सन्दिपको टिमको खराब ब्याटिंग, ब्याटिंग गर्दै सन्दिपले बनाए अविजित १ रन

  • विकेटनेपाल, पुष-२२ , आइतबार 

बंगलादेश प्रिमियर लिगमा आफ्नो पहिलो खेलमा टस हारेर कोमिल्ला भिक्टोरिएन्ससंग ब्याटिंग गरेको सिलहेट सिक्सर्सले २० ओभरमा ८ विकेट गुमाएर १२७ रनको योगफल तयार गरेको छ।

टस हारेर ब्याटिंग गरेको सिलहेटले अत्यन्त खराब सुरुवात गर्यो जुन क्रममा पहिलो ५ विकेट ५६ जोड्दा गुमाउन पुग्यो।

ओपनिङ्ग ब्याटिंग गरेका लिटन दास १ रन र कप्तान डेभिड वार्नर १४ रन बनाएर रन आउट भए। तोहिड रिदोय ८ , अफिफ होसेन १९ तथा सब्बिर रहमान ७ रन बनाएर आउट हुँदा समस्यामा परेको सिलहेटको इनिंगलाई त्यसपछि निकोलस पुरन र आलोक कपालीले सम्हालेका थिए।

आक्रामक ब्याटिंग गरेका विन्डीज क्रिकेटर पुरन २६ बलमा २ छक्का र ५ चौका प्रहार गर्दै ४१ रन बनाएर आउट भए। कपाली र पुरनले छैठौँ विकेटको लागि ५५ रनको साझेदारी गरे। आलोक कपालीपनि १९ रन बनाएर आउट भए।

अन्तिममा ब्याटिंग गर्न आएका सन्दिप लामिछानेले २ बल खेल्दा १ रन बनाउन सके र अविजित रहे।

कोमिल्लाको लागि बलिङ्गमा मेहदी हसन, मोहम्मद शहिदि र मोहम्मद सैफुद्दीनले २/२ विकेट लिए भने शहिद अफ्रिदीले १ विकेट लिए।

सन्दिपको डेब्यु 

आईपीएल, बिग ब्यास, क्यारेबियन लिग जस्ता ठुला प्रतियोगिता खेलीसकेका सन्दिप आज बंगलादेश प्रिमियर लिगमा पनि डेब्यु गर्दै छन्।

खेल सुरु हुनु अघि सन्दिप अन्तिम-११ मा पर्लान् या नपर्लान भन्ने जिज्ञाशा थियो। सिल्हेटले आफ्नो अन्तिम-११ मा सन्दिप लामिछाने सहित, निकोलस पुरन, मोहम्मद इरफानलाई समाबेश गरेको छ।

अन्तिम-११ मा चर्चित दक्षिण अफ्रीकी लेग स्पिनर इमरान ताहिरलाई बाहिर राख्दै टिमले सन्दिपलाई मौका दिएको हो। यस्तै सिलहेटले सोहेल तन्बिर, आन्द्रे फ्लेचार जस्ता खेलाडीलाई पनि अन्तिम-११ मा स्थान दिएन।

सिलहेट सिक्सर्स अन्तिम-११ – डेभिड वार्नर ( कप्तान ) , लिटन दास , निकोलस पुरन, आलोक कपाली, सब्बिर रहमान, अफिफ हुसेन, अल अमिन हुसेन, तोहिड रिदोय, सन्दिप लामिछाने, मोहम्मद इरफान, तस्किन एहमद

कोमिल्ला अन्तिम-११ – इभिन लुइस, तामिम इकबाल, अनामुल हक, स्टिभ स्मिथ ( कप्तान ) , इम्रुल कायस, मेहदी हसन, सोएब मलिक, शहिद अफ्रिदी, मोहम्मद सैफुद्दीन, अबु हैदर, मोहम्मद शहिद

खेल समय  र लाईभ कहाँ हेर्ने ? 

प्रतियोगिताको प्रत्यक्ष प्रशारण डी स्पोर्ट्सले भारतमा तथा बंगलादेशमा गाजी टिभीले गर्नेछ युट्युबमा Rabbitholebd Sports ले यसको प्रशारण गरिरहेको छ। प्रतियोगितामा सन्दिपको टिमको पहिलो खेल जनवरी ६ तारिक नेपाली समय १२:१५ बजे दिउसो सुरु हुनेछ।

सिलहेट सिक्सर्सको खेल तालिका : जनवरी ६ – कोमिल्ला भिक्टोरिएन्स ,जनवरी ९ – चिट्टागोंग भिकिङ्गस , जनवरी १२ – ढाका डाइनामाइट्स , जनवरी १५ – कोमिल्ला भिक्टोरिएन्स , जनवरी १६ – रंगपुर राइडर्स, जनवरी १८ – ढाका डाइनामाइट्स , जनवरी १९ – रंगपुर राइडर्स , जनवरी २३ – खुल्ना टाईटन्स, जनवरी २५ – राजशाही किंग्स , जनवरी २६ – खुल्ना टाईटन्स , जनवरी ३० – राजशाही किंग्स , फेव्रुअरि १ – चिट्टागोंग भिकिङ्गस

बंगलादेश क्रिकेट बोर्डको आयोजनामा सुरु भएको प्रतियोगितामा खुल्ना टाईटन्स, रंगपुर राईडर्स, राजशाही किंग्स, ढाका डाईनामाइट्स, सिलहेट सिक्सर्स, कोमिल्ला भिक्टोरियन्स र चिट्टागोंग भिकिङ्ग्स गरी ७ वटा टिम सहभागी छन्। लिग फेब्रुअरी ८ तारिकसम्म चल्नेछ।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]