सन्दिपले दिलाए नेपाललाई लगातार दुई सफलता

२०७४ माघ २९, सोमबार १४:३५

Sandeep Lamichhane

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपालले आज आफ्नो चौथो खेल केन्या बिरुद्ध खेल्दै छ। केन्या बिरुद्दको महत्वपूर्ण खेलमा नेपालले टस जितेर पहिले बलिंग गर्ने निर्णय लिएको छ।

यो समाचार तयार पार्दा सम्म केन्याले १९ ओभरको समाप्तिमा २ विकेटगुमाउंदै ७२ रन जोडेको छ।
लाईभ स्कोर अपडेटका लागि यहाँ क्लिक गर्नुहोस

केन्याले उत्कृस्ट सुरुवात गर्दै पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेपछि नेपाल समस्यामा आएको थियो। तर सन्दिप लामिछानेले आफ्नो पहिलो ओभरको अन्तिम बलमा एलेक्स ओबान्डालाई पभेलियनको बाटो देखाउंदै नेपाललाई पहिलो सफलता दिलाए।

४६ बल खेल्दै ओबान्डाले लामिछानेको बलमा बोल्ड हुनअघि ४१ रन जोडे।

त्यसपछि ३ नम्बरमा ब्याटिंग गर्न आएका धीरेन गोंडारियापनि धेरै समय टिक्न सकेनन्। ५ बल खेलेका धीरेन ४ रन जोड्दै सन्दिपको बलमा दिपेन्द्र सिंह ऐरीको हातबाट समातिन पुगे।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy