‘द हन्ड्रेड’ मा सन्दिप ठुलो मूल्यमा आबद्द, गेल र मालिंगा परेनन्

नेपालका युवा लेग स्पिनर सन्दिप लामिछाने इंग्ल्याण्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको लागि छानिएका हुन् । प्रतियोगिता इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डको आयोजनामा हुन लागेको हो ।

आइतबार सम्पन्न ड्राफ्ट मार्फत सन्दिपलाई ओभल इन्भिन्सिबल टिमले उनलाई खरिद गरेको हो । उनको मूल्य एक लाख पाउण्ड रहेको थियो । जसको नेपाली मूल्य करिब एक करोड ४७ लाख बराबर हुनेछ । उनलाई टिमले दोश्रो राउण्डको दोश्रो चरणमा छनोट गरेको थियो ।

हरेक टिमले बढीमा ३ जना मात्र बिदेशी खेलाडी राख्न पाउने नियम रहेको छ । उनको टिममा बिदेशी खेलाडीको रुपमा वेस्ट इन्डिजका सुनिल नारिन र वेस्ट इन्डिजकै फेबियन एलेन रहेका छन् । नारिन पहिलो राउण्डको पहिलो चरणमा नै अनुबन्धित भएका थिए भने एलेन पाचौं राउण्डको पहिलो चरणमा छनोट भएका थिए ।

प्रतियोगितामा सन्दिप आबद्द ओभल इन्भिन्सिबल सहित बर्मिङ्घम फोनिक्स, लन्डन स्पिरिट, म्यानचेस्टर ओर्जिनल्स, नर्थन सुपर्चार्जर्स, साउथर्न ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्श फायर गरि ८ टिमको सहभागिता रहनेछ । विश्व क्रिकेटका समर्थकलाई आकर्षक गर्ने उदेश्यले इंग्ल्याण्ड क्रिकेट बोर्डले १०० बलको क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ को सुरुवात गर्न लागेको हो ।

टि-२० क्रिकेटको सबैभन्दा अनुभवी जोडीको रुपमा परिचित क्रिस गेल र लासिथ मालिंगा भने कुनैपनि टिममा अटाएनन । दुवैजनाले आधार मूल्य १ लाख २५ हजार  पाउण्ड राखेका थिए । यसको मतलब दुवै खेलाडी पहिलो राउण्डमा नै छनोट गर्नुपर्ने थियो । त्यस्तै वेस्ट इन्डिजका कायरन पोलार्ड र ड्वायन ब्राबोसमेत छनोट भएनन् ।





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]