बिग ब्यासमा सन्दिपले पहिलो खेल खेल्ने पक्का

  • विकेटनेपाल, पौष-५ , बिहिबार 

स्टार लेग स्पिनर सन्दिप लामिछानेको टिम मेर्लबर्न स्टारर्सले बुधबार देखि सुरु भएको बिग ब्यास लिगको पहिलो खेल शुक्रबार खेल्दैछ।

चर्चित अस्ट्रेलियन बिग ब्यास लिगमा मेर्लबर्न स्टार्सको कप्तानी ग्लेन म्याक्सवेलले गर्दैछन्। टिममा माइकल बियर, ड्वेन ब्राभो, एडम जाम्पा, मार्कस स्टोइन्स जस्ता खेलाडीहरु छन्।

मेर्लबर्न स्टार्सले लिगको पहिलो खेल अन्तर्गत डिसेम्बर २१ तारिक शुक्रबार नेपाली समय दिउसो २ बजे सिड्नी थन्डर्सको सामना गर्दैछ।सिड्नी थन्डर्सको कप्तानी शेन वाटसनले गर्दै छन् र टिममा जोस बटलर, जोय रुट, प्याट कमिन्स जस्ता खेलाडीहरु रहेका छन्।

Sandeep Lamichhane
Sandeep Lamichhane

सन्दिप पहिलो खेलको अन्तिम-११ मा पर्ने पक्का 

सन्दिपको टिम मेर्लबर्न स्टारर्सले खेल सुरु हुनु अघिल्लो दिन सन्दिप लामिछानेलाई अन्तिम-११ मा पर्न दाबेदार १३ खेलाडीको सुचीमा राखेको छ। बिहिबार बिहान स्टार्सले आफ्नो अधिकारिक वेबसाइटमा सन्दिप सहित सिड्नी थन्डर्ससंग खेल्ने सम्भावित १३ खेलाडीहरुको नाम सार्वजनिक गरेको छ जसमा सन्दिप पनि छन्।

सिड्नी थन्डर्ससंग खेल्ने सम्भावित १३ खेलाडीहरुको सुची : ग्लेन म्याक्सवेल ( कप्तान ) , माइकल बियर, स्कट बोलान्ड, ड्वेन ब्राभो, ज्याकसन कोलम्यान, ट्रेभिस डिन, बेन डंक, इभन गुल्बिस सन्दिप लामिछाने, निक लार्किन, लान्स मोरिस, मार्कस स्टोइन्स र एडम जाम्पा

बिगब्यास लिगमा एउटा टिमले अन्तिम-११ मा २ जना मात्र बिदेशी खेलाडी राख्न पाउछन्। मेर्लबर्नले सार्वजनिक गरेको १३ खेलाडीको सुचीमा सन्दिप र वेस्ट इन्डिज क्रिकेटर ड्वेन ब्राभो मात्रै २ बिदेशी खेलाडी रहेका छन् त्यसैले सन्दिप खेल्ने पक्का मानिएको हो।

सम्भावित १३ खेलाडीको सुची फोटोमा 

सन्दिपको टिमले आफ्नो वेबसाइटमा सन्दिप लामिछानेलाई टिमको लागि डेब्यु गर्ने पांच खेलाडीको सुचीमा पनि राखेको छ। सुचीमा सन्दिप सहित ड्वेन ब्राभो, ट्रेभिस डिन, निक लार्किन र लान्स मोरिस रहेका छन्।

बिग ब्यास लिगको प्रत्यक्ष प्रसारण नेपालमा Sony SIX र Sony SIX HD तथा Sonyliv को मोबाईल एप्लिकेसन र वेबसाइटबाट पनि हुनेछ।

बिग ब्यास लिगमा एडलेड स्ट्राईकर, ब्रिसबेन हिट, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स, मेलबर्न स्टार्स, पर्थ स्कर्चर्स, सिड्नी सिक्सर्स र सिड्नी थन्डर गरि ८ टिम रहेका छन्। राउण्ड रोबिन र नकआउट चरणमा हुने प्रतियोगिताको पछिल्लो संस्करण एडिलेड स्ट्राईकरले जितेको थियो भने पर्थ स्कोर्चर्सले सबैभन्दा बढी ३ पटक उपाधी कब्जा गरेको छ।


सन्दिपको टिम मेलबर्नले प्रतियोगिता अन्तर्गत यसअघि भएका ६ वटा संस्करणमा निरन्तर उत्कृस्ट प्रदर्शन गर्दै आएको थियो। त्यो समयमा उसले ५ पटक सेमिफाइनलमा स्थान बनाएको थियो भने १ पटक उपबिजेता बन्न सफल भएको थियो। तर पछिल्लो (सातौँ) संस्करणमा भने खराब प्रदर्शन गर्दै अंक तालिकाको पुछारमा रहँदै प्रतियोगिता अन्त्य गरेको थियो।

यस्तो छ मेलबर्न स्टार्सको खेल तालिका

मेलबर्न स्टार्सले भने आफ्नो पहिलो खेलमा डिसेम्बर २१ मा सिड्नी थन्डरसँग उसकै घरेलु मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ। खेल नेपाली समय अनुसार दिउसो २ बजे सुरु हुनेछ। त्यसपछि २४ तारिकमा होबार्ट हरिकेन्ससंग तथा २७ तारिकमा सिड्नी सिक्सर्ससंग खेल्ने तालिका रहेको छ। डबल-राउण्ड-रोबिन र नक-आउट चरणमा हुने प्रतियोगितामा जम्मा ५९ वटा खेल हुनेछन्।

सन्दिप लामिछाने यस अघि इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिगमा खेलीसकेका छन्।

इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा, क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट सन्दिप छानिएका थिए। यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि-१० लिगमा ३० हजार डलर मूल्य पाएका थिए। बिग ब्यास लिगमा सन्दिपले ६०-७० हजार डलर पाउनेछन् भने बंगलादेश प्रिमियर लिगमा पाउने मूल्य भने खुलेको छैन।

आईपीएलमा दिल्लीबाट खेल्दा सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। अफगानिस्तान प्रिमियर लिगमा नगरहर लिओपार्डको लागि खेलेको १ मात्र खेलमा सन्दिपले २ विकेट लिएका थिए।





थप समाचार

नयाँ युगको सुरुआत हुदै

एजेन्सी । शनिबार पाल्लेकेलेमा सुरु हुने भारत र श्रीलंकाबीचको तीन खेलको टी-२० सिरिजको पहिलो खेल नयाँ युगको सुरुवात हुनेछ । […]

रोहितआबद्ध नेसनल्सको दोस्रो खेल आईतबार

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरोन्टो नेसनल्सको दोस्रो खेल आईतबार रहेको […]

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]