तेश्रो खेल अघि सन्दिपले अस्ट्रेलियन मिडियासंग बताए आफ्नो कमजोरी

  • विकेटनेपाल, पुष १२ , बिहिबार 

बिग ब्यास लिगमा राम्रो प्रदर्शन गरिरहेका नेपाली स्पिनर सन्दिप लामिछाने बिहिबार सिड्नी सिक्सर्ससंग तेश्रो खेल खेल्न मैदानमा उत्रनेछन्। खेल नेपाली समय दिउसो २ बजे सुरु हुँदैछ।

तेश्रो खेलको लागि सिड्नी पुगेका सन्दिपले सिड्नीमा अस्ट्रेलियन मिडियासंग कुराकानी गर्दै आफु सिड्नीको दर्शकहरु माझ खेल्न उत्साहित रहेको बताए-

“एकदमै उत्साहित छु सिड्नीको दर्शकहरु माझ खेल्न र म आशावादी छु कि केहि राम्रो गर्नेछौ त्यहाँ” सन्दिपले खेलेको २ खेलमा ५ विकेट लिईसकेका छन् जुन क्रममा सिड्नी थन्डर्ससंग २ विकेट तथा होबर्ट हरिकेन्ससंग ३ विकेट लिएका थिए। सन्दिपको प्रदर्शन राम्रो भएता पनि टिमले भने दुवै खेलमा हार बेहोर्न पुग्यो।

Sandeep Lamichhane

“सबैले शत प्रतिशत दिईरहेका छन् , केहि कुरा छ जसमा हामि चुकीरहेका छौँ” टिमको हार बारे प्रश्नमा सन्दिपले जवाफ दिए।

कुराकानीको क्रममा गुग्लि ब्वाईले आफ्नो कमजोरी बारे पनि बताए-

“अझै मैले धेरै कुराहरु परिवर्तन गर्नुपर्नेछ, जस्तै कहिलेकाहीं म खराब बल गर्ने गर्छु, मैले यदी यो कुराहरु परिवर्तन गरेमा टिमको लागि राम्रो हुनेछ”

दुवै खेलमा बलिङ्गको क्रममा सन्दिपले बीच बीचमा सर्टपिच बल गर्दा रन धेरै दिने गरेका छन् जुन टि-१० लिग र हाल बिग ब्यासमा पनि देखिंदैआएको छ। आफ्नो लाइन र लेन्थमा निरन्तरता दिने चाहना सन्दिपले ब्यक्त गरे।

विकेट लिए पछि मैदानमा दौडदै गर्ने सेलेब्रेसनको बारे पनि सन्दिपलाई मिडियाले जिज्ञासा राख्दा सन्दिपले त्यो प्राकृतिक भएको बताए- “म कहिले सोच्दिन कि म विकेट लिनेछु र मैदानको चारैतिर दौडनेछु भनेर तर, यस्तो हुन्छ र सेलेब्रेसन भित्र बाटै आउछ”

विकेट लिए पछि सन्दिपले मैदानमा भाग्दै खुसि मनाउने गरेका छन् जुन बेला उनको पछि टिमका खेलाडीहरु पनि दौडने गर्छन्।

Sandeep Lamichhane (Photo by Michael Dodge – CA/Cricket Australia/Getty Images)

लिगमा सन्दिपको प्रदर्शन

पहिलो खेल – बिरुद्ध सिड्नी थन्डर्स

बिग ब्यासको पहिलो खेलमै सन्दिपले सानदार सुरुवात गर्ने क्रममा शेन वाटसन र क्यालम फर्गुसनको विकेट लिएका थिए। खेलको आठौँ ओभरमा बलिङ्ग गर्न पाएका सन्दिपले एकै ओभरमा २ विकेट लिए।

बिग ब्यास डेब्युको दोश्रो बलमै विकेट लिने क्रममा वाटसनलाई सन्दिपले गुग्लि गर्दै क्याच आउट गराएका थिए। ठुलो सट हिर्काउने क्रममा उनि लंग-अनमा समातिन पुगेका थिए। सन्दिप त्यतिमा रोकिएनन् र त्यसै ओभरमा दोश्रो विकेट लिने क्रममा अर्का क्रिजमा जमीसकेका अर्का अस्ट्रेलियन राष्ट्रिय क्रिकेटर क्यालम फर्गुसनलाई क्याच आउट गराए। फर्गुसनले सन्दिपको बललाई रोक्न रोक्न खोज्दा लिडिंग एज लागेको थियो।

सन्दिपको पहिलो ओभर – ( १ , विकेट, १ , ० , १ , विकेट )

पहिलो ओभरमा उत्कृस्ट बलिङ्ग बलिङ्ग गरेता पनि त्यसपछिको ओभरमा भने सन्दिप विकेट विहिन रहेका थिए। दोश्रो ओभरमा ६ रन खर्चेका उनले तेश्रो ओभरमा १३ रन तथा चौथो ओभरमा १४ रन खर्चिए। ४ ओभर बलिङ्ग गर्ने क्रममा उनले ३६ रन खर्चदै २ विकेट लिए।

सन्दिपको दोश्रो ओभर – १ , ० , ० , १ , ४ , ० , तेश्रो ओभर – १ , १ , २ , २ , १, ६, चौथो ओभर – ६ , ० , ६ , ० , १ , १

Sandeep lamichhane
Sandeep lamichhane

दोश्रो खेल : बिरुद्ध होबर्ट हरिकेन्स

दोश्रो खेलमा टिम पुनः पराजित भए पनि सन्दिप लामिछानेले उत्कृस्ट बलिङ्ग प्रदर्शन गरे। सन्दिपले दोश्रो इनिंगमा बलिङ्ग गर्ने क्रममा एलेक्स डोलनलाई बोल्ड गर्दै सातौँ ओभरमा पहिलो विकेट दिलाएका थिए।

त्यसपछि आफ्नो स्पेलको तेश्रो ओभर बलिङ्ग गर्न १४ औं ओभरमा आएका सन्दिपले खतरनाक बनिरहेका ब्याट्सम्यान म्याथु वेडलाई ५२ रनमा क्याच आउट गराएका थिए। स्पेलको अन्तिम ओभर गर्न १६ औं ओभरमा आएका सन्दिपले त्यसपछि २८ रन बनाएका म्याकडरमटलाई एलबिडब्लु धरापमा पारे।

अघिल्लो खेलमा २ विकेट लिएका सन्दिपले यो पटक ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिंदै राम्रो प्रदर्शनलाई जारि राखे।

सन्दिपको पहिलो ओभर – १ , १ , विकेट ( डोलन ) , १ , १ , १ , दोश्रो ओभर – ० ० ० १ ४ २ , तेश्रो ओभर – ० विकेट ( म्याकडरमट ) , १  , १ , ६ , ०  चौथो ओभर – विकेट , १ , १ , १ , १ , ०





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]