साग अघि नेपाललाई झट्का, सन्दिप लामिछाने नखेल्ने

Sandeep Lamichhane

यही डिसेम्बर १ देखि सुरु हुने १३ औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने नेपाली पुरुष क्रिकेट टिमको अभियानमा झट्का लागेको छ।

साग अन्तर्गत पुरुष टि-२० क्रिकेटको खेलहरु डिसेम्बर ३ अर्थात् मङ्सिर १७ गते देखि सुरु हुँदैछ। नेपाल सहित प्रतियोगितामा श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स सहभागी रहेका छन्।

नेपाली टिमका स्टार लेग स्पिनर सन्दिप लामिछाने साग नखेल्ने भएका हुन्।

सन्दिप लामिछानेका व्यवस्थापक तथा नेपाली राष्ट्रिय टिमका भिडियो एनालिस्ट रमन शिवाकोटीका अनुसार सन्दिपले दुवै आँखामा शल्यक्रिया गराएका कारण उनि साग खेल्न नसक्ने भएका हुन्। सन्दिपको मंगलबार विहान तिलगंगा आँखा अस्पतालमा शल्यक्रिया सम्पन्न भएको हो।

शल्यक्रिया पछि २ हफ्ता आराम गर्नु पर्ने चिकित्सकले बताएका कारण सन्दिप साग खेल्न नसक्ने भएका हुन्। व्यवस्थापक शिवाकोटीका अनुसार टाढा हेर्दा धमिलो देख्ने समस्या आएपछि भविष्यलाई समेत समस्या नआओस् भनेर शल्यक्रिया गरेका हुन्। नेपाली टिमका व्यवस्थापक सुमन राज कार्कीले विकेटनेपाललाई सन्दिपले २ हफ्ता देखि करिब ३ हफ्ता आराम गर्नु पर्ने बताएका छन्।

“तुरुन्तै गर्ने पर्ने अवस्था भएर शल्यक्रिया गर्नु परेको हो। अब उनले १५ देखि २० दिनसम्म आराम गर्नु पर्ने अवस्था रहेको छ।” कार्कीले बताए।

नेपाली टिमका मुख्य हतियार तथा म्याच विनर सन्दिप लामिछानेको अनुपस्थितिमा नेपाली टिम अब केहि कमजोर बनेको छ। सन्दिपले नेपाली टिमबाट लगातार राम्रो प्रदर्शन गर्दै आएका छन्।

भर्खरै बंगलादेशमा सम्पन्न एसीसी इमर्जिंग टिम्स कप नखेलेका सन्दिपले राष्ट्रिय टिमको लागि लगातार दोश्रो प्रतियोगिता गुमाउने भएका छन्। उनि भर्खरै युएईमा सम्पन्न टि-१० लिग खेलेर नेपाल फर्केका हुन्। सन्दिप संगै पारस खड्का पनि सोहि प्रतियोगिता खेलेर नेपाल फर्की सकेका छन्।

सन्दिपको सट्टा रोहित पौडेल 

सन्दिप लामिछाने २ हफ्ता आराम गर्नु पर्ने भएपछि उनको स्थानमा नेपालले अर्का राष्ट्रिय क्रिकेटर रोहित पौडेललाई टिममा स्थान दिएको छ विकेटनेपाललाई जानकारी प्राप्त भएको छ। तथापी रोहित खेल्ने बारे अधिकारिक रुपमा भने टिम व्यवस्थापनले घोषणा गरेको छैन।

सन्दिपको सट्टा रोहित पौडेलले मौका पाएका छन्

सागको लागि घोषित नेपाली टिममा युवा खेलाडीहरुको बाहुल्यता रहेको छ जसमा शरद भेसावकर, बसन्त रेग्मी जस्ता सिनियर खेलाडीहरुलाई समावेस गरिएको छैन। ज्ञानेन्द्र मल्लको कप्तानीमा खेल्ने टिममा पारस खड्का, दिपेन्द्र ऐरी, करन केसी, सोमपाल कामि, बिनोद भण्डारी, अविनाश बोहरा, आरिफ शेख जस्ता अनुभवी खेलाडीहरु रहेका छन्। यस्तै टिममा पहिलो पटक तिब्र गति बलर राशिद खानले मौका पाउदा कुशल भुर्तेल, सन्दिप जोरा, सुशन भारि, पवन सर्राफ, ललित राजबंशी जस्ता युवा खेलाडीहरु रहेका छन्।

सन्दिपको अनुपस्थितिमा अब नेपाली टिमको स्पिन जिम्मेवारी ललित राजबंशी, सुशन भारि र पवन सर्राफमा आएको छ।

दक्षिण एसियाली खेलकुदमा नेपालको खेलतालिका 

प्रतियोगितामा सहभागी सबै देशले एकअर्का बिरुद्ध खेल्ने भएका छन्। सबैले एकअर्का बिरुद्ध खेलीसकेपछि अंकतालिकामा पहिलो र दोश्रो हुने टिमले स्वर्णपदकको लागि खेल्नेछन्। यस्तै अंकतालिकामा तेश्रो र चौथो स्थानमा रहने टिमले कास्य पदकको लागि खेल्नेछन्।

नेपालले आफ्नो पहिलो खेल श्रीलंका अन्डर-२३ संग डिसेम्बर ३ ( मङ्सिर १७ ) , दोश्रो खेल भुटानसंग डिसेम्बर ५ ( मङ्सिर १९ ) मा खेल्नेछ, तेश्रो खेल माल्दिभ्ससंग डिसेम्बर ६ ( मङ्सिर २० ) मा तथा चौथो खेल बंगलादेश यु-२३ संग डिसेम्बर ७ ( मङ्सिर २१ ) मा खेल्ने तालिका रहेको छ। श्रीलंकासंगको खेल ११ बजे, भुटानसंग ९ बजे, माल्दिभ्ससंग १ बजे तथा बंगलादेशसंग ११ बजे सुरु हुनेछ। कास्य पदकको लागि र स्वर्ण पदकको लागि खेल ११ बजे सुरु हुनेछ।

डिसेम्बर ९ ( मङ्सिर २३ ) मा कास्य पदकको लागि अंकतालिकामा तेश्रो र चौथो हुने टिमबीच खेल हुनेछ भने स्वर्ण पदकको लागि फाइनल खेल डिसेम्बर १० ( मङ्सिर २४ ) मा खेलिनेछ।

सागको लागि नेपाली पुरुष टिम :- ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र ऐरि , पारस खड्का, करन केसी, सोमपाल कामि, रोहित पौडेल, बिनोद भण्डारी, अविनाश बोहरा, सुशन भारि, कुशल भुर्तेल, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित राजबंशी, रासिद खान

महिला क्रिकेटको खेलतालिका

महिला क्रिकेटतर्फ भारत, पाकिस्तान र भुटानले समेत सहभागिता नजनाउने हुँदा नेपाल सहित बंगलादेश, माल्दिभ्स र श्रीलंका गरि ४ टिम सहभागी हुनेछन्। महिलातर्फ सबै टिमले आफ्नो सिनियर टिम सहभागी गराउने छन्। सबै खेलहरु पोखरा रंगाशालामा खेलिनेछ।

नेपाली महिला टिमले पहिलो खेल माल्दिभ्ससंग डिसेम्बर २ ( मङ्सिर १६ ) मा खेल्नेछ , दोश्रो खेल बंगलादेशसंग डिसेम्बर ४ ( मङ्सिर १८ ) मा , तेश्रो खेल श्रीलंकासंग डिसेम्बर ६ ( मङ्सिर १९ ) मा खेल्नेछ। माल्दिभ्ससंगको खेल ११ बजे, बंगलादेससंग ९ बजे तथा श्रीलंकासंगको खेल ११ बजे सुरु हुनेछ। कास्य पदक र स्वर्ण पदकको लागि खेल ११ बजे सुरु हुनेछ।

सबै टिमले एकअर्कासंग खेलीसकेपछि अंकतालिकामा पहिलो र दोश्रो हुने टिम स्वर्ण पदकको लागि डिसेम्बर ८ ( मङ्सिर २२ ) मा खेल्नेछ। यस्तै तेश्रो र चौथो हुने टिम बीच कास्य पदकको लागि डिसेम्बर ७ ( मङ्सिर २१ ) मा खेल हुनेछ।

सागको लागि नेपाली महिला टिम :- रुबिना क्षेत्री ( कप्तान ) , सिता राना मगर ( उपकप्तान ) , इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी,सोनु खड्का, ममता चौधरी, सरिता मगर, अप्सरी बेगम, सरस्वति चौधरी, अन्जली चन्द, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुँवर





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]