कप्तान सन्दीप गृहजिल्लामा सम्मानित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने गृहजिल्लामा सम्मानित भएका छन् ।

चितवन जिल्ला क्रिकेट संघले आज (शुक्रबार) एक कार्यक्रमकाबीच कप्तान लामिछानेलाई सम्मान गरेको हो । संघका कार्यवाहक अध्यक्ष सुदिप पिया, सचिव उमेश पियालगायतले कप्तान लामिछानेलाई खादा र चितवनको चिनारी गैंडा उपहार दिँदै सम्मान गरेको हो । चितवनले पहिलोपटक राष्ट्रिय क्रिकेटको कप्तानी गर्ने अवसर पाएको खुशीयालीमा कप्तान लामिछानेलाई सम्मान गरिएको कार्यवाहक अध्यक्ष पियाले बताए ।

उनले सन्दीपको सफलताले चितवनका खेलाडीहरुमा उर्जा थपेको भन्दै आगामि दिनमा अझै धेरै राष्ट्रिय टिममा चितवनका खेलाडीहरुले प्रतिनिधित्व गर्नेमा विश्वास व्यक्त गरे । उनले सन्दीपको मेहनतले नै सफलता हात पारेको भन्दै अन्य खेलाडीहरुलाई अझै मेहनत गर्न आग्रह गरेका थिए ।

सम्मानित भएपछि बोल्दै कप्तान लामिछानेले गृहजिल्लामा सम्मानित हुन पाउँदा खुशी व्यक्त गर्दै आफ्नो प्रदर्शनमा थप हौसला थपेको बताए । उनले आफू चितवन र देश चिनाउन पाउँदा गौरान्वितत भएको भन्दै आफू जहाँ गएपनि जिल्ला र देशको माया रहीरहने बताए । कार्यक्रममा उपस्थितहरुले सन्दीपलाई खादा लगाएर सम्मान गरेका थिए ।

सन्दीप चितवनको क्याम्पाचौर हुँदै राष्ट्रिय टिमको ढोका ढकढकाएका थिए । उनी सर्वाधिक चर्चित इण्डियन प्रिमियर लिग खेल्ने पहिलो र एक मात्र खेलाडी हुन् । रत्ननगर निवासी सन्दीप नवलपुरमा दिदीको घरमा बसेर क्याम्पाचौरमा प्रशिक्षण गर्दै आइरहेका थिए ।

( साभार – नारायणीअनलाईन )





थप समाचार

रोहितले विश्वकपको डेब्यु खेलमा बनाउँदै छन् यस्तो कीर्तिमान

काठमाडौं । दश बर्ष पछि विश्वकपमा स्थान बनाएको नेपालका कप्तान रोहितकुमार पौडेलले नेदरल्यान्ड्ससँगको पहिलो खेलमा नयाँ कीर्तिमान बनाउँदै छन् । […]

आइपीएल : इलिमिनेटरमा राजस्थान र बेंगलुरु खेल्दै

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को इलिमिनेटर खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच आज खेल […]

नेपालसॅंग खेल्नु अघि बंगलादेश अमेरिकासॅंग पराजित

काठमाडौ । आगामी महिना हुने टी-२० विश्वकपमा नेपालसॅंग खेल्नु अघि बंगलादेश अमेरिकासॅंग पराजित भएको छ । बंगलादेशविरुद्धको तीन खेलको टि-२० […]

हैदराबादलाई हराउँदै कोलकाता फाइनलमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायर खेलमा सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाता नाइट राईडर्सले फाइनलमा […]

कोलकातासामु हैदराबादको चलेन ब्याटिङ, १५९ रनमा नै अल आउट

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायर खेलमा कोलकाता नाइट राईडर्सको बलरसामू चल्न नसक्दा सनराइजर्स […]

सन्दीप अमेरिका जाने विषयमा यस्तो भन्छन् क्यान अध्यक्ष

काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछाने केही दिनमा टी२० विश्वकपमा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएका छन् । […]