सन्दिपको ऐतिहासिक कीर्तिमान, विश्वकै दोश्रो छिटो ५० विकेट पुरा

नेपाल र पपुवा न्यु गिनी बिचको २ एकदिवसीय अन्तराष्ट्रिय शृंखला अन्तर्गत कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारि अन्तिम तथा निर्णायक खेलमा नेपाली कप्तान सन्दिप लामिछानेले नयाँ कीर्तिमान रचेका छन् । सन्दिप ५० एकदिवसीय अन्तर्राष्ट्रिय विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन्।

खेलको १३ औं ओभरमा ३० बलमा ३५ रन बनाएका चार्ल्स अमिनीलाई एल्बी डब्ल्यु धरापमा पार्दै सन्दिपले नयाँ कीर्तिमान बनाएका हुन् । विकेटसँगै सन्दिप एकदिवसीय फर्म्याटमा दोश्रो छिटो ५० विकेट लिने खेलाडी बनेका छन् । २१ एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट लिएका उनले भारतीय खेलाडी अजित अगरकर तथा न्युजिल्यान्डका मिचेल म्याक्लानेघनलाई पछि पारेका हुन् । दुवैले २३ खेलमा ५० एकदिवसीय विकेट लिएका थिए ।

श्रीलंकाली स्पिनर अजन्था मेन्डिसले १९ खेलमा ५० एकदिवसीय विकेट लिँदै एकदिवसीय फर्म्याटमा छिटो ५० विकेट लिने कीर्तिमान रचेका थिए । यस्तै, अष्ट्रेलियाका डेनिस लिल्ले र पाकिस्तानका हसन अलिले २४ खेलमा ५० एकदिवसीय विकेट लिएका थिए ।

जारि खेलमा टस जितेर पहिले ब्याटिंग रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७८ रन बनाउँदै पपुवा न्यु गिनिलाई सिरिज जितका लागि २७९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । यसअघि शुक्रबार सम्पन्न पहिलो एकदिवसीयमा पपुवा न्यु गिनीले ६ विकेटको जित निकाल्दै सिरिजमा अग्रता लिएको थियो ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]