एपीएलमा सन्दिपको टिम आज राति खेल्दै, आज पाउलान मौका ?

Sandeep Lamichhane
  • विकेटनेपाल, असोज २८ 

अफगानिस्तान प्रीमियर लीग ( एपिएल ) टि-२० अन्तर्गत सन्दिप लामिछानेको टिम नगरहर लिओपार्डसले आज राति सातौँ खेल खेल्दैछ।

नगरहर लिओपार्डसले हिजो राति कन्दहर नाइट्ससंग भएको खेलमा २६ रनको पराजय बेहोरेको थियो। उक्त खेलमा नेपाली लेग स्पिनरलाई अन्तिम ११ मा स्थान दिईएको थिएन।

आज राति हुने खेलमा नगरहर लिओपार्डसले पक्तिया प्यान्थर्ससंग खेल्दैछ। प्यान्थर्सको कप्तानी मोहम्मद शहजादले गरिरहेका छन्। सन्दिपको टिम लिओपार्डसले प्रतियोगिताको ६ खेल खेल्दा २ जित र ४ बेहोर्दै अंक तालिकामा पाँचौ स्थानमा रहेको छ भने पक्तिया प्यान्थर्सले ५ खेलमा ३ जित र २ हार बेहोर्दै तेश्रो स्थानमा रहेको छ।

खेल सुरु हुने समय : आज राति ९:४५ बजे

खेलको प्रत्यक्ष प्रशारण भारत लगायत दक्षिण एसियाली देशहरु मा डी-स्पोर्ट च्यानलले गर्नेछ। यस्तै युट्युबमा cricingif ले पनि खेलको प्रत्यक्ष प्रशारण गर्नेछ।

हिजो सम्पन्न कन्दहर नाइट्स बिरुद्धको खेलमा अन्तिम ११ मा चर्चित स्पिनर मुजिब उर् रहमान, चाइनाम्यान बलर जहिर खान र लेग स्पिनर रहमत साहले स्थान बनाएका थिए। सन्दिप बिनाको खेलमा हार बेहोरे पनि टिमले राम्रो बलिङ्ग प्रदर्शन गरेको थियो। कन्दहरले २० ओभरमा १३७/८ मात्र बनाउन सकेको थियो र पनि दोश्रो इनिंगमा नगरहरले ११० रनमै अल-आउट हुँदा खेल हार्न पुगेको थियो।

सन्दिपको टिम नगरहर बेन कटिंगको कप्तानीमा खेलीरहेको छ जसमा मुजिब उर् रहमान,  मिचेल म्याकलेनघन, आन्द्रे रसेल, आन्द्रे फ्लेचर जस्ता खेलाडीहरु रहेका छन्।

सन्दिपलाई नगरहर लिओपार्डसले गत महिना सम्पन्न अक्सनमा १५ हजार डलरमा टिममा आबद्ध गरेको थियो।

लिगमा नगरहर लिओपार्डस सहित ५ टिम रहेका छन्। अन्य टिमहरुमा रासिद खान कप्तान रहेको काबुल ज्वनान, मोहम्मद शहजाद कप्तान रहेको पक्तिया प्यान्थरस, अस्घर अफगान कप्तान रहेको कन्दहर नाइट्स र मोहम्मद नबि कप्तान रहेको बल्ख लेजेन्ड्स रहेका छन्।

अक्टोबर ५ देखि सुरु भएको लिगको फाइनल २१ अक्टोबरमा खेलिनेछ।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]