फेरी सन्दिप परेनन् अन्तिम-११ मा : अफगानिस्तान प्रिमियर लिग

Sandeep Lamichhane
  • विकेटनेपाल, असोज ३१ 

अफगानिस्तान प्रीमियर लीग ( एपिएल ) टि-२० अन्तर्गत सन्दिप लामिछानेको टिम नगरहर लिओपार्डसले आज लिगको आठौँ र अन्तिम खेल खेल्दैछ।

अघिल्लो खेलमा पक्तिया प्यान्थर्ससंग टिम भने ७ विकेटले पराजित हुन पुगेको नगरहरलाई सेमी-फाइनल पुग्न मोहम्मद नबि कप्तानीको बल्ख लेजेन्ड्स बिरुद्ध जित अत्यन्त आवस्यक रहेको छ।

नेपाली समय ५:४५ बजे सुरु भएको खेलमा सन्दिपको टिम टस हारेर पहिले फिल्डिंग गर्दैछ। सन्दिपलाई भने टिमले अन्तिम ११ मा मौका पुनः मौका दिएन। उता क्रिस गेल पनि बल्खको लागि आज खेलीरहेका छैनन्। टसको क्रममा टिम कप्तान बेन कटिंगले आज ब्याटिंगमा धेरै ध्यान दिएर अन्तिम-११ चयन गरेको बताएका छन्। अन्तिम खेलमा नगरहरले खराब ब्याटिंग गरेको थियो र १२६ रन मात्रै बनाउन सकेपछि ७ विकेटको हार बेहोरेको थियो।

Nangarhar Leopards (Playing XI): Anton Devcich, Andre Fletcher, Johnson Charles, Rahmat Shah, Hashmatullah Shahidi, Shafiqullah Shafiq(w), Ben Cutting(c), Naveen-ul-Haq, Mujeeb Ur Rahman, Zahir Khan, Fazal Niazai
Balkh Legends (Playing XI): Colin Munro, Dilshan Munaweera, Darwish Rasooli, Ryan ten Doeschate, Ravi Bopara, Mohammad Nabi(c), Gulbadin Naib, Ikram Ali Khil(w), Mirwais Ashraf, Aftab Alam, Qais Ahmad

सहभागी ५ टिम मध्ये ४ टिम सेमीफाइनल प्रवेश गर्ने हुँदा आजको खेल जिते नगरहरको सेमीफाइनल यात्राको सम्भावना बाँकी रहनेछ। अंकतालिकाको चौथो स्थानमा रहेको नगरहरले ७ खेलमा २ जित र ५ हार बेहोरेको छ भने पाँचौ स्थानमा रहेको कन्दहारले भने ६ खेलमा १ जित र ५ हार बेहोरेको छ।

अंक तालिकाको शिर्ष स्थानमा रहेको मोहम्मद नबि कप्तानीको बल्ख लेजेन्ड्स टिममा क्रिस गेल, कोलिन मुनरो, रभी बोपारा जस्ता खेलाडीहरु रहेका छन्।

लिगमा सोमबार राति पहिलो खेल खेलेका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले पक्तिया प्यान्थर्ससंग उत्कृस्ट बलिङ्ग गर्दै २ विकेट लिएका थिए। त्यस खेलमा सन्दिपले ४ ओभरमा मात्र २३ रन खर्चेर २ विकेट लिएका थिए।

उत्कृस्ट बलिङ्ग पछि सन्दिपको कमेन्टेटरहरुले प्रसंशा गरेका थिए र खेल लगत्तै सन्दिपको अन्तर्वार्ता समेत लिएका थिए।

खेल पछि अन्तर्वार्ताको क्रममा सन्दिपले आफुले राम्रो ठाउँमा बलिङ्ग गर्न प्रयास गरेको र सुरुवातमा बिपक्षी टिमले पावरप्लेको राम्रो प्रयोग गरेको बताएका थिए। पहिलो ओभर बलिङ्ग गर्दा बल टर्न धेरै नभएको तर केहि ओभर पछि दोश्रो स्पेलमा आउदा टर्न प्राप्त गरेको र भेरियसन पनि गर्दा विकेट प्राप्त गरेको उनले बताएका थिए।

मलेसियामा सम्पन्न टि-२० बिश्व कप छनौट एसिया पूर्वी छनौट प्रतियोगिता सकेर सन्दिप शनिबार रातिनै यएई पुगे पनि त्यस लगत्तैको खेलमा सन्दिपलाई अन्तिम ११ मा राखिएको थिएन।

सन्दिपको टिम नगरहर बेन कटिंगको कप्तानीमा खेलीरहेको छ जसमा मुजिब उर् रहमान, मिचेल म्याकलेनघन, आन्द्रे रसेल, आन्द्रे फ्लेचर जस्ता खेलाडीहरु रहेका छन्।

सन्दिपलाई नगरहर लिओपार्डसले गत महिना सम्पन्न अक्सनमा १५ हजार डलरमा टिममा आबद्ध गरेको थियो।

लिगमा नगरहर लिओपार्डस सहित ५ टिम रहेका छन्। अन्य टिमहरुमा रासिद खान कप्तान रहेको काबुल ज्वनान, मोहम्मद शहजाद कप्तान रहेको पक्तिया प्यान्थरस, अस्घर अफगान कप्तान रहेको कन्दहर नाइट्स र मोहम्मद नबि कप्तान रहेको बल्ख लेजेन्ड्स रहेका छन्।

अक्टोबर ५ देखि सुरु भएको लिगको फाइनल २१ अक्टोबरमा खेलिनेछ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]