सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न छनौट

२०७४ फाल्गुन १७, बिहीबार २३:२४

sandeep lamichhane
  • विकेटनेपाल, फाल्गुन १७ 

नेपाली लेग स्पिनर सन्दिप लामिछाने क्यारेबियन प्रिमियर लिग ( सीपीएल टि-२० ) मा छानिएका छन्।

इंग्ल्याण्डमा भएको सीपीएलको ड्राफ्टमा सन्दिपलाई सेन्ट किट्स प्याट्रिएट्सले ५ हजार अमेरिकी डलरमा खरिद गरेको हो। सन्दिपलाई ड्राफ्टको १३ औं राउण्डमा खरिद गरेपछि आईपीएल पछि क्यारेबियन प्रिमियर लिग खेल्ने सन्दिप पहिलो नेपाली खेलाडी भएका छन्। इन्डियन प्रिमियर लिग आईपीएल टिम दिल्ली डेयर डेभिल्सले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो।

सन्दिपको टिम सेन्ट किट्स प्याट्रिएट्समा क्रिस गेल पनि खेल्ने छन् जसलाई ड्राफ्टमा टिमले सर्वाधिक मुल्य १ लाख ६० हजार डलरमा खरिद गरेको हो। यस्तै एभिन लुइस, कार्लोस ब्राथवेट, बेन कटिंग जस्ता खेलाडीहरु सन्दिपको टिममा छन्।

सन् २०१३ देखि आयोजना हुँदै आएको सीपीएल टि-२० को पाँचौ संस्करण अगस्टमा आयोजना हुँदैछ जसमा बिश्वभरका उत्कृस्ट अन्तर्राष्ट्रिय क्रिकेटरहरु खेल्ने गर्छन्। ६ वटा फ़्रेन्चाइज् टिम सहभागी हुने प्रतियोगिताको गत सिजनको बिजेता शाहरुख खानको लगानी रहेको त्रिन्बागो नाइट राइडर्स रहेको थियो।

सन्दिपको टिममा क्रिस गेल

अन्तर्राष्ट्रिय लिगहरु खेल्न एजेन्ट मार्फत खेलाडीको नाम दर्ता हुनेगर्छ र सन्दिप लामिछाने एजेन्टकै मार्फत पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिगको ड्राफ्टमा परेका थिए। आईपीएलमा भने सन्दिपलाई ड्राफ्टमा राख्न नेपाली क्रिकेटकै उच्च तहबाट पहल भएको थियो।

हालै सम्पन्न बिश्व क्रिकेट लिग डिभिजन-२ मा उत्कृस्ट प्रदर्शन र आईपीएलमा छनौट भएका कारण क्यारेबियन प्रिमियर लिगमा सन्दिपको छनौट हुने सम्भावना ज्यादा मानिएको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा रिस्ट स्पिनरहरुको बढ्दो माग सन्दिप छनौट हुने कारण हो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy