सीपीएल टि-२० को पहिलो खेलमै चम्किए सन्दिप

Sandeep Lamichhane
  • विकेटनेपाल, साउन २५ 

क्यारेबियन प्रिमियर लिगको पहिलो खेलमा सन्दिप लामिछानेले उत्कृस्ट बलिङ्ग प्रदर्शन गरेका छन्। गुएना एमाजोन वारियर्स बिरुद्धको लिगको पहिलो खेलमा उनले ४ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट लिंदै पहिलो खेलमै प्रभावित बनाएका छन्।

https://www.youtube.com/watch?v=E1i3n7vJVq0

सन्दिपको प्रदर्शनको बाबजुत सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्सले भने ६ विकेटको हार बेहोर्यो। टस हारेर पहिले ब्याटिंग गर्दै २० ओभरमा १४६ रन बनाएपछि १४७ रनको लक्ष्य वारियर्सले १६.३ ओभरमा पुरा गर्यो। प्याट्रीएट्सको लागि कप्तान क्रिस गेलले सर्वाधिक ८६ रन बनाएपनि अन्य ब्याट्सम्याहरुले उल्लेख्य रन बनाउन सकेनन्। गेलले ६५ बलमा ५ छक्का र ७ चौका गरे।

१४९ रनको लक्ष्य पछ्याउने क्रममा सन्दिप लामिछानेले उत्कृस्ट बलिङ्ग गरेपछि वारियर्सले १० ओभरमा ८९ रन जोड्दा ४ विकेट गुमाएको थियो। सन्दिपले ओपनर चाडविक वाल्टन र जेसन मोहम्मदको विकेट लिएका थिए। त्यसपछि वारियर्सले विकेट गुमाएन र पाँचौ विकेटको लागि शिम्रोन हेटमायर र क्रिस ग्रिनले ६२ रनको साझेदारी गर्दै टिमको जित सहज बनाए।  हेटमायरले अविजित ७९ रन बनाए जुन क्रममा ४ छक्का र ९ चौका प्रहार गरे भने गरिनले २५ रन बनाए।

सन्दिपको बलिङ्ग  

टिमको लागि दोश्रो ओभर बलिङ्ग गर्न आएका सन्दिपले पहिलो बलमै ओपनर वाल्टनलाई क्याच आउट गराएर सीपीएल सिजनको सुरुवात गरे। पहिलो ओभरमा मात्र ३ रन खर्चेर १ विकेट लिएपछि छैठौं ओभरमा बलिङ्ग गर्दा उनले १ रन मात्रै दिए। त्यस पछि आठौँ ओभरमा पनि सन्दिप किफायती रहँदै मात्रै ४ रन खर्चिए। स्पेलको अन्ति ओभर १० औं ओभरमै सक्ने क्रममा उनले ९.२ ओभरमा जेसन मोहम्मदलाई पेभेलियन फर्काए। अन्तिम ओभरमा पनि मात्र ४ रन खर्चेर विकेट लिए पछि उनले कुल ४ ओभरमा मात्र १२ रन खर्चेर २ विकेट लिए।

पहिलो ओभर –  W 1 0 1 0 1
दोश्रो ओभर – 0 0 0 0 1 0
तेश्रो ओभर – 0 2 1 1 0 0
चौथो ओभर – 1 W 1 0 1 1

सन्दिपको आगामी खेल 

ट्रिन्बागो नाइटराइडर्ससँग – अगस्ट १२
जमैका तल्लावाहससँग – अगस्ट १६
सेन्ट लुसिया स्टार्ससँग – अगस्ट २२
बार्बाडोस ट्रिडेन्ट्ससँग – अगस्ट २६

क्यारेबियन प्रिमियर लिगको यही बर्ष मार्चमा सम्पन्न ड्राफ्टमा सन्दिपलाई पेट्रियट्सले ५ हजार अमेरिकी डलरमा खरिद गरेको थियो जसपछि क्यारेबियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली भएका थिए।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]