सन्दिपको सिल्हेट आज चौथो खेल खेल्दै, खेल समय, लाईभ लगायत सम्पूर्ण जानकारी

  • विकेटनेपाल, माघ-१ , मङ्गलबार 

बंगलादेश प्रिमियर लिग अन्तर्गत सन्दिप लामिछानेको टिम सिल्हेट सिक्सर्सले आज चौथो खेल खेल्दैछ। इमरुल कायस कप्तानीको कोमिल्ला भिक्टोरियन्ससंग सिल्हेटले दोश्रो पटक प्रतिस्पर्धा गर्न लागेको हो।

लिगको अंकतालिकामा सिल्हेटले ३ खेलमा १ जित र २ वटा हार बेहोर्दै छैठौं स्थानमा रहेको छ। तालिकामा चौथो स्थानमा रहेको कोमिल्लाले ४ खेल खेल्दा २/२ हार/जित बेहोरेको छ।

सिल्हेटले प्रतियोगिता अन्तर्गत पहिलो खेलमा कोमिल्लासंग ४ विकेटको हार बेहोरेको थियो। त्यस क्रममा पहिले ब्याटिंग गर्दै सिल्हेटले दिएको १२८ रनको लक्ष्य कोमिल्लाले ६ विकेट गुमाएर पुरा गरेको थियो। यस्तै दोश्रो खेलमा सिल्हेटले चिट्टागोङ्ग भाईकिङ्ग्सलाई ५ रनले पराजित गरेको थियो भने तेश्रो खेलमा ढाका डाईनामाइट्ससंग ३२ रनले पराजित हुन पुगेको थियो।

उता कोमिल्लाले सिल्हेटलाई पहिलो खेलमा पराजित गरेपछि रंगपुरसंग ९ विकेटको हार बेहोरेको थियो। त्यसपछि तेश्रो खेलमा राजशाही किंग्सलाई ५ विकेटले पराजित गरेको कोमिल्लाले छिट्टगोङ्गसंग चौथो खेलमा ४ विकेटले पराजित भएको थियो।

कोमिल्ला भिक्टोरियन्स टिममा शहिद अफ्रिदी, तामिम इकबाल, इभिन लुइस, अनामुल हक, इमरुल कायस ( कप्तान ), शोयब मलिक, थिसारा परेरा  लियाम डसन जस्ता खेलाडीहरु रहेका छन्।

कति बजे , कहाँ हेर्ने लाईभ ? 

प्रतियोगिताको प्रत्यक्ष प्रशारण डी-स्पोर्ट्सले भारतमा तथा बंगलादेशमा गाजी टिभीले गर्नेछ युट्युबमा भने Rabbitholebd Sports च्यानल ले यसको प्रशारण गरिरहेको छ। खेल नेपाली समय ६:३० बजे बेलुका सुरु हुनेछ।

Sandeep Lamichhane

सन्दिपको कस्तो हुँदैछ लिगमा प्रदर्शन 

लिगको ३ खेलमा सन्दिपले २ विकेट लिएका छन्। यस क्रममा पहिलो खेलमा कोमिल्लासंग १६ रन खर्चेर २ विकेट लिएका नेपाली गुग्लि ब्वाईले दोश्रो खेलमा चिट्टागोङ्गसंग २१ रन मात्रै खर्चे पनि विकेट भने लिन सकेनन्। तेश्रो खेलमा ढाका डाइनामाइट्ससंग केहि महँगो सावित भएका सन्दिपले ३३ रन खर्चेर विकेट विहिन भएका थिए।

लगातार २ खेलमा विकेटविहिन भए पछि तेश्रो खेलमा सन्दिप राम्रो बलिङ्ग मात्रै हैन टिमलाई जिताउन पनि चाहन्छन्। इमरान ताहिर जस्ता अनुभवी क्रिकेटरलाई बेञ्चमा राख्दै सिल्हेटको अन्तिम-११ मा स्थान बनाएका नेपाली लेग स्पिनरले आफ्नो स्थान जोगाईराख्न पनि चौथो खेलमा पछिल्लो खेलको प्रदर्शन भुलाउने खालको प्रदर्शन गर्नुपर्नेछ।

 Sylhet Sixers : David Warner(c), Liton Das(w), Afif Hossain, Nasir Hossain, Sabbir Rahman, Nicholas Pooran, Alok Kapali, Sohail Tanvir, Taskin Ahmed, Sandeep Lamichhane, Al-Amin Hossain, Towhid Hridoy, Fabian Allen, Mohammad Irfan, Nabil Samad, Ebadat Hossain, Jaker Ali, Gulbadin Naib, Andre Fletcher, Mehedi Hasan Rana, Patrick Brown

Comilla Victorians (From): Tamim Iqbal, Evin Lewis, Anamul Haque(w), Imrul Kayes(c), Liam Dawson, Shahid Afridi, Mohammad Saifuddin, Thisara Perera, Mahedi Hasan, Ziaur Rahman, Abu Hider Rony, Shoaib Malik, Mosharraf Hossain, Mohammad Shahid, Shamsur Rahman, Sanjit Saha, Waqar Salamkheil, Aamer Yamin





थप समाचार

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]

दीपेन्द्रको विश्व कृतिमानपछि बुवाले भने-‘आफूसँगै देशको नाम राख्यो, खुशीको सीमा छैन’

महेन्द्रनगर (कञ्चनपुर) । १९ औँ एसियाली खेलकुद अन्तर्गत टी-२० क्रिकेटमा मङ्गोलियालाई पराजित गरेको खेलमा नेपालले आधा दर्जन बढी कीर्तिमान राख्यो। […]

मंगोलिया विरुद्ध ६ विश्वकीर्तिमान बनाउदै नेपाल विजयी

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलियालाई २७३ रनको कीर्तिमानी विशाल अन्तरले पराजित गरेको […]

मंगोलिया विरुद्ध नेपालको तिन ठूलो विश्वकीर्तिमान

चिनको हांगझाउमा सुरु भएको एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत उद्घाटन खेलमा नेपालले मंगोलिया विरुद्ध रेकर्ड वर्षा गरेको छ। स्कोरकार्ड  अन्तर्राष्ट्रिय […]