महँगो मूल्यमा सन्दिप टि-१० लिग खेल्न छनौट

Sandeep Lamichhane
  • विकेटनेपाल, असोज-८ , सोमबार 

ईन्डियन प्रिमियर लिग टि-२०, ग्लोबल टि-२० क्यानडा, क्यारेबियन प्रिमियर लिग टि-२० र अफगानिस्थान प्रिमियर लिग टि-२० पछि स्टार नेपाली लेग स्पिनर सन्दिप लामिछाने टि-१० क्रिकेट लिग २०१८ खेल्न महँगो मूल्यमा छनौट भएका छन्।

युनाइटेड अरब इमिरेट्समा नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म आयोजना हुने १०-१० ओभर फर्म्याटको लिगमा नेपाली गुग्लि ब्वाईलाई केरला किंग्सले ड्राफ्टमार्फत छनौट गरेको हो।

ड्राफ्टको राउन्ड-३ मा छनौट भएका सन्दिपको टिममा इंग्ल्याण्ड कप्तान अवेन मोर्गन आइकन खेलाडी र कप्तान रहेका छन्। यस्तै सन्दिपसंगै टिममा क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, दासुन शनाका, पल स्टरलिङ्ग जस्ता खेलाडीहरु रहेका छन्।

सन्दिपको टिमको प्रशिक्षण प्रसिद्ध न्युजिल्यान्ड पुर्व क्रिकेटर ड्यानियल भिटोरीले गर्नेछन्।

टि-१० लिगको पहिलो संस्करण गत बर्ष आयोजना भएको थियो जसको उपाधि केरला किंग्सले जित्ने क्रममा पन्जाबी लेजेड्सलाई पराजित गरेको थियो। त्यस संस्करणमा पनि मोर्गनले टिमको कप्तानी गरेका थिए र फाइनलमा २१ बलमा ६३ रन बनाएका थिए।

टि-१० लिगमा कुल ६ टिम सहभागी रहेका छन् जसमा मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बङ्गाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन्। केरला किंग्सको आइकन मोर्गन, मराठाको राशिद खानले, पख्तुन्सको शहिद अफ्रिदीले, पन्जाबीको शोयब मलिकले, कराचियन्सको शेन वाटसनले, बेङ्गालको सुनिल नारायण, नर्थर्न वारियर्सको ड्यारेन स्यामी तथा राजपुत्सको ब्रेन्डन म्याकलम रहेका छन्।

सन्दिपले कति पैसा पाउनेछन् ? 

सन्दिप लामिछानेका नेपाल ब्यबस्थापक रमन शिवाकोटीले विकेटनेपाललाई जानकारी गराए अनुसार टि-१० लिगमा सन्दिपले ३० हजार अमेरिकी डलर पाउनेछन्। डलरको अहिलेको भाउ अनुसार कुल ३४ लाख ८३ हजार रुपैयाँमा सन्दिपलाई खरिद गरिएको हो।

यस अघि भर्खरै सम्पन्न अफगानिस्तान प्रिमियर लिग ड्राफ्टमा सन्दिप १५ हजार डलरमा, ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलर,  क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा इन्डियन प्रिमियर लिगमा २० लाख भारतीय रुपैयाँमा सन्दिप बिक्रि भएका थिए।

यसै महिना सम्पन्न अफगानिस्तान प्रिमियर लिगमा सन्दिपलाई नगरहर टिमले लिएको थियो। पहिलो संस्करणको अफगानिस्तान प्रिमियर लिग युनाइटेड अरब इमिरेट्सकको शारजाहं क्रिकेट मैदानमा ५ देखि २३ अक्टोबर ( असोज १९ – कार्तिक ६ ) सम्म आयोजना हुनेछ।

आईपीएलमा दिल्लीबाट खेलेका सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै अहिले जारि क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका छन्। सबै लिगमा सन्दिपको इकोनोमी राम्रो रहेको छ भने टिमको महत्वपूर्ण खेलाडीको रुपमा आफुलाई प्रमाणित गरेका छन्।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]