सन्दीपले विदेश जान पाउनु पर्ने माग राख्दै गरेको निवेदनको सुनुवाइ आज

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेट खेल्नका लागि विदेश जान पाउनु पर्ने माग राख्दै गरेको निवेदनमा आइतबार सुनुवाइ हुँदैछ।

गत शुक्रबार सर्वोच्च अदालतले सन्दीपले दिएको निवेदनलाई सरकारी वकिलले दायर गरेको अर्को मुद्दासँगै राखेर पेस गर्न अग्रधिकारसहित आदेश गरेका थियो।

शुक्रबार न्यायाधीश ईश्वरीप्रसाद खतिवडा इजलासमा भएको बहसमा सन्दीपका वकिल सरोजकृष्ण घिमिरे र शम्भु थापाले बहस गरेका थिए। पाटन उच्च अदालतले राखेका सर्तहरू विरुद्ध दिएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले सन्दीपलाई तत्काल युएई जान भने अनुमति दिएको थिएन। आजको सुनुवाइमा सन्दीप लामिछाने पक्ष र सरकारी वकिललाई पनि उपस्थित हुन भनिएको छ।

नाबालिका बलात्कार आरोपमा पक्राउ परेका सन्दीपलाई जिल्ला अदालत, काठमाडौँले १८ असोजमा पुर्पक्षका लागि थुनामा पठाएपछि उनले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए।

जसको सुनुवाइ गर्दै पाटन उच्च अदालतले गत २८ पुसमा विभिन्न सर्तसहित उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजालासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएका हुन्।

साथै उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो जसले गर्दा युएईमा हुने विश्वकप लिग-२ को खेलमा सन्दीपको सहभागिता रोकिएको थियो।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]