स्पोर्ट्स अवार्ड : पिपुल्स च्वाइस विधामा सन्दिप मनोनयनमा

Sandeep Lamichhane

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७५ को पिपुल्स च्वाइस अवार्ड विधाको मनोनयन सार्वजनीक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आईतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै पिपुल्स च्वाइस अवार्ड विधाको मनोनयनमा पर्ने ५ खेलाडीको नाम सार्वजनीक गरेको हो ।

सोही कार्यक्रममा आयोजकले पिपुल्स च्वाइस अवार्डको भोटिङ पार्टनरको रुपमा सदा झै टीएचटी लाइभसंग सम्झौता नविकरण गरेको छ । मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र टीएचटी लाइभका वरिष्ठ अधिकृत भुपेन्द्र तामाङले औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । नेपाली खेलकुदको प्रतिष्ठित अवार्ड कार्यक्रम असार १७ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा आयोजना हुदैछ ।

यसपटक पिपुल्स च्वाइस विधामा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरीक सुगठनका महेश्वर महर्जन मनोनयनमा पर्न सफल भएका छन् ।

सो विधाको मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट एसएमएस भोटिङ, फेसबुक लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतलाई आधार मानिनेछ ।

एसएमएस भोटिङको मतभार ५० प्रतिशत, फेसबुकमा ४ लाइकको १ मत सहितको मतभार २५ प्रतिशत, मञ्चका सदस्य र विभिन्न खेलका मुख्य प्रशिक्षकको मतभार २५ प्रतिशत रहने मञ्चका महासचिव प्रज्जवल ओलीले जानकारी दिनुभयो ।

एसएमएस भोटिङका लागि नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलका प्रयोगकर्ताले म्यासेज बक्समा गएर एग्ीक्ब्च् टाइप गरेर एक स्पेस छाड्ने र खेलाडीको कोड नाम लेखेर ३७७२२ मा पठाउन सक्नेछन् । सन्दीपको भोटिङ कोट एसएल, प्रिन्सको पीडी, सावित्राको एसबी, रेश्माको एसबी र महेश्वरको एमएम रहेको छ । फेकबुक लाइका लागि एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक पेजमा गएर लाइक, सेयर र कमेन्ट गर्न सकिनेछ । भोटिङको समय आजैदेखि सुरु हुने र अवार्ड कार्यक्रमको अघिल्लो रात १२ बजेसम्म भोट गर्न सकिने मञ्चका महासचिव ओलीले बताउनुभयो ।

यस पटकको अवार्डमा पिपुल्स च्वाईस सहित १० विधामा खेलाडी, खेलकर्मी र एक एसियाका उत्कृष्ट खेल पत्रकारलाई सम्मान गरिनेछ । बर्षको उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, युवा तथा उत्कृष्ट प्रशिक्षकको मनोनयन केही दिनमा सार्वजनीक गरिनेछ । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड र टिम अफ दी इयर अवार्ड घोषणाको दिन सार्वजनीक गरिनेछ । बर्षका उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, पिपुल्स च्वाइस तथा प्रशिक्षकले एक एक थान मोटरसाईकल प्राप्त गर्नेछन् । अन्य विधाका खेलाडी र खेलकर्मीले ५० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

अवार्डको मुख्य प्रयोजकको रुपमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिसंग गत साता सम्झौता नविकरण भईसकेको छ । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्यमा सञ्चालन हुने अवार्डको अन्य पार्टनरमा सूर्य नेपाल प्रालि, टीएचटी लाइभ, रोयल सिंगी होटल, एभिन्युज टेलिभिजन, इमेजिङ, राखेप र ओलम्पिक कमिटि रहनेछन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मञ्चका अध्यक्ष सुबेदीले बर्ष भरी खेलाडीले प्रर्दशन गरेर कमाएको चर्चालाई आधार मानेर पिपुल्स च्वाइस अवार्डमा खेलाडी छनोट गरिएको बताउनुभयो । यस विधालाई थप परिस्कृत बनाएर लैजाने बिषयमा आयोजक गम्भिर रहेको भन्दै उहाँले भोटिङमा समेत न्युनतम व्यवसायीक आधारमा टेकेर सामाजिक आधार स्थापित गर्न प्रयासरत रहेको उल्लेख गर्नुभयो ।

मनोनयनमा परेका शारीरीक सुगठनका खेलाडी महर्जनले आफुले प्राप्त गरेको उपलब्धी आम नेपालीको उपलब्धीको रुपमा रहेको व्याख्या गर्नुभयो । ‘अगामी दिनमा अझ राम्रो खेल खेल्दै नेपालको नाम चिनाउन चाहन्छु ।’ उहाँले भन्नु भयो ।

ब्याटमिन्टनका दाहालले नेपाल र नेपालीका लागि अझै केही गर्ने लक्ष्य रहेको सुनाउनुभयो ।

फुटबलर भण्डारीले देशलाई स्वर्ण जिताउन अझै मेहनत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सागमा स्वर्ण जित्ने लक्ष्यलाई एक दिन साकार पार्नेछौ ।’

भलिबलकी खेलाडी भण्डारीले देशकालागि खेल्ने खेलाडीको कदर गर्दै हरेक बर्ष आयोजना हुने अवार्ड कार्यक्रमलाई धन्यवाद दिदै खेलक्षेत्रमा अझै केही गर्न बाँकी रहको उल्लेख गर्नुभयो ।

क्रिकेटका लामिछानेका प्रतिनिधि बनेर कार्यक्रममा आएका म्यानेजर रमन शिवाकोटीले पछिल्लो दुई बर्षमा सन्दीपले हासिल गरेको सफलतालाई मनोनयमा समावेश गरेकोमा खुसी ब्यक्त गर्नुभएको थियो ।

खेलाडीलाई भोट गर्ने तरिका र कोडः

सन्दिप लामिछाने M PULSAR >SL Send to 37722
प्रिन्स दाहाल M PULSAR >PD Send to 37722
सावित्रा भण्डारी  L M PULSAR >SB Send to 37722
रेश्मा भण्डारी L M PULSAR >RB Send to 37722
महेश्वर महर्जन M PULSAR >MM Send to 37722

फेसबुकमा भोटका लागि एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक पेजमा गएर लाइक, सेयर, कमेन्ट गर्न सकिनेछ ।

सन्दीप लामिछाने (क्रिकेट )

–नेपालले खेलेका सबै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका मुख्य पात्र
–नेपालले जितेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सविरुद्ध प्रभावशाली प्रदर्शन
–क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एन्ड नेविस पेट्रियट्सका लागि ७ विकेट लिन सफल
– विश्वका उत्कृष्ट फ्रेन्चाइज लिगहरुमा आधार तयार पार्दै विश्वब्यापी चर्चा बटुल्न सफल
– आइपिएल, पाकिस्तानी सुपर लिग, अस्ट्रेलियन बिग बास र बंगलादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन
– एकै वर्ष ट्वान्टी–ट्वान्टीमा ५० विकेट लिने विश्वका थोरैमध्येका एक खेलाडी
–राष्ट्रिय टोलीले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जित्दाका प्रमुख खेलाडी
–आईसीसी वर्ल्ड ट्वान्टी–ट्वान्टी एसिया रिजन क्वालिफायरमा २४ विकेट लिन सफल
–नेपालका लागि कुनै पनि क्रिकेट प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी ।

प्रिन्स दाहाल (ब्याडमिन्टन)

–दुबई जुनियर इन्टरनेसनल सिरिजको यू–१५ उमेर समूहमा स्वर्ण पदक
फाइनलमा इन्डोनेसियाका क्रिस्टियन अगस्टिनसलाई २–० को सेटमा हराउादै कीर्तिमान
–उमेर समूहमा नेपाली ब्याडमिन्टनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने पहिलो खेलाडी
–प्रेसिडेन्टस कप जुनियर इन्टरनेसनल ब्याडमिन्टन च्याम्पियनसिपमा यू–१५ र यू–१९ मा स्वर्ण पदक
–साउथ एसियन रिजनल च्याम्पियनसिपमा यू–२१ तर्फ मेन्स डबल्समा रजत पदक
–अन्नपूर्ण इन्टरनेसनल ब्याडमिन्टनमा यू–१९ मा स्वर्ण र मेन्स सिंगल्समा रजत
–जेस्ट ओपन राष्ट्रिय ब्याडमिन्टनमा यू–१५ मा स्वर्ण र मेन्स सिंगल्समा कांस्य
–आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन यू–१७ मा स्वर्ण
–प्रथम दुर्गादेवी अन्तर्राष्ट्रिय आमन्त्रण ब्याडमिन्टन मेन्स सिंगल्समा स्वर्ण
–१५औं कृष्णमोहन स्मृति राष्ट्रिय प्रतियोगिताको यू–१७ मा स्वर्ण र मेन्स सिंगल्समा रजत

सावित्रा भण्डारी (फुटबल)

–घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सानदार प्रदर्शन गर्दै वर्षभर चर्चित
–भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान
–महिला साफ च्याम्प्यिनसिपमा उपविजेतासहित सर्वाधिक गोलकर्ता बन्न सफल
–महिला फुटबल लिग २०७५ की सर्वोत्कृष्ट र सर्वाधिक गोल गर्ने खेलाडी
–प्रधानसेनापति कपमा उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ता
–नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन मुख्य भूमिका (पहिलो चरण पार)

रेश्मा भण्डारी (भलिबल)

–एपीएफ क्लबले वर्षमा १० उपाधि जित्दा विशेष भूमिका
–केएनपी राष्ट्रिय भलिबल प्रतियोगितामा विजेता
–एनभीए राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप विजेता
–सभामुख कप राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप विजेता
–लामाचौर तीज राष्ट्रिय महिला भलिबल च्याम्पियनसिप विजेता
–आधिअवाधि एभिएल राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपमा उपविजेता
–२२औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता विजेता
–दोस्रो न्यु डायमन्ड कप महिला भलिबल विजेता
–ढोरपाटन राष्ट्रिय महिला च्याम्पियनसिप विजेता
– छैटौं आईजीपी कप राष्ट्रिय खुला भलिबलको उपाधि सहित उत्कृष्ट खेलाडी
–केएनपी शेरबहादुर खड्का विशेष अवार्डबाट सम्मानित

महेश्वर महर्जन (शारीरिक सुगठन)

–२०७५ सालमा शारीरिक सुगठनमा नेपाललाई अन्तर्राष्ट्रिय ऐतिहासिक उपाधि दिलाउने खेलाडी
–थाइल्यान्डको च्याङमाईमा सम्पन्न १०औं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपको पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल
– १५औं राष्ट्रिय धर्मश्री शारीरिक सुगठन च्याम्पियनसिपमा ओभरअलमा उपविजेता





थप समाचार

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]