सन्दिप मंगलबार नेपाल फर्किने

  • विकेटनेपाल – २७ फाल्गुन, सोमबार 

पाकिस्तान सुपर लिग ( पीएसएल ) खेल्न पाकिस्तान पुगेका सन्दिप लामिछाने मंगलवार नेपाल फर्कने भएका छन्। स्टार नेपाली लेग स्पिनर सम्मिलित टोली लाहोर कलन्दर्स प्रतियोगितको दोस्रो चरण पुग्न असफल भएसंगै सन्दिप नेपाल फर्किने भएका हुन्।

सन्दिप लामिछानेका नेपाल व्यवस्थापक रमन शिवाकोटीका अनुसार सन्दिप मंगलवार दिउँसो ३:३५ बजे कतार एयरवेजको बिमानबाट नेपाल फर्कने छन्। प्रतियोगिताको युएई लेग सकेर अन्तिम दुई खेलका लागि लाहोरको टोलीसंगै सन्दिप समेत पाकिस्तान पुगेका थिए। सन्दिपका नेपाल व्यवस्थापक शिवाकोटी समेत पाकिस्तानमा सन्दिपसंगै रहेका छन्।

लाहोर कलन्दर्सको प्रतिनिधित्व गरेका सन्दिपले प्रतियोगितामा ७ खेल खेल्दै ११ विकेट आफ्नो नाम गरे। बिग ब्यास लिगको फाइनलका कारण पीएसएलको सुरुवाती खेल गुमाएका सन्दिपले पछिल्ला ७ खेलमा भने २४.४ ओभर बलिङ्ग गर्दै ७.६६ को उत्कृस्ट इकोनोमीमा ११ विकेट चट्काउन सफल भए। प्रतियोगिताको यस सिजन सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा सन्दिप पाँचौ स्थानमा रहेका छन्।

यसैबीच पाकिस्तान सुपर लिग सकेर नेपाल फर्कन लागेका सन्दिप लगत्तै इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा सहभागी हुन भारत जाने तालिका रहेको छ। सन्दिप कहिले भारत जाने भनेर अन्तिम मिति सार्वजनिक नगरीएपनि प्रतियोगिता सुरुहुन छोटो समय बाँकी रहेकाले सन्दिप केहि दिनमै भारत प्रस्थान गर्ने अपेक्षा गरिएकॊ छ।

आईपीएल क्रिकेटमा सन्दिपले आफ्नो टोली दिल्ली क्यापिटल्सको प्रतिनिधित्व गर्ने छन्। पछिल्लो सिजन प्रतियोगिताको अन्तिम ३ खेल मात्र खेल्ने मौका पाएका सन्दिपले कुल ५ विकेट आफ्नो नाम गरेका थिए। यस सिजनभने पछिल्लो समय टि-२० लिगमा गरेको प्रदर्शनका आधारमा सन्दिपले सुरुवातबाट नै मौका पाउने आंकलन गरिएको छ।





थप समाचार

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ पुनः स्थगित

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँमा चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । आज […]

एसियन गेम्स खेल्न आज चीन जाने नेपाली क्रिकेट टोलीको क्यानद्वारा विदाई

एसियन गेम्सका लागि चीन जान लागेको नेपाली क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीहरूले एक कार्यक्रमका […]

श्रीलंकाले लज्जास्पद प्रदर्शन गर्दा भारतलाई आठौँ पटक एसिया कप उपाधि

एकतर्फी खेलमा आयोजक श्रीलंकालाई १० विकेटले पराजित गर्दै एसिया कप २०२३ को उपाधि भारतले जितेको छ। भारतले आठौँ पटक एसिया […]

ग्लोबल कप खेल्न नेपाली भेट्रान्स टिम पाकिस्तान प्रस्थान

पाकिस्तानमा यही सेप्टेम्बर १९ देखि अक्टोबर २ तारिखसम्म आयोजना हुने ४० वर्ष माथिको क्रिकेट ग्लोबल कप ( Over 40s Cricket […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने

धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने […]

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

एसीसी यू-१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक […]