स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछानेले कोभीड-१९ महामारी बिरुद्ध सहयोग अभियान सुरु गरेका छन्।
सामाजिक संजाल मार्फत अभियानको घोषणा गर्दै सन्दिपले व्यक्तिगत ३ लाख रुपैयाँ जम्मा गर्दै कोष खडा गर्दै रकम संकलन गर्न समेत सुरुवात गरेका छन्। उनले आजै कोभिड-१९ बिरुद्ध भ्याक्सिन समेत लगाएका थिए जस पछि उनले सबैलाई भ्याक्सिन लगाउन र कठिन समयको मिलेर सामना गर्न सबैलाई आग्रह समेत गरेका थिए।
सहयोग अभियानको घोषणा गर्दै सन्दिपले आफ्नो सामाजिक संजालमा लेखेका छन् –
“विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को सङ्क्रमण र यसबाट मृत्यु हुनेको सङ्ख्या नेपालमा तीव्र गतिमा बढेसँगै सारा जनता र सिङ्गो देशले भयावह स्थितिको सामना गर्नुपर्ने निकै कठिन एवम् चुनौतीपूर्ण समय आएको छ । सीमित अस्पताल एवम् भएका अस्पतालमा पनि बेड, आइसियु ,भेन्टिलेटर, अक्सिजन सिलिन्डरको अभावका कारण दिनहुँ सयौँ निर्दोष नेपालीले ज्यान गुमाउनु परेको छ । जताततै त्रास नै त्रास छाएको छ ।”
Covid-19 cases are on sharp rise in Nepal. The infection and casualties rate has increased lately. It’s a dire situation to be in. The infection rate is in thousands and casualties in triple digits.The times are difficult and challenging for the entire country. pic.twitter.com/L7MtK5TNHJ
— Sandeep Lamichhane (@Sandeep25) May 17, 2021
“करिब ३ करोड जनसङ्ख्या रहेको हाम्रो देश नेपालमा दिनहुँ हजार भन्दा बढी सङ्क्रमित, एवम् सयभन्दा बढीको मृत्यु हुनु निकै दुखद् कुरा हो । अनियन्त्रितजस्तै हुँदै गएको यस विषम परिस्थितिमा तपाईं हामी सबैले दृढ आत्मबलका साथ फेरि एकचोटि नेपाल र नेपाली जनताका निम्ति, हामी सबैका निम्ति , एकजुट भई आपसी सद्भाव र सहकार्यले यस कठिन समयको सामना गर्नु पर्ने बेला आएको छ । हाम्रो एकता, दृढ आत्मबल, सकारात्मक सोच, आपसी सद्भाव र सहकार्यले कोरोना विरुद्धको यो लडाइँ पक्कै पनि जित्न सक्छौँ ।”
“तसर्थ यसका निम्ति एकजुट भई आ-आफ्नो तर्फबाट सहयोग गरिदिनुहुन देश विदेशमा रहनुभएका मेरा सम्पूर्ण शुभ चिन्तकहरूमा हार्दिक अनुरोध गर्दछु । सहयोगका निम्ति आजै मात्र एउटा नयाँ बैंक खाता खोलेको छु र यसमा जम्मा हुने सम्पूर्ण रकम कोभिड सङ्क्रमण रोकथाम ,नियन्त्रण एवम् सङ्क्रमितको उपचारका निम्ति उपलब्ध गराउने विश्वास दिलाउन चाहन्छु । सङ्कलन गरिएको रकमको सम्पूर्ण अपडेट ‘टिम सन्दीप’ ले गर्ने छन् । सहयोगबाट प्राप्त रकम स्थानीय निकाय/ प्रशासन कार्यालयको रोहवरमा अति प्रभावित क्षेत्र / स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताको आधारमा वितरण गरिने जानकारी गराउन चाहन्छौँ ।”
अभियानमा सहयोग गर्नको लागि सन्दिपले आफ्नो नाममा रहेको सेन्चुरी बैंकको खाता नम्बर दिएका छन् जुन निम्न रहेको छ –
Bank Name: Century Commercial Bank Limited
Account Name: Sandeep Lamichhane
Account Number: 0170000353CA
Branch: Koteshwor, Kathmandu
Swift Code: CCBNNPKA
सम्बन्धित
https://wicketnepal.com/tu-ground-staff-sahayog-hatantaran-wn20/
https://wicketnepal.com/sandeep-feri-ipl-khelna-chahanchu-wn21/
https://wicketnepal.com/aus-team-wi-tour-ghosit-wn21/
https://wicketnepal.com/t20-world-cup-team-sankhya-icc-wn2/