- विकेटनेपाल – २९ कार्तिक, बिहिबार
सन् २०१९ को इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटका लागि दिल्ली डेयरडेभिल्सले नेपाली बलर सन्दिप लामिछानेलाई रिटेन गरेको छ। योसंगै सन्दिपले आफ्नो आइपिएलको दोस्रो बर्ष समेत दिल्लीमानै बिताउने भएका छन्।
दिल्लीमानै रिटेन भएपछि सन्दिपले कति पैसा पाउने भन्ने खुलाइएको छैन। टिम व्यवस्थापन र खेलाडीको आपसी सहमतिमा पैसा निर्धारण गर्ने गरिन्छ।
यसअघि सन् २०१८ को इन्डियन प्रिमियर लिग अक्सनमा दिल्लीले सन्दिपलाई रु २० लाख भारतीय रुपैयाँ चुकाएर टोलीमा सामेल गरेको थियो। सन्दिपको न्यूनतम मुल्य समेत रु २० लाख रुपैयाँनै रहेको थियो।
दिल्लीको टोलीमा छनौट भएर आइपिएल क्रिकेट खेल्ने पहिलो नेपाली बनेपनि सन्दिपले टोलीबाट सुरुवाती ११ खेलमा मौका पाएका थिएनन्। अन्तिम ३ खेलमा आफ्नो स्पिनको जादु छर्दै सन्दिपले ५ विकेट चट्काएका थिए।
सन्दिपले आफुले खेलेका ३ खेलेका कायरन पोलार्ड, सुरेश रैना, सूर्यकुमार यादव, क्रुनाल पान्ड्या र पार्थिव पटेलको विकेट लिएका थिए।

दिल्लीले यसअघि सहबाज नदीम, विजय शंकर र अभिषेक शर्मा दिएर सनराइजर्स हैदरवादबाट शिखर धवनलाई लिएको थियो। यस्तै टोलिले ग्लेन म्याक्स्वेल, गौतम गम्भीर, मोहम्मद शामी र डेन क्रिसटियनलाई रिलिज गरेको छ।

रोयल च्यालेनजर्स बैंगलोर :- रिलिज : क्विन्टन डी कक्, मन्दिप सिंह, ब्रेन्डन म्याक्लम, मनन बोहोरा, क्रिस वोक्स, कोरी एण्डरसन् , सर्फराफ खान , मुम्बई इण्डियन्स :- रिलिज : मुस्ताफिजुर रहमान, प्याट्रिक कमिन्स, अकिला धनन्जय, जेपी ड्युमिनी, सौरभ तिवारी, तजिंदर सिंह, मोहसिन खान, प्रदिप सांग्वान, शरद लुम्बा , दिल्ली डेयरडेभिल्स :- रिलिज : गौतम गम्भीर, जेसन रोए, गुर्किरत मन सिंह, ग्लेन म्याक्सवेल, मोहम्मद शामी, डेन क्रिसटियन, विजय शंकर, अभिषेक शर्मा, शयन घोष, सहबाज नदीम, लियम प्लन्केट, जुनियर डाला, नमन ओझा
सनराइजर्स हैदरवाद :- रिलिज : शिखर धावन, सचिन बेबी, रिद्दिमान साह, क्रिस जोर्डन, कार्लोस ब्रेथवेट, एलेक्स हेल्स
चेन्नई सुपर किंग्स :- रिलिज : मार्क वुड, क्षितिज शर्मा, कनिष्क सेठ , कोलकत्ता नाइट राइड्र्स :- रिलिज : मिचल स्टार्क, मिचल जोन्सन, टम करन, क्यामरुन डेलपोर्ट, बिनय कुमार , किंग्स एलेभेन पन्जाब :- रिलिज : युवराज सिंह, अक्षर पटेल, मार्क्स स्टोइनिस, एरोन फिंच
राजस्थान रोयल्स :- रिलिज : जयदेव उनदकड, अनुरीत सिंह
सबै टोलीबाट रिलिज भएका खेलाडीहरु डिसेम्बर महिनामा आयोजना हुने अक्सनमा सामेल हुनेछन्। इन्डियन प्रिमियर लिगको २०१९ को संस्करण भने युएई वा दक्षिण अफ्रिकामा हुने भनिएपनि तय भएको छैन।
नेपाली गुगली ब्वाई सन्दिप लामिछाने यस अघि इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिगमा खेलीसकेका छन् भने यसै महिना नोभेम्बर २१ देखि युएईमा आयोजना हुने टि-१० लिग र डिसेम्बर १९ देखि आयोजना हुने चर्चित अस्ट्रेलियन लिग बिग ब्यास लिग तथा ५ जनवरी देखि आयोजना हुने बंगलादेश प्रिमीयर लिग खेल्न समेत छनौट भइसकेका छन्।
इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा बिक्रि भएका थिए भने क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए। यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि-२० लिगमा ३० हजार डलर मूल्य पाएका थिए। बिग ब्यास लिगमा सन्दिपले ६०-७० हजार डलर पाउनेछन्।
आईपीएलको पछिल्लो संस्करणमा दिल्लीबाट खेलेका सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। अफगानिस्तान प्रिमियर लिगमा नगरहर लिओपार्डको लागि खेलेको १ मात्र खेलमा सन्दिपले २ विकेट लिएका थिए।
युएई टि-१० लिगमा सन्दिप केरला किंग्सको लागि, बिग ब्यास लिगमा मेलबर्न मेलबर्न स्टारको लागि तथा बंगलादेश प्रिमियर लिगमा स्यलहेट सिक्सर्सको लागि खेल्नेछन्।