BBL : सन्दिपको राम्रो प्रदर्शन, सिजनकै कसिलो बलिंग गर्दै लिए दुई विकेट

अस्ट्रेलियामा जारि बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरिरहेका नेपाली लेग स्पिनर तथा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेले लिगको नवौं कलमा एडीलेड स्ट्राइकर्स बिरुद्ध उत्कृस्ट बलिंग गरेका छन्।

खेलमा नेपाली लेग स्पिनरले ४ ओभरमा मात्र २२ रन खर्चेर २ विकेट लिएका हुन्। सन्दिपले एडीलेडका तेश्रो नम्बरका ब्याटर हेनरी हन्ट र म्याट रेन्सको विकेट लिएका हुन्। सिजनमा पहिलो पटक सन्दीपले ४ ओभर बलिंग गर्दा ६ रन भन्दा कम प्रतिओभर रन खर्चिए जुन क्रममा एउटा मात्र बाउन्ड्री दिए। ब्याटिंगबाट पनि एघारौं ओभरमा मौका पाएका सन्दिपले २ बलमा २ रन बनाए। उनलाई पिटर सिडलले बोल्ड गरे।

खेलमा होबार्ट भने ७ विकेटले पराजित हुन पुग्यो। होबार्टले दिएको १२७ रनको लक्ष्य एडीलेडले मात्र ३ विकेट गुमाएर भेटायो। एडीलेडको लागि ओपनर म्याथु सर्वाधिक ७० रन बनाए। सर्टले यस अघि टस हारेर ब्याटिंग गरेको होबार्टले १९.५ ओभरमा १२६ रन बनाएको थियो। उसको लागि ड्यारसी सर्टले ३२, टिम डेभिडले २८ तथा मिचेल ओवेनले १६ रन बनाए। अन्तिम विकेटको रुपमा आउट भएका सन्दिप लामिछानेले २ रन बनाए।

यस्तो रह्यो सन्दिपको बलिंग प्रदर्शन

सन्दिपको पहिलो ओभर : पाँचौ ओभरमा स्पेल सुरुवात गरेका सन्दिपले उत्कृस्ट सुरुवात गरे। ओपनिंग साझेदारी घातक बन्दै गर्दा उनले पहिलो २ बलमा हेनरी हन्टलाई डट बल गरे। तेश्रो बलमा पुल गर्ने क्रममा हन्ट डिप मिड-विकेटमा क्याच आउट हुन पुगे। सन्दिपले ३८ रनको साझेदारी तोड्दै होबार्टलाई खेलमा फर्काए। त्यसपछिको ३ बलमा सन्दिपले २ रन दिए। ओभरमा मात्र २ रन खर्चेर उनले १ विकेट लिए। ओभर समरी ( ० ० विकेट ० १ १ )

सन्दिपको दोश्रो ओभर : सातौँ ओभरमा दोश्रो ओभर गरेका सन्दिपले पुनः कसिलो बलिंग गर्दै ५ रन खर्चिए। तेश्रो बलमा सन्दिपले म्याट रेन्सलाई एलबिडब्लु अपिल गर्दा हास्यास्पद स्थिति भयो। लेग स्टम्प बाहिर पिच हुँदै प्याडमा लागेको बललाई सन्दिप र किपरले जोडदार अपिल गरे तर अपिल गर्ने क्रममा सन्दीप बल समात्न जान बिर्सिए, सोहि मौकामा ब्याटरले एक रन लिए। सन्दिपले लगातार ब्याटरलाई ठूलो सट खेल्न बाट रोके र रन गति घटाउन सघाए। ओभर समरी ( १ १ लेगबाई१ ० १ १ )

सन्दिपको तेश्रो ओभर : नवौं ओभरमा बलिंग गरेका सन्दिपले ओभरमा ८ रन खर्चिए। तेश्रो बल वाइड गरेका उनको अन्य बलमा म्याथु सर्ट र रेन्सले एक/दुई रन लिंदै जोखिम मोलेनन्। ओभर समरी ( १ १ वाइड १ १ २ १ )

सन्दिपको चौंथो ओभर : तेह्रौं ओभरमा स्पेलको अन्तिम ओभर गरेका सन्दिपले पहिलो बलमा १९ रन बनाएका म्याट रेन्सलाई क्याच आउट पारे। सन्दिपको गुगलीमा टप एज लागे पछि उनि लंग अनमा क्याच आउट भए। ओभरको अन्तिम बलमा म्याथु सर्टले चौका प्रहार गरे जुन सन्दिपको स्पेलको एक मात्र बाउन्ड्री रह्यो। ओभर समरी ( विकेट १ ० १ २ ४ )

लिगमा नवौं खेल खेल्दा सन्दिपले विकेट संख्या ८ पुर्याएका छन्। सन्दिपले ७.८३ रन प्रतिओभर खर्चंदा ३४.१२ को औशत र २६.१ को स्ट्राइक रेटमा बलिंग गरेका छन्। सन्दिपले मेलबर्न रेनेगेड्स बिरुद्ध एकै खेलमा ३ विकेट लिएका थिए भने सिड्नी सिक्सर्स, पर्थ स्करचर्स र ब्रिसबेन हिट्स बिरुद्ध एक/एक विकेट लिएका थिए।

जारि लिग खेलीरहेका एसियाली स्पिनरहरुमा एडीलेड स्ट्राइकर्सबाट खेलीरहेका अफगानिस्तान लेग स्पिनर राशिद खानले ९ खेलमा १३ विकेट , मेलबर्न स्टार्सबाट खेलीरहेका अफगानिस्तान लेग स्पिनर कैस एहमद ७ खेलमा ९ विकेट , मेलबर्न रेनेगेड्सबाट खेलीरहेका लेग स्पिनर जाहिर खानले ८ खेलमा ८ विकेट अर्का अफगानिस्तान अफ स्पिनर मुजिब उर् रहमानले ८ खेलमा ६ विकेट तथा अफगानिस्तान अफ स्पिनर मोहम्मद नाबीले ८ खेलमा १ विकेट लिएका छन्।





थप समाचार

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]

एसिसि प्रिमियर कप अन्तर्गत आज नेपाल र मलेसिया खेल्दै

आजबाट एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा नेपाल र मलेसियाबीच खेल हुदैछ […]

मुकेशको पाँच विकेटमा कंगारुको जित

काठमाडौं, वैशाख ५– मुकेश थारुले एक्लैले पाँच विकेट लिएपछि कंगारु क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग […]