आइपीएल पछि सन्दिप क्यानडा ग्लोबल टि-२० लिग खेल्न छनौट

Sandeep Lamichhane
  • विकेटनेपाल, जेठ २१ 

इन्डियन प्रिमियर लिग आइपीएल खेलेपछि चर्चाको शिर्खरमा रहेका सन्दिप लामिछाने पुनः अर्को अन्तर्राष्ट्रीय टि-२० लिग खेल्न छनौट भएका छन्।

जुन २८ देखि सुरु हुने ग्लोबल टि-२० लिगमा खेल्न नेपाली लेग स्पिनर छनौट भएका हुन्। क्यानडामा पहिलो पटक आयोजना हुने लिगको आइतबार आयोजना गरिएको ड्राफ्टको छैठौं चरणमा सन्दिप मोन्टरियल टाइगर्सबाट खेल्न छानिएका थिए।

सन्दिपको टिमको मार्की प्लेयर श्रीलंकन चर्चित फास्ट बलर लासिथ मालिंगा र चर्चित वेस्ट इन्डिज स्पिनर सुनिल नारायण रहेका छन्। यस्तै टिममा थिसरा परेरा, मोहम्मद हफिज, दिनेश राम्दीन, सिकन्दर राजा, दासुन सनाका, इसुरु उडाना, नाजुबुल्लाह जद्रान जस्ता  अन्तर्राष्ट्रीय खेलाडीहरु रहेका छन्।

छैठौं राउण्डमा छनौट भए बापत सन्दिपले कति रकम पाउने भने सार्वजनिक गरिएको छैन। विकेटनेपाललाई बिशेष श्रोतबाट जानकारी प्राप्त भए अनुसार उनले २० हजार देखि ४० हजार डलरसम्म पाउनेछन्।

कुल ६ वटा टिम सहभागी हुने प्रतियोगितामा टिमहरु मोन्टरियल टाइगर्स, एडमन्टन रोयल्स, विन्नीपिग हक्स, भानकभर नाइट्स, टोरोन्टो न्यास्नलस र क्रिकेट वेस्ट इन्डिजको प्रतिनिधित्व गर्ने टिम रहेका छन्। बिभिन्न टिमको मार्की प्लेयरहरुको रुपमा ड्यारेन स्यामी, स्टिभ स्मिथ, क्रिस गेल, आन्द्रे रसेल, ड्वेन ब्राभो, डेभिड मिलर, शहिद अफ्रिदी र क्रिस लिन रहेका छन्।

सन्दिप अगस्टमा वेस्ट इन्डिजमा आयोजना हुने क्यारेबियन प्रिमियर लिग खेल्न सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्स बाट ड्राफ्टमा ५ हजार डलरमा छानिएका थिए। यसै हफ्ता इंग्ल्याण्डको लर्ड्स मैदानमा सम्पन्न बिश्व-११ र वेस्ट इन्डिज बीचको च्यारिटी खेलमा बिश्व-११ को प्रतिनिधित्व गरेका सन्दिप काठमाडौँमा छन्।

टिम र खेलाडीहरु 

Toronto Nationals: Darren Sammy [marquee player], Steven Smith [marquee player], Kieron Pollard, Kamran Akmal, Hussain Talat, Ruman Rias, Nikhil Dutta, Johnson Charles, Kesrick Williams, Naveed Ahmed, Nazakat Khan, Farhan Malik, Nitesh Kumar, Usama Mir, Rohan Mustafa, Muhammad Umair Ghani

Vancouver Knights: Chris Gayle [marquee player], Andre Russell [marquee player], Evin Lewis, Tim Southee, Chadwick Walton, Fawad Ahmed, Babar Hayat, Sheldon Cottrell, Saad Bin Zafar, Ruvindu Gunasekera, Srimantha Wijeratne, Kamau Leverock, Steven Jacobs, Hiral Patel, Rassie Van Der Dussen, Jeremy Gordon

Winnipeg Hawks: Dwayne Bravo [marquee player], David Miller [marquee player], David Warner, Lendl Simmons, Darren Bravo, Fidel Edwards, Rayad Emrit, Ben McDermott, Ali Khan, Hamza Tariq, Junaid Siddique, Tion Webster, Rizwan Cheema, Hiral Patel, Mark Deyal, Kyle Phillip

Montreal Tigers: Lasith Malinga [marquee player], Sunil Narine [marquee player], Thisara Perera, Mohammad Hafeez, Denesh Ramdin, Sandeep Lamichhane, Sikandar Raza, Dasun Shanaka, Isuru Udana, George Worker, Najibullah Zadran, Cecil Pervez, Mohammad Ibrahim Khaleel, Dilon Heyliger, Nicholas Kirton, Rayyankhan Pathan

Edmonton Royals: Shahid Afridi [marquee player], Chris Lynn [marquee player], Luke Ronchi, Mohammed Irfan, Sohail Tanvir, Christiaan Jonker, Wayne Parnell, Asif Ali, Hasan Khan, Agha Salman, Shaiman Anwar, Anmar Khalid, Satsimranjit Dhindsa, Ahmed Raza, Simon Pervez, Abraash Khan

छैठौं टिममा क्रिकेट वेस्ट इन्डिजको प्रतिनिधित्व गर्ने खेलाडीहरु रहनेछन्।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]