सन्दिप लामिछाने सहित सिपिएल टि-२० खेल्न यात्रा गर्ने १६२ जनाको रिपोर्ट नेगेटिभ

२०७७ श्रावण २४, शनिबार १०:१५

करेबियन प्रिमियर लिग टि-२० (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो पुगेका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

सिपिएलका लागि सेन्ट लुसियाबाट ट्रिनिडाड एण्ड टोबागो पुगेका सन्दिपको यात्रा गर्नु अघि पिसिआर गरिएको थियो । उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको सन्दिपका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । सिपिएल खेल्न गत साता वेस्टइन्डिज पुगेका सन्दिप हाल १४ दिनको क्वारेन्टिनमा बसेका छन्।

सन्दिप लगायत प्रतियोगिताका सबै खेलाडीलाई होटलमा क्वारेन्टिनका रुपमा राखिएको छ । प्रतियोगिता खेल्ने सबैको कोरोना परीक्षण अनिवार्य गराउनुपर्ने नियम भएकाले सन्दिपको पनि परीक्षण गरिएको हो । सिपिएल आगामी भदौ २ गतेदेखि शुरु हुनेछ । त्यसअघि पुनःसन्दिपको कोरोना परीक्षण गरिने शिवाकोटीले बताए । सिपिएल खेल्न सन्दिप कोरियन एयरको चार्टर्ड जहाजमार्फत गत साता दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै टोबागो पुगेका हुन् ।

नेपालबाट टोबागो जानुअघि पनि उहाँले पिसिआर परीक्षण गराएका थिए । त्यो बेला पनि नतिजा नेगेटिभ नै आएको थियो ।

१६२ जनाको कोरोना रिपोर्ट नेगेटिभ

सिपिएल टि-२० मा सहभागी हुनको लागि ट्रिनिडाड एण्ड टोबागोको यात्रा गर्ने १६२ जना खेलाडी, सहयोगी स्टाफ र म्याच अफिसियलहरुको कोरोना जांच गरिसकिएको छ। सबैको रिपोर्ट नेगेटिभ आएको बताईएको छ।


सिपिएलले जारि गरेको प्रेस बिज्ञप्तिका अनुसार सुरक्षाको कडा प्रोटोकलका कारण तिन खेलाडी र एक प्रशिक्षकलाइ यात्रा गर्न रोक लगाइएको छ। जमैकामा बसेका एक जना खेलाडीको कोरोना रिपोर्ट पोजेटिभ पाईएको जसपछि उनिसंग अभ्यास गरेका अन्य दुइ जनालाई पनि प्रतिबन्ध लगाइएको बताईएको छ। अस्ट्रेलियामा बसेका एक प्रशिक्षकको पनि रिपोर्ट पोजेटिभ आएपछि उनि पनि यात्रा गर्न सक्नेछैनन्।

१६२ जनालाई अब अधिकारिक होटलमा १४ दिनको सेल्फ आइसोलेसनमा राखिनेछ जहाँ उनीहरुको नियमित जांच हुनेछ।

बिज्ञप्तिका अनुसार यदी कुनै पनि सदस्यको कोरोना रिपोर्ट पोजेटिभ आएमा उनलाई होटलबाट हटायर ट्रिनिडाड एण्ड टोबागोको प्रोटोकल अनुसार सेल्फ आइसोलेसनमा राखिनेछ। अहिलेसम्म ट्रिनिडाड एण्ड टोबागो पुगेका कुनै पनि सदस्यको रिपोर्ट पोजेटिभ नआएको बताईएको छ।

“हाम्रो प्राथमिकता सिपिएलमा सामेल हुने सबै सदस्यहरुको स्वास्थ्य र उनीहरुको सुरक्षा हो” सिपिएलका परिचालन निर्देशक माइकल हलले बताएका छन्।

सन्दिप लामिछानेको कहिले छ खेल

नेपाली लेग स्पिनर सन्दीप सीपीएलमा यो पटक जमैका तल्लावाहजबाट खेल्नेछन्। उनलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। जमैकाको पहिलो खेल अगस्ट १९ ( बुधबार ) सेन्ट लुसिया जुक्ससंग हुनेछ।

सन्दिपको जमैकाको सिपिएलमा खेल तालिका :-

अगस्ट १९ : Vs सेन्ट लुसिया जुक्स , अगस्ट २० : Vs ट्रिनबागो नाइट राइडर्स

अगस्ट २२ : Vs गुएना अमेजन वारियर्स , अगस्ट २५ : Vs गुएना अमेजन वारियर्स

अगस्ट २६ : Vs बार्बेडोस ट्राइडेन्ट , अगस्ट २९ : Vs सेन्ट किट्स एण्ड नेभिस

सेप्टेम्बर १ : Vs ट्रिनबागो नाइट राइडर्स , सेप्टेम्बर ३ : Vs सेन्ट किट्स एण्ड नेभिस

सेप्टेम्बर ५ : Vs बार्बेडोस ट्राइडेन्ट , सेप्टेम्बर ६ : Vs सेन्ट लुसिया जुक्स

सहभागी सबै ६ वटा टिमले एक अर्का बिरुद्ध १-१ खेल खेलीसकेपछि अंकतालिकामा शिर्ष-४ हुने टिमले सेमीफाइनल खेल्नेछन्।

करेबियन प्रिमियर लिगमा बार्बेडोस ट्राइडेन्ट, गुएना एमेजन वारियर्स, जमैका तल्लावाज , सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स, सेन्ट लुसिया जुक्स र ट्रिनबागो नाइट राइडर्स गरि ६ वटा टिम सहभागी छन्। गत सिजनको उपाधि सन्दिपको टिम बार्बेडोस ट्राइडेन्टले गुएनालाई फाइनलमा पराजित गर्दै जितेको थियो।

धेरैले पढीरहेको :- 

https://wicketnepal.com/fabian-allen-le-cpl-t20-gumaune-wn20/

https://wicketnepal.com/t20-wc-host-india-confirmed-wn20/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy