इंग्ल्यान्ड द हन्ड्रेड लिग : सन्दिप ओभलबाटै खेल्ने पक्का

नेपाली स्टार लेग स्पिनर सन्दिप लामिछानेलाई इंग्ल्यान्डको ‘द हन्ड्रेड’ लिग टिम ओभल इन्भिन्सीबल्सले रिटेन गरेको छ।

गत वर्ष जुलाईमा आयोजना हुने भनिएको पहिलो संस्करणको ‘द हन्ड्रेड लिग’ कोरोना भाइरसको कारण स्थगित गरिएको थियो। लिग अब २०२१ अगस्टमा सुरु हुनेछ।

इंग्ल्यान्ड क्रिकेट बोर्डले बुधबार रिटेन्सन गरिएका खेलाडीहरुको सूची सार्वजनिक गरेको छ। सन्दिप संगै आरोन फिंच, ग्लेन म्याक्सवेल, केन विलियमसन, आन्द्रे रसेल, मार्क वुड जस्ता खेलाडीहरुलाई बिभिन्न टिमले रिटेन गर्ने निर्णय गरेको छ। स्टिभ स्मिथ, मिचेल स्टार्क जस्ता खेलाडीहरुलाई वेल्स टिमले रिलिज गरेको छ।

नेपाली स्पिनरलाई ड्राफ्टमार्फत ओभल इन्भिन्सीबल्सले गत वर्ष कार्तिकमा टिममा अनुबन्ध गरेको थियो। उनलाई एक लाख पाउण्ड ( करिब नेपाली रु. १ करोड ५८ लाख ) मा अनुबन्ध गरिएको थियो। यो सिजन टिमले खेलाडीलाई पुनः टिममा अनुबन्ध गर्दा रकम घटबढ हुन सक्नेछ। खेलाडी र टिम बीच सम्झौताको आधारमा मूल्य तय भैसकेको छ जुन सार्वजनिक गरिएको छैन। सन्दिपको एजेन्ट साया कर्पोरेसनले आज दिउसो ट्वीटमार्फत सन्दिपबारे ठूलो घोषणा हुने बताएको थियो। 

सन्दिपलाई गत वर्ष ड्राफ्टमा ओभलले १ लाख पाउण्डमा भित्र्याएको थियो

लिगको लागि टिम पुरा गर्नको लागि यही फेब्रुअरी २३ तारिखमा रिक्त रहेको ३५ खेलाडीको लागि ड्राफ्ट आयोजना हुनेछ।

ओभल टिममा सन्दिप लामिछाने सहित रोरी बर्न्स, स्याम करन, टम करन, रिस टपले, एलेक्स ब्लेक, सुनिल नारायण, जेसन रोय, नाथन सोटर, स्याम बिलिंग्स, लौरी इभान्स, विल ज्याक्स रहेका छन्। अन्य खेलाडीहरु अब ड्राफ्ट पछि थपिनेछन्।

लिगमा एउटा टिमले अन्तिम-११ मा ३ जना विदेशी खेलाडी राख्न पाउने नियम रहेको छ।

द हन्ड्रेड प्रतियोगितामा ओभल इन्भिन्सिबल सहित बर्मिङ्घम फोनिक्स, लन्डन स्पिरिट, म्यानचेस्टर ओर्जिनल्स, नर्थन सुपर्चार्जर्स, साउथर्न ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्श फायर गरि ८ टिमको सहभागिता रहनेछ । विश्व क्रिकेटका समर्थकलाई आकर्षक गर्ने उदेश्यले इंग्ल्याण्ड क्रिकेट बोर्डले १०० बलको क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ को सुरुवात गर्न लागेको हो ।

विश्वभर क्रिकेट लिग खेलीरहेका सन्दिप लामिछानेले द हन्ड्रेडमा पाएको एक लाख पाउण्ड सर्वाधिक रकम हो। आईपीएल टिम दिल्ली क्यापीटल्सले रिलिज गरेपछि यसै महिना हुने अक्सनमा सन्दिप लामिछानेले पहिले भन्दा महँगो रकम पाउने अनुमान गरिएको छ।

बिग ब्यास लिग खेलेर नेपाल फर्केका सन्दिप लामिछाने हाल आराम गरिरहेका छन्। अब केहि दिन भित्रै नेपाली राष्ट्रिय टिमले गर्ने ओमान त्रिकोणात्मक सिरिजको तयारीको लागि उनि बन्दप्रशिक्षणमा सहभागी हुनेछन्।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]