एपीएल टि-२० मा सन्दिपको टिम आज क्रिस गेलको टिम बिरुद्ध खेल्दै

  • विकेटनेपाल,असोज ३१ 

अफगानिस्तान प्रीमियर लीग ( एपिएल ) टि-२० अन्तर्गत सन्दिप लामिछानेको टिम नगरहर लिओपार्डसले आज लिगको आठौँ र अन्तिम खेल खेल्दैछ।

अघिल्लो खेलमा पक्तिया प्यान्थर्ससंग टिम भने ७ विकेटले पराजित हुन पुगेको नगरहरलाई सेमी-फाइनल पुग्न मोहम्मद नबि कप्तानीको बल्ख लेजेन्ड्स बिरुद्ध जित अत्यन्त आवस्यक रहेको छ।

सहभागी ५ टिम मध्ये ४ टिम सेमीफाइनल प्रवेश गर्ने हुँदा आजको खेल जिते नगरहरको सेमीफाइनल यात्राको सम्भावना बाँकी रहनेछ। अंकतालिकाको चौथो स्थानमा रहेको नगरहरले ७ खेलमा २ जित र ५ हार बेहोरेको छ भने पाँचौ स्थानमा रहेको कन्दहारले भने ६ खेलमा १ जित र ५ हार बेहोरेको छ।

बल्ख लेजेन्ड्स र नगरहर बीचको खेल आज बेलुका ५:४५ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण भारत लगायत दक्षिण एसियाली देशहरु मा डी-स्पोर्ट च्यानलले गरिरहेको छ। यस्तै युट्युबमा cricingif ले पनि खेलको प्रत्यक्ष प्रशारण गरिरहेको छ।

अंक तालिकाको शिर्ष स्थानमा रहेको मोहम्मद नबि कप्तानीको बल्ख लेजेन्ड्स टिममा क्रिस गेल, कोलिन मुनरो, रभी बोपारा जस्ता खेलाडीहरु रहेका छन्।

टिम लिस्ट 

Balkh Legends : Chris Gayle, Dilshan Munaweera, Darwish Rasooli, Malcolm Waller, Mohammad Nabi(c), Gulbadin Naib, Ikram Ali Khil(w), Mirwais Ashraf, Ben Laughlin, Qais Ahmad, Abdullah Mazari, Samiullah, Aftab Alam, Farhan Zakhil, Usman Ghani, Colin Munro, Ravi Bopara, Ryan ten Doeschate, Tariq Stanikzai, Asadullah Matani
Nangarhar Leopards : Anton Devcich, Najeeb Tarakai, Johnson Charles, Rahmat Shah, Hashmatullah Shahidi, Shafiqullah Shafiq(w), Ben Cutting(c), Naveen-ul-Haq, Mujeeb Ur Rahman, Sandeep Lamichhane, Zahir Khan, Imran Janat, Khaiber Omar, Ibrahim Zadran, Fazal Haque, Andre Russell, Andre Fletcher, Mitchell McClenaghan, Nasratullah, Nathan Rimmington

लिगमा सोमबार राति पहिलो खेल खेलेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले पक्तिया प्यान्थर्ससंग उत्कृस्ट बलिङ्ग गर्दै २ विकेट लिएका थिए। त्यस खेलमा सन्दिपले ४ ओभरमा मात्र २३ रन खर्चेर २ विकेट लिएका थिए।

उत्कृस्ट बलिङ्ग पछि सन्दिपको कमेन्टेटरहरुले प्रसंशा गरेका थिए र खेल लगत्तै सन्दिपको अन्तर्वार्ता समेत लिएका थिए।

खेल पछि अन्तर्वार्ताको क्रममा सन्दिपले आफुले राम्रो ठाउँमा बलिङ्ग गर्न प्रयास गरेको र सुरुवातमा बिपक्षी टिमले पावरप्लेको राम्रो प्रयोग गरेको बताएका थिए। पहिलो ओभर बलिङ्ग गर्दा बल टर्न धेरै नभएको तर केहि ओभर पछि दोश्रो स्पेलमा आउदा टर्न प्राप्त गरेको र भेरियसन पनि गर्दा विकेट प्राप्त गरेको उनले बताएका थिए।

मलेसियामा सम्पन्न टि-२० बिश्व कप छनौट एसिया पूर्वी छनौट प्रतियोगिता सकेर सन्दिप शनिबार रातिनै यएई पुगे पनि त्यस लगत्तैको खेलमा सन्दिपलाई अन्तिम ११ मा राखिएको थिएन।

सन्दिपको टिम नगरहर बेन कटिंगको कप्तानीमा खेलीरहेको छ जसमा मुजिब उर् रहमान, मिचेल म्याकलेनघन, आन्द्रे रसेल, आन्द्रे फ्लेचर जस्ता खेलाडीहरु रहेका छन्।

सन्दिपलाई नगरहर लिओपार्डसले गत महिना सम्पन्न अक्सनमा १५ हजार डलरमा टिममा आबद्ध गरेको थियो।

लिगमा नगरहर लिओपार्डस सहित ५ टिम रहेका छन्। अन्य टिमहरुमा रासिद खान कप्तान रहेको काबुल ज्वनान, मोहम्मद शहजाद कप्तान रहेको पक्तिया प्यान्थरस, अस्घर अफगान कप्तान रहेको कन्दहर नाइट्स र मोहम्मद नबि कप्तान रहेको बल्ख लेजेन्ड्स रहेका छन्।

अक्टोबर ५ देखि सुरु भएको लिगको फाइनल २१ अक्टोबरमा खेलिनेछ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]