सन्दिपको टिममा क्रिस गेलको कप्तानी

  • विकेटनेपाल, फाल्गुन १७ 

क्यारेबियन प्रिमियर लिग ( सीपीएल टि-२० ) मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्समा ५ हजार अमेरिकी डलरमा बिक्रि भएका सन्दिप आईपीएल पछि क्यारेबियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली भएका छन्।

बिहिबार राति इंग्ल्याण्डमा भएको ड्राफ्टको १३ औं राउण्डमा बिक्रि भएका नेपाली लेग स्पिनरले प्रतियोगितामा अर्को ठुलो अवसर समेत पाउनेछन्। सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्सको कप्तानी अघिल्लो सिजनमा समेत गरेका टि-२० क्रिकेटका बादशाह क्रिस गेललाई पुनः प्याट्रिएट्सले १ लाख ६० हजार डलरमा खरिद गरेपछि सन्दिप क्रिस गेलको अन्डरमा खेल्ने निश्चित भएको छ।

गेल र सन्दिप दुवै हाल जिम्बाबेमा २०१९ बिश्वकप छनौट प्रतियोगिता खेलीरहेका छन्।

सन् २०१३ देखि आयोजना हुँदै आएको सीपीएल टि-२० को पाँचौ संस्करण अगस्टमा आयोजना हुँदैछ । ६ वटा फ़्रेन्चाइज् टिम सहभागी हुने प्रतियोगिताको गत सिजनको बिजेता शाहरुख खानको लगानी रहेको त्रिन्बागो नाइट राइडर्स रहेको थियो। गत सिजनको फाइनलमा सन्दिप छानिएको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्स त्रिन्बागो नाइट राइडर्ससंग ३ विकेटले पराजित हुन पुगेको थियो।

यो सिजन ड्राफ्टबाट प्याट्रिएट्सले क्रिस गेल पछि एभिन लुइस, कार्लोस ब्राथवेट, बेन कटिंग, ग्रेम क्रिमर जस्ता खेलाडीहरु खरिद गरेको छ।

सन्दिप लामिछाने र क्रिस गेल एकै टिममा

सन्दिपको हालै सम्पन्न बिश्व क्रिकेट लिग डिभिजन-२ मा उत्कृस्ट प्रदर्शन र आईपीएलमा छनौट भएका कारण अन्तर्राष्ट्रिय क्रिकेटका चर्चा चुलिएको थियो। त्यसमाथि रिस्ट स्पिनरहरुको बढ्दो सफलताले सन्दिप जस्ता बलरको माग झनै बढेको छ। डिभिजन-२ मा सन्दिप प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भएका थिए भने कुल १७ विकेट लिंदै सर्वाधिक खेलाडी समेत बनेका थिए।

सन्दिपले आफ्नो खेल मार्फत २०१६ यु-१९ बिश्वकपमा बिश्वकप ध्यानाकर्षण गरेका थिए। त्यो प्रतियोगितामा उनले आयरल्याण्डसंग ह्याट-ट्रिक सहित ५ विकेट लिएका थिए भए प्रतियोगिताकै धेरै विकेट लिने सुचीमा दोश्रो स्थानमा थिए।

यो पनि पढ्नुस – को हुन् सन्दिप लामिछाने ? पढ्नुस उनिबारे १४ रोचक तथ्य

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy