सन्दिपलाई सानिमाको प्रायोजन दोब्बर

२०७४ फाल्गुन ११, शुक्रबार १०:०३

Sandeep Lamichhane
  • विकेटनेपाल, फाल्गुन ११

इन्डियन प्रिमियर लिग आईपीएल खेल्न छनौट भएका रास्ट्रिय क्रिकेटर सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई बर्ष प्रायोजन गरेको छ।

गत बर्ष मासिक २० हजार रुपैयाँ प्रदान गर्ने गरि सन्दिपसंग सम्झौता गरेको सानिमाले प्रयोजन रकम दोब्बर गर्दै अब मासिक ४० हजार रुपैयाँ प्रदान गर्नेछ। बुधबार सम्झौता पत्रमा बैंक सीइओ भुवन दाहाल र सन्दिपले हस्ताक्षर गरेका थिए।

https://www.youtube.com/watch?v=135F70rl3Zg&t=9s

गत महिना सम्पन्न आईपीएल अक्सनमा दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा खरिद गरेपछि सन्दिप नामिबियामा भर्खरै सम्पन्न डिभिजन-२ प्रतियोगितामा प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिएका थिए। प्रतियोगितामा उत्कृस्ट बलिंग गर्दै कुल १७ विकेट लिंदै सर्बाधिक विकेट लिने खेलाडी समेत बनेका थिए।

Madan Krishna Shrestha, Haribansha Acharya , Sandeep Lamichhane

सन्दिपलाई क्रिकेट खेलाडी संघ ( सीप्यान ) ले सानिमा बैंकसंग जोडेको थियो। सम्झौता कार्यक्रममा उनले सीप्यानलाई धन्यबाद दिंदै आफ्नो लक्ष नेपाललाई बिश्वकप खेलाउने र टेस्ट मान्यता दिलाउने भएका बताएका थिए।

https://www.youtube.com/watch?v=iTCgCjXb1EU&t=19s

कार्यक्रममा सानिमा ब्यांकका ब्रान्ड एम्ब्यासडर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य समेत उपस्थित थिए। हरिवंशले सन्दिप र पारस खड्का जस्ता खेलाडीले भारतीय खेलाडी सचिन तेन्दुलकरको नाम लिनु पर्ने अवस्थाको अन्त्य गरेको बताउदै खेलाडीले पनि बाँच्न सक्ने अवस्था आउनुपर्नेमा जोड दिएका थिए।

Sandeep Lamichhane
Sandeep Lamichhane

कार्यक्रममा मन्तब्य राख्दै पारस खड्काले रास्ट्रिय क्रिकेटर बन्नु भन्दा अघि आफुले विदेश जाने सोच बनाएको खुलासा गरेका थिए। उनले क्रिकेटमा संस्थागत विकास भए १० बर्षमा नेपालले टेस्ट मान्यता पाउन सक्ने समेत बताए।

Paras Khadka
Paras Khadka

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy