बिग ब्यास : वर्षाले प्रभावित खेलमा सन्दिपको टिम पराजित

  • विकेटनेपाल, पुष-६ , शुक्रबार 

बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछानेले प्रतिनिधित्व गरिरहेको टिम मेलबर्न स्टार्सले पहिलो खेलमा सिड्नी थन्डर्ससंग हार बेहोरेको छ।

क्यानबेरामा सम्पन्न खेलमा टस जितेर मेलबर्नले बलिङ्ग गर्ने निर्णय गरेको थियो जसपछि ब्याटिंग रोजेको सिड्नीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रनको योगफल तयार गरेको थियो। लक्ष्य पछ्याउने क्रममा बर्षाले खेल रोकिन पुग्दा दोश्रो इनिंगमा डीएलएस मेथड अनुसार मेलबर्नले ८ ओभरमा ९० रनको लक्ष्य पाएको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा ८ ओभरमा मेलबर्नले ६ विकेट गुमाएर ७४ रन मात्रै बनाउन सक्यो र १५ रनको ( डीएलएस मेथड ) हार बेहोर्यो।

लक्ष्य पछ्याउने क्रममा मेलबर्नले अत्यन्त खराब सुरुवात गर्दै ३३ रनमा पहिलो ५ विकेट गुमाएको थियो। त्यसपछि अन्तिममा निक लार्किनले १३ बलमा ३ चौका र १ छक्का मदतले २८ रन बनाए पनि जितको लागि पर्याप्त हुन सकेन। बलिङ्गमा सिड्नीको लागि ड्यानियल स्याम्सले ३ विकेट ( ३-०-५-३ ) लिए जो खेलको प्लेयर अफ द म्याच समेत चुनिए।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा सिड्नीको लागि जेसन सांघाले अविजित ६४ रन बनाएका थिए। उनले ४/४ चौका र छक्का प्रहार गरे। मेलबर्नको बलिङ्गमा सन्दिप लामिछाने र एडम जाम्पाले २/२ विकेट लिए भने ड्वेन ब्राभोले १ विकेट लिए।

मेलबर्नले लिग अन्तर्गत दोश्रो खेल डिसेम्बर २४ तारिकमा म्याथु वेड कप्तानीको होबर्ट हरिकेन्ससंग तथा डिसेम्बर २७ मा मोइसेस हेनरिक्स कप्तानीको सिड्नी सिक्सर्ससंग खेल्ने तालिका रहेको छ।

सन्दिपको सानदार सुरुवात 

बिग ब्यास लिगको डेब्युमै सानदार सुरुवात गरेका सन्दिपले पाएको पहिलो ओभरमा २ विकेट लिए जुन क्रममा शेन वाटसन र क्यालम फर्गुसनको विकेट लिए।

खेलको आठौँ ओभरमा बलिङ्ग गर्न पाएका सन्दिपले एकै ओभरमा २ विकेट लिंदै लिगमा शानदार सुरुवात गराएका हुन्। आठौँ ओभरमा बलिङ्ग गर्न आएका सन्दिपले ओभरको दोश्रो बलमा २२ रन बनाएर ब्याटिंग गरिरहेका कप्तान शेन वाटसनको विकेट लिए।

बिग ब्यास डेब्युको दोश्रो बलमै विकेट लिने क्रममा वाटसनलाई सन्दिपले गुग्लि गर्दै क्याचआउट गराए। ठुलो सट हिर्काउने क्रममा उनि लंग-अनमा समातिन पुगे।

सन्दिप त्यतिमा रोकिएनन् र त्यसै ओभरमा दोश्रो विकेट लिने क्रममा अर्का क्रिजमा जमीसकेका अर्का अस्ट्रेलियन राष्ट्रिय क्रिकेटर क्यालम फर्गुसनलाई क्याच आउट गराए। फर्गुसनले सन्दिपको बललाई रोक्न रोक्न खोज्दा लिडिंग एज लागेको थियो। फर्गुसनले १५ रन बनाए।

सन्दिपको पहिलो ओभर – ( १ , विकेट, १ , ० , १ , विकेट )

पहिलो बल – १ रन ( फर्गुसन ) , दोश्रो बल- विकेट ( वाटसन ) , तेश्रो बल – १ रन ( फर्गुसन )
चौथो बल – डट बल ( रुट ) , पाँचौ बल – १ रन ( रुट ) , छैठौं बल – विकेट ( फर्गुसन )

पहिलो ओभरमा २ विकेट लिएका सन्दिपले मात्र ३ रन खर्चिए भने त्यस लगत्तै दशौँ ओभरमा बलिङ्ग गर्दै सन्दिपले ६ रन खर्चिए। ओभरको पाँचौ बलमा जोय रुटले उनलाई चौका प्रहार गरेका थिए।

सन्दिपको दोश्रो ओभर – १ , ० , ० , १ , ४ , ०

त्यसपछि तेश्रो ओभर बलिङ्ग गर्दा सन्दिपले १२ औं ओभरमा केहि महँगो सावित हुने क्रममा १३ रन खर्चिए। त्यस ओभरको छैठौं बलमा जेसन साँगाले सन्दिपलाई छक्का प्रहार गरेका थिए।

सन्दिपको तेश्रो ओभर – १ , १ , २ , २ , १ ६

१४ औं ओभरमा टिमको लागि चौथो ओभर बलिङ्ग गर्ने क्रममा भने सन्दिप महँगो सावित भए। उनलाई जेसन सांघाले ओभरमा २ वटा छक्का प्रहार गरे। ओभरको पहिलो बलअ र तेश्रो बलमा सन्दिपले छक्का खाँदा ४ ओभरमा २ विकेट लिंदै सन्दिपले ३६ रन खर्चन पुगे।

सन्दिपको चौथो ओभर – ६ , ० , ६ , ० , १ , १

सन्दिप नेपालको बिराट कोहली – रिकी पोन्टिंग 

खेलको क्रममा सन्दिपको तारिफ गर्दै अस्ट्रेलियन पुर्व प्रशिक्षक रिकी पोन्टिंगले सन्दिपलाई नेपाली बिराट कोहली भनेका थिए। कमेन्ट्रीको क्रममा लगातार प्रसंशा पाएका सन्दिपले दिल्लीको लागि आईपीएल खेल्दा रिकी  पोन्टिंगनै प्रशिक्षक रहेका थिए।

बिदेशी लिगको डेब्युमा सन्दिपको प्रदर्शन 

इन्डियन प्रिमियर लिग – १ विकेट ( ४-०-२५-१ ) , बिरुद्ध रोयल च्यालेन्जर्स बैङ्ग्लोर , ग्लोबल टि-२० क्यानडा – १ विकेट ( ४-०-५७-१ ) , बिरुद्ध वेस्ट इन्डिज ‘बि’ , क्यारेबियन प्रिमियर लिग – २ विकेट ( ४-०-१२-२ ) , बिरुद्ध गुयना एमाजोन वारियर्स
अफगानिस्थान प्रिमियर लिग – २ विकेट ( ४-०-२३-२ ) , बिरुद्ध पक्तिया प्यान्थर्स टि-१० लिग – २ विकेट ( २-०-१७-३ ) , बिरुद्ध पख्तुन्स ( म्यान अफ द म्याच समेत घोषित  ) बिग ब्यास लिग – २ विकेट ( ४-०-३६-२ ) , बिरुद्ध सिड्नी थन्डर्स
हंगकंग टि-२० ब्लिट्ज – २ विकेट ( ३-०-२७-२ ) , बिरुद्ध हंग होम जगुअर्स





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]