राष्ट्रिय टिममा सन्दिपको पुनरागमन, दोश्रो चरणको बन्दप्रशिक्षण टिमको घोषणा

Sandeep Lamichhane

सन्दिप लामिछानेलाई समाबेश गर्दै नेपाल क्रिकेट संघ ( क्यान ) ले फेब्रुअरी १४ तारिख देखि घरेलु मैदानमा सुरु हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गतको स्कटल्याण्ड र नामिबियासंग हुने त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको बन्द प्रशिक्षणको लागि २० सदस्यीय टिमको घोषणा गरेको छ।

यस अघि घोषित २८ सदस्यीय टिममा नरहेका सन्दिपलाई बुधबार पोखरामा सम्पन्न क्यानको बैठकले निलम्बन फुकुवा गरेपछि समाबेश गरिएको हो।

सन्दिपले अन्तिम पटक नेपाली राष्ट्रिय टिमको लागि गत वर्ष अगस्टमा केन्य विरुद्ध खेलेका थिए। किशोरी बलात्कारको आरोप लागेपछि उनलाई गत भदौ २३ गते क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो ।

पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु मध्ये शरद भेसावकर, बिनोद भण्डारी, अंकित सुबेदी, भुवन कार्की, बिक्रम सोब, सिद्धान्त लोहनी, सागर ढकाल, अनिल शाह, बिबेक यादव र अविनाश बोहरालाई दोश्रो चरणमा टिममा राखिएको छैन।

युवा लेग स्पिनर मौसम ढकाल र देब्रे हाते स्पिनर सुर्य तामांगले बन्दप्रशिक्षणमा निरन्तरता पाएका छन्।

यस अघि बन्द प्रशिक्षणमा नरहेका देब्रे हाते फास्ट बलिंग अलराउण्डर प्रतिश जिसीलाई प्रशिक्षणमा समाबेश गरिएको छ। अन्डर-१९ राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिसकेका जिसी आक्रामक ब्याटिंग समेत गर्न सक्छन्। फास्ट बलिंगतर्फ अनुभवी करन केसी र सोमपाल कामिसंगै कमल सिंह ऐरी र किशोर महतो समावेश छन्।

बन्दप्रशिक्षणको लागि घोषित २० सदस्यीय टिम : कुशल भुर्तेल, आसिफ सेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहित पौडेल, आरिफ शेख, दिपेन्द्र ऐरी, गुल्सन झा, करन केसी, सन्दिप लामिछाने, ललित राजवंशी, सन्दिप जोरा, भिम शार्की, प्रतिश जिसी, कमल सिंह ऐरी, किशोर महतो, मौसम ढकाल, सुर्य तामांग, सोमपाल कामि, अर्जुन साउद

नेपाल, स्टकल्यान्ड र नामिविया सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ तारिखसम्म हुनेछ । सिरिजको खेल तालिका यसअघिनै सार्वजनिक भएको छ ।

नेपालले सिरिजको पहिलो खेल नामिबियासँग १४ तारिख, दोस्रो खेल स्टकल्यान्डसँग १७ तारिख, नामिबियासँग पुन १८ तारिख र स्टकल्यान्डसँग २१ तारिख खेल्नेछ ।

सिरिजमा हालसम्म २४ खेल खेलेको नेपाल १८ अङ्कसहित छैटौँ स्थानमा छ । ३२ खेलमा ४६ अङ्क बनाएको स्कटल्यान्ड शीर्षस्थानमा छ भने ३० खेलबाट ३७ अङ्क बनाएको नामिवबिया तेस्रो स्थानमा छ । लिगमा सहभागी सात टोलीले एक आपसमा कुल ३६ खेलपछि सिरिजको शीर्ष तीनमा रहने टोली सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]