सन्दिप पुनः चम्किदा बिग ब्यासमा मेलबर्नको पहिलो जित

Sandeep Lamichhane
  • विकेटनेपाल, पुष १२ , बिहिबार 

बिग ब्यास लिग अन्तर्गत तेश्रो खेलमा सन्दिप लामिछानेले प्रतिनिधित्व गरिरहेको टिम मेलबर्न स्टार्सले पहिलो जित दर्ता गरेको छ। यस अघि खेलेको २ वटा खेलमा स्टार्सले सिड्नी थन्डर्ससंग १५ रनले ( डीएलएस मेथड ) तथा दोश्रो खेलमा होबार्ट हरिकेन्ससंग ६ विकेटको पराजय बेहोरेको थियो।

सिड्नी सिक्सर्स बिरुद्ध उसकै घरेलु मैदान सिड्नी क्रिकेट मैदानमा सम्पन्न खेलमा मेलबर्नले ५ विकेटको जित निकालेको हो। जितसंगै मेलबर्न स्टार्स लिग अंकतालिकाको चौथो स्थानमा ३ खेलमा १ जित र २ हार सहित रहेको छ। सिड्नी थन्डर्स, मेलबर्न रेनेगेड्स र होबार्ट हरिकेन्सले २/२ जित हात पार्दै नेट रनरेटको आधारमा क्रमश: पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन्।

टस हारेर पहिले ब्याटिंग गर्दै सिड्नीले २० ओभरमा ९ विकेट गुमाएर १३० रन बनाएको थियो। १३१ रनको लक्ष्य मेलबर्नले १४.५ ओभरमै भेटायो। जितमा मेलबर्नको लागि प्लेयर अफ द म्याच समेत चुनिएका पिटर ह्यान्ड्सकम्बले सर्वाधिक ७० रन बनाउने क्रममा ३५ बलमा ९ चौका र ३ छक्का प्रहार गरे भने बलिङ्गमा ज्याक्सन कोलम्यानले ३ विकेट ( ३-०-१८-३ ) तथा सन्दिप लामिछाने ( ४-०-१८-२ ) र ड्वेन ब्राभोले ( ४-०-२८-२ ) २/२ विकेट लिए।

सन्दिपको सानदार लय जारि 

नेपाली स्पिनर सन्दिप लामिछानेले प्रतियोगितामा उत्कृस्ट फर्म जारि राख्ने क्रममा तेश्रो खेलमा पनि २ विकेट लिए। यस अघि उनले पहिलो खेलमा सिड्नी थन्डर्ससंग २ विकेट तथा दोश्रो खेलमा होबर्ट हरिकेन्ससंग ३ विकेट लिएका थिए।

प्रतियोगितामा ३ खेलमा कुल विकेट संख्या ७ पुर्याएका सन्दिप धेरै विकेट लिने सुचीमा पहिलो नम्बरमा उक्लिएका छन्। सिड्नी सिक्सर्सका बलर स्टिभ ओ किफ पनि ३ खेलमा ७ विकेटनै लिएर पहिलो स्थानमा सन्दिपको बराबरीमा रहेका छन्।

यस्तो थियो सिड्नी सिक्सर्स बिरुद्ध सन्दिपको स्पेल : 

खेलको सातौँ ओभरमा आफ्नो ब्यक्तिगत पहिलो ओभर लिएर बलिंगमा आएका सन्दिपले कसिलो सुरुवात गरेका थिए। आफ्नो पहिलो ओभरमा उनले ४ रन मात्र खर्चिए। सोहि ओभरको पाँचौ बलमा सिड्नीका कप्तान मोइजेज अन्रिकेज स्विप गर्ने प्रयासमा एलबिडब्लु धरापबाट जोगिएका थिए।

अन्रिकेजको विकेट लिन सन्दिपलाई धेरै समय भने लागेन। खेलको नवौं ओभर लिएर आएका सन्दिपको गुग्ली बुझ्न नसक्दा ओभरको दोस्रो बलमा अन्रिकेज एल बि डब्लु धरापमा पर्न गए। सन्दिपको दोस्रो ओभरमा समेत सिड्नीले ४ रन मात्र जोड्न सक्यो।

खेलको १२ औं ओभरमा आफ्नो व्यक्तिगत तेस्रो ओभर गर्ने क्रममा सन्दिपले पुन: स्पिनमा सिड्नीका ब्याट्सम्यानलाई नचाए। लगातार गुग्ली र लेग स्पिनको मिश्रण गरेका सन्दिपले सो ओभरको अन्तिम बलमा टम कुरनलाई एल बि डब्लु धरापमा पार्दै आफ्नो दोस्रो विकेट हात पारे।

आफ्नो अन्तिम ओभरमा भने सन्दिपले ९ रन खर्चिन पुगे। खेलको १४ औं ओभरमा आफ्नो कोटाको अन्तिम ओभर गर्न आएका सन्दिपको पहिलो बलमा सन् एबोटको ब्याटले बाहिरी किनारा लिंदै ४ रन जोडेको थियो। ओभरको चौथो बलमा सन्दिपले जोर्डन सिल्क बिरुद्ध गरेको एलबिडब्लु अपिल अम्पायरले नकारेका थिए।

Sandeep Lamichhane  (Photo by Mark Metcalfe/Getty Images)

पहिलो ओभर : ० (अन्रिकेज), ० (अन्रिकेज), १ रन (अन्रिकेज), १ रन (ह्युजेज), २ रन लेग बाई (अन्रिकेज), २ रन (अन्रिकेज)
दोस्रो ओभर : ० (अन्रिकेज), विकेट (अन्रिकेज), २ रन (फिलिपे), १ रन (फिलिपे), ० (सिल्क), १ रन (सिल्क)
तेस्रो ओभर : १ रन (सिल्क), ० (कुरन), १ रन (कुरन), ० (सिल्क), १ रन (सिल्क), विकेट (कुरन)
चौथो ओभर : चौका (एबोट), ० (एबोट), १ रन (एबोट), २ रन लेग बाई (सिल्क), १ रन (सिल्क), १ रन (एबोट)

खेलका क्रममा सन्दिप र मेलबर्न स्टार्सलाई समर्थन गर्न सयौंको संख्यामा नेपालीहरु समेत मैदानमा उपस्थित भएका थिए। समर्थकहरुको तारिफ गर्दै खेलका क्रममा कमेन्टटरले नेपालीहरु क्रिकेटको पारखी भएको र सन्दिप खेल्न जुन मैदानमा पुगेपनि नेपाली समर्थक भेटिने भन्दै नेपाली क्रिकेट फ्यानहरुको तारिफ गरेका थिए।

खेल हेर्न पुगेका सन्दिप समर्थक

लिगको अघिल्लो २ खेलमा सन्दिपको प्रदर्शन

पहिलो खेल – बिरुद्ध सिड्नी थन्डर्स

बिग ब्यासको पहिलो खेलमै सन्दिपले सानदार सुरुवात गर्ने क्रममा शेन वाटसन र क्यालम फर्गुसनको विकेट लिएका थिए। खेलको आठौँ ओभरमा बलिङ्ग गर्न पाएका सन्दिपले एकै ओभरमा २ विकेट लिए।

बिग ब्यास डेब्युको दोश्रो बलमै विकेट लिने क्रममा वाटसनलाई सन्दिपले गुग्लि गर्दै क्याच आउट गराएका थिए। ठुलो सट हिर्काउने क्रममा उनि लंग-अनमा समातिन पुगेका थिए। सन्दिप त्यतिमा रोकिएनन् र त्यसै ओभरमा दोश्रो विकेट लिने क्रममा अर्का क्रिजमा जमीसकेका अर्का अस्ट्रेलियन राष्ट्रिय क्रिकेटर क्यालम फर्गुसनलाई क्याच आउट गराए। फर्गुसनले सन्दिपको बललाई रोक्न रोक्न खोज्दा लिडिंग एज लागेको थियो।

सन्दिपको पहिलो ओभर – ( १ , विकेट, १ , ० , १ , विकेट )

पहिलो ओभरमा उत्कृस्ट बलिङ्ग बलिङ्ग गरेता पनि त्यसपछिको ओभरमा भने सन्दिप विकेट विहिन रहेका थिए। दोश्रो ओभरमा ६ रन खर्चेका उनले तेश्रो ओभरमा १३ रन तथा चौथो ओभरमा १४ रन खर्चिए। ४ ओभर बलिङ्ग गर्ने क्रममा उनले ३६ रन खर्चदै २ विकेट लिए।

सन्दिपको दोश्रो ओभर – १ , ० , ० , १ , ४ , ० , तेश्रो ओभर – १ , १ , २ , २ , १, ६, चौथो ओभर – ६ , ० , ६ , ० , १ , १

दोश्रो खेल : बिरुद्ध होबर्ट हरिकेन्स

दोश्रो खेलमा टिम पुनः पराजित भए पनि सन्दिप लामिछानेले उत्कृस्ट बलिङ्ग प्रदर्शन गरे। सन्दिपले दोश्रो इनिंगमा बलिङ्ग गर्ने क्रममा एलेक्स डोलनलाई बोल्ड गर्दै सातौँ ओभरमा पहिलो विकेट दिलाएका थिए।

त्यसपछि आफ्नो स्पेलको तेश्रो ओभर बलिङ्ग गर्न १४ औं ओभरमा आएका सन्दिपले खतरनाक बनिरहेका ब्याट्सम्यान म्याथु वेडलाई ५२ रनमा क्याच आउट गराएका थिए। स्पेलको अन्तिम ओभर गर्न १६ औं ओभरमा आएका सन्दिपले त्यसपछि २८ रन बनाएका म्याकडरमटलाई एलबिडब्लु धरापमा पारे।

अघिल्लो खेलमा २ विकेट लिएका सन्दिपले यो पटक ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिंदै राम्रो प्रदर्शनलाई जारि राखे।

सन्दिपको पहिलो ओभर – १ , १ , विकेट ( डोलन ) , १ , १ , १ , दोश्रो ओभर – ० ० ० १ ४ २ , तेश्रो ओभर – ० विकेट ( म्याकडरमट ) , १  , १ , ६ , ०  चौथो ओभर – विकेट , १ , १ , १ , १ , ०

बिदेशी लिगहरुमा सन्दिपको प्रदर्शन 

सन्दिप लामिछाने यस अघि इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिगमा खेलीसकेका छन्। बिदेशी लिगमा सन्दिपको ४ उत्कृस्ट प्रदर्शन।

आईपीएलमा दिल्लीबाट खेल्दा सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। अफगानिस्तान प्रिमियर लिगमा नगरहर लिओपार्डको लागि खेलेको १ मात्र खेलमा सन्दिपले २ विकेट लिएका थिए। यस्तै युएईमा सम्पन्न टि-१० लिगमा सन्दिपले ६ खेलमा ६ लिएका थिए।

( फोटो – मेलबर्न स्टार्स, बिग ब्यास फेसबुक )





थप समाचार

स्टोईनेसको शतकमा चेन्नईमाथि लखनाउको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ३९ औं खेलमा मार्कस स्टोईनेसको शतक सहयोगमा चेन्नई सुपर किंग्समाथि लखनाउ […]

गायकवाडको शतकमा लखनाउलाई २११ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ३९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको शतकको सहयोगमा चेन्नई सुपर किंग्सले […]

गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप : बागमती र मधेशको जित

काठमाडौं । राजधानीमा संचालन भैरहेको पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत मंगलवारको भएको खेलमा मधेश प्रदेश र बागमती […]

यस्ता छन् नेपालसँग खेल्ने वेस्ट इन्डिज ए को टोलीमा रहेका खेलाडीहरु

काठमाडौं । नेपालको सिनियर क्रिकेट टोलीसँग पाँच खेलको टी-२० सिरिज खेल्न नेपाल आउन लागेको वेस्ट इन्डिज ए टोलीको घोषणा भएको […]

नेपाल आउने वेस्ट इन्डिज ए टोलीको घोषणा

काठमाडौं । नेपालको सिनियर टोलीसँग पाँच खेलको टी-२० सिरिज खेल्न नेपाल आउन लागेको वेस्ट इन्डिज ए टोलीको घोषणा भएको छ […]

जैसवालको शतकमा राजस्थानको जित, मुम्बईलाई हराउँदै राजस्थान प्लेअफ नजिक

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३८ औं खेलमा ओपनर यसश्वी जैसवालको शतकको सहयोगमा मुम्बई इन्डियन्सलाई पराजित गरि […]