नु पर्यो।

सन्दिपको टि-२० करियरमा कोशेढुंगा साबित भएको आइपिएलको अघिल्लो सिजन यता सन्दिपले विश्वभरका टि-२० लिगको स्वाद चाखिसकेका छन्। पछिल्लो बर्षको आइपिएल पछी संचालन भएका टि-२० लिगहरुमा दक्षिण अफ्रिकाको घरेलु टि-२० लिग र भाइटालिटि टि-२० ब्लास्ट ( इंग्ल्याण्ड ) बाहेक अन्य सबै प्रतियोगितामा सन्दिप सहभागी हुँदै आएका छन्।

क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग, अफगानिस्तान प्रिमियर लिग, बिग ब्यास, टि-१० लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगायतका चर्चित टि-२० र टि-१० लिगहरुमा सन्दिपको प्रदर्शन समेत सन्तोषजनक रहँदै आएको छ। ३६ टि-२० खेलको अनुभव बटुलीसकेका सन्दिपले ६.८० को उत्कृस्ट इकोनोमीमा ४५ विकेट हात पारिसकेका छन्।

आफु सहभागी बनेका हरेक टि-२० लिगहरुको सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा सन्दिप अटाउँदै आएका छन्। आइपिएल यता सन्दिपले क्यारेबियन प्रिमियर लिगमा ७ विकेट ( ५  खेल मात्र ), ग्लोबल टि-२० लिगमा ८ विकेट ( ५ खेल ), अफगानिस्तान प्रिमियर लिगमा २ विकेट ( १ खेल मात्र ), बिग ब्यास लिगमा ११ विकेट ( ८ खेल मात्र ), बंगलादेश सुपर लिगमा ४ विकेट ( ६ खेल ), पाकिस्तान सुपर लिगमा ११ विकेट ( ७ खेल मात्र ) र टि-१० लिगमा ६ विकेट ( ६ खेल ) हात पारेका छन्।

यी सबै अनुभवको बलमा यस सिजन दिल्लीले सन्दिपलाई धेरै खेलमा मौका दिने अपेक्षा गरिएको छ। यद्यपी टोलीमा अमित मिश्रा, राहुल तेवाटिया र अक्षर पटेल जस्ता अनुभवी भारतीय स्पिनर रहेकाले सन्दिपले अन्तिम ११ मा स्थान बनाउन सजिलो रहनेछैन।

 





थप समाचार

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]

अलिगान्स क्रिकेट लिग सेप्टेम्बर १५ देखि

लिगान्स क्रिकेटद्वारा आयोजित अलिगान्स क्रिकेट लिग सेप्टेम्बर १५ देखि १९ सम्म हिमालयन क्रिकेट एकेडेमीमा हुने भएको छ। यस प्रतियोगितामा १० […]

नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीले २० लाख पाउने, जान्नुस कुन खेलाडी कुन टिमको मार्की बने

नोभेम्बर ३० तारिख देखि नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिगको मार्की खेलाडीले कम्तिमा २० लाख […]

इङ्ग्ल्यान्डद्वारा सिरिजमा बराबरी

काठमाडौं । घरेलु टोली इङ्ग्ल्यान्डले अस्ट्रेलियालाई दोस्रो टि ट्वान्टीमा ३ विकेटले पराजित गरेको छ । जितसँगै इङ्ल्यान्डले ३ खेलको सिरिजमा […]

क्यानडामा नेपालको विजयी सुरुआत

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजका लागि क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा विजयी […]

रोहित र एरिका वर्ष खेलाडी

काठमाडौं, भदौ २८– करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका […]