राष्ट्रिय टिममा सन्दिपको पुनरागमन, दोश्रो चरणको बन्दप्रशिक्षण टिमको घोषणा

सन्दिप लामिछानेलाई समाबेश गर्दै नेपाल क्रिकेट संघ ( क्यान ) ले फेब्रुअरी १४ तारिख देखि घरेलु मैदानमा सुरु हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गतको स्कटल्याण्ड र नामिबियासंग हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको बन्द प्रशिक्षणको लागि २० सदस्यीय टिमको घोषणा गरेको छ।

यस अघि घोषित २८ सदस्यीय टिममा नरहेका सन्दिपलाई बुधबार पोखरामा सम्पन्न क्यानको बैठकले निलम्बन फुकुवा गरेपछि समाबेश गरिएको हो।

सन्दिपले अन्तिम पटक नेपाली राष्ट्रिय टिमको लागि गत वर्ष अगस्टमा केन्य विरुद्ध खेलेका थिए। किशोरी बलात्कारको आरोप लागेपछि उनलाई गत भदौ २३ गते क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो ।

पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु मध्ये शरद भेसावकर, बिनोद भण्डारी, अंकित सुबेदी, भुवन कार्की, बिक्रम सोब, सिद्धान्त लोहनी, सागर ढकाल, अनिल शाह, बिबेक यादव र अविनाश बोहरालाई दोश्रो चरणमा टिममा राखिएको छैन।

युवा लेग स्पिनर मौसम ढकाल र देब्रे हाते स्पिनर सुर्य तामांगले बन्दप्रशिक्षणमा निरन्तरता पाएका छन्।

यस अघि बन्द प्रशिक्षणमा नरहेका देब्रे हाते फास्ट बलिंग अलराउण्डर प्रतिश जिसीलाई प्रशिक्षणमा समाबेश गरिएको छ। अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका जिसी आक्रामक ब्याटिंग समेत गर्न सक्छन्। फास्ट बलिंगतर्फ अनुभवी करन केसी र सोमपाल कामिसंगै कमल सिंह ऐरी र किशोर महतो समावेश छन्।

बन्दप्रशिक्षणको लागि घोषित २० सदस्यीय टिम : कुशल भुर्तेल, आसिफ सेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दिपेन्द्र ऐरी, गुल्सन झा, करन केसी, सन्दिप लामिछाने, ललित राजवंशी, सन्दिप जोरा, भिम शार्की, प्रतिश जिसी, कमल सिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सुर्य तामांग, सोमपाल कामि, अर्जुन साउद

नेपाल, स्टकल्यान्ड र नामिविया सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ तारिखसम्म हुनेछ । सिरिजको खेल तालिका यसअघिनै सार्वजनिक भएको छ ।

नेपालले सिरिजको पहिलो खेल नामिबियासँग १४ तारिख, दोस्रो खेल स्टकल्यान्डसँग १७ तारिख, नामिबियासँग पुन १८ तारिख र स्टकल्यान्डसँग २१ तारिख खेल्नेछ ।

सिरिजमा हालसम्म २४ खेल खेलेको नेपाल १८ अङ्कसहित छैटौँ स्थानमा छ । ३२ खेलमा ४६ अङ्क बनाएको स्कटल्यान्ड शीर्षस्थानमा छ भने ३० खेलबाट ३७ अङ्क बनाएको नामिवबिया तेस्रो स्थानमा छ । लिगमा सहभागी सात टोलीले एक आपसमा कुल ३६ खेलपछि सिरिजको शीर्ष तीनमा रहने टोली सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy